चट्याङ सुरक्षा घोषणापत्र


अठार देशका बैज्ञानिक सम्मिलित तीन दिनदेखि जारी चट्याङ्ग सुरक्षा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनले ३ बुँदे नेपाल घोषणा पत्र जारी गरेको छ । सम्मेलनको समापन गदै शुक्रवार चट्याङ्गबाट हुने क्षति न्यूनिकरण तथा सुरक्षाका उपायबारे घोषणा पत्र गरिएको हो ।
'ऊर्जा, सञ्चार, यातायात, भौतिक संरचना, पुरातात्विक महत्वका संरचनाहरुमा सुरक्षाका लागि टावर जडित भवनहरुमा चट्याङ्ग सुरक्षाका निम्ति हाल भइरहेको मापदण्ड परिमार्जित सहित लागु गर्नुपर्ने, जनचेतना अभिबुद्धिका लागि बिभिन्न कार्याक्रम गरी आधिकारीक निकायबाट प्रमाणित गरेका चट्याङ्गबाट बच्ने बिभिन्न्ा कम्पनीबाट निर्मित उपकरणहरु अन्तराष्ट्रिय मापदण्डको हुनु पर्ने र चट्याङ्ग सुरक्षा सम्बन्धी अनुसन्धान समूह तयार गर्नु पर्ने' जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
'सम्मेलनले जारी गरेको घोषणा पत्र सरकारका सम्बन्धीत निकायहरुमा बुझाउँने छौं,' सम्मेलन आयोजक समितिका संयोजक डा. श्रीराम शर्माले भने ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, वंगलादेश, श्रीलंका, पाकिस्तान, केन्या, नाइजेरिया, युगाण्डा, टोगो, स्वीडेन लगायतका १८ राष्ट्रका ८० वैज्ञानिक तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।
विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), भारतको दिल्लीस्थित एस एण्ड टी सेन्टर, त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र विभाग, नेपाल भौतिक समाज र रेडहन कलेजको संयुक्त आयोजनामा बुधवार देखि सुरु भएको तीन दिने उक्त सम्मेलनको अन्त्यसम्ममा सहभागी बैज्ञानिकहरुले चट्याङ्ग सुरक्षा सम्बन्धी ३१ वटा कार्यपत्र प्रस्तुत गरेका थिएँ ।
यस्तो छ सम्मेलनले जारी गरेको नेपाल घोषणा पत्र
१.सम्मेलनले मूलत ऊर्जा, सञ्चार, यातायात, भौतिक संरचना, पुरातात्विक महत्वका संरचनाहरु, सरकारी तथा नीजि भवन, सञ्चार र सुरक्षाका लागि टावर जडित भवनहरु आदिमा चट्याङ सुरक्षाका निम्ति हाल भैरहेको मापदण्ड परिमार्जित सहित लागु गर्नु पर्ने । यस्तै चट्यांग सुरक्षा प्रविधि एवं प्रणाली कार्यान्वयनका लागि आवश्यक पर्ने प्रमाणीकरण संस्थाको स्थापना गर्नु पर्ने ।  अन्तरराष्ट्रिय मापदण्ड जस्तै IEC / IEEE  बाट अस्वीकृत चट्यांग सुरक्षा सम्बधी प्रविधिहरुलाई बजारीकरण गर्नबाट तुरुन्त रोक्ने । चट्यांग बाट हुने मानवीय तथा धनजनका क्षति सम्बन्धी डाटावेस राख्न उपयुक्त संस्थाको विकास हुनु पर्ने ।
२. गैरसरकारी एवं सरोकारवाला संस्थाहरुलाई चट्यांगबाट हुने क्षतिबारे चेतना दिनका लागि जनचेतना अभियान, तालिम, सञ्चार माध्यमबाट प्रस्तुतीकरण गर्ने, यसबाट हुने क्षति र बचाउका उपायहरु ब्ाारे पोस्टर पम्पलेट आदि प्रकाशन गर्ने, आधिकारिक निकायबाट प्रमाणित गरेका चट्यांगबाट बच्न विभिन्न कम्पनीबाट निर्मित उपकरणहरु अन्तरराष्ट्रिय मापदण्डको हुनु पर्ने ।
३. प्राज्ञिक संस्था एवं वैज्ञानिक समुदायलाई चट्यांग सुरक्षा सम्बन्धी प्रविधि विकासका लागि अनुसन्धान समूह तयार गर्न लगाउने साथै सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको  समन्वयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरु संचालन गर्ने ।
आश्विन २८, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :