दहेज त्याग्दै मुस्लिम समुदाय


दुई वर्षअघिसम्म दहेज नदिंदा कयौं विहे भएनन् । कतिपय जोडीको तलाक पनि भयो । दहेज विरोधी अभियानमा लागेको एक संस्थाकै तथ्याङ्कअनुसार आधा दर्जन महिला यातनाको सिकारसमेत भए ।
तर, यो अवस्थामा सुधार देखिएकोछ । अन्जुमन इस्लाई मुआसरालगायत समूहको पहलले सुनसरीमा दुई वर्षयता दहेजविना दर्जनौ वैवाहिक कार्यक्रम सम्पन्न भएका छन् ।
अभियन्ताहरुकै नेतृत्वमा दहेज लिए/नलिएको जाँचपछि वैवाहिक कार्यक्रम गर्न थालिएकोछ । यसबाहेक अपराधिक घटनालाई नियन्त्रण लिन समूहले मदिरा विरोधी अभियानसमेत युवा समुदायमा संचालन गरेको छ ।
पछिल्लो समयमा कोसी कटानबाट प्रभावित क्षेत्रबाहेक मुस्लिम बाहुल्य जिल्लाका १५ गाविसमा झण्डै २ सय जनाको आर्थिक कारोवारविना सम्वन्ध गासिएको हो । यसखाले सम्वन्ध नेपाल र भारतसित गाँसिदै आएको छ ।
मुआसरालगायतका समूहले दहेज लिनु मुस्लिम धर्मविरोधी भएको प्रचार गाउँगाउँमा पुर्‍याएको हो । यसबाहेक आधा दर्जन सामूहिक वैवाहिक कार्यक्रम आयोजना भएका छन् ।
'निश्चयनै धेरै गरिव र आर्थिक रुपले दहेज दिन नसक्ने परिवारको बिहे सफल भएकोछ' स्थानीय बिबि फातमा खातुनले भनिन-'सकुम्वासी भएकाले छोरी घरमै राख्नुपर्ने बाध्यतामा कयौ परिवार थिए, उनीहरुलाई अभियानले राहत दिएकोछ ।'
सुनसरीका मुस्लिम बाहुल्य १५ गाविसलाई दहेज निशेध घोषणा गरेर अभियान थालिएको हो । अभियान सुरु गर्दा धेरै वैवाहिक कार्यक्रम विथोलेको आरोप अभियन्ताहरुलाई लागेको थियो ।
अन्जुमन इस्लाई मुआसराका महासचिव हैदर अली फलाहीले भने-'धेरैले विरोध गरे, गाउँमा बस्न सक्ने स्थिति नै भएन, तर विस्तारै सबै सहमत हुँदै गए ।'
मुस्लिम समुदायमा दहेज लिनु पाप भएको उल्लेख गर्दै उनले जसरी दहेजविना र सामूहिक बिहे भइरहेका छन त्यसले दीर्घाकालिन रुपमा सकारात्मक छाप दिदै आएको दावी गरे ।
अभियानको प्रभाव हिन्दु समाजमा पनि परोस् भन्ने उद्येश्य आयोजकले राख्दै आएका छन् । सार्वजनिक वैवाहिक कार्यक्रममा हिन्दु धर्म अंगाल्ने आदीवासी जुन समुदायमा दहेज प्रथा कायमै छन् मा पनि दहेज अन्त्यका लागि आग्रह गर्दै आइएको छ ।
'हामीले हाम्रो अभियान मुस्लिममात्र नभएर हिन्दुले पनि अंगालोस् भनिरहेका छौ' महासचिव फलाहीले भने-'उनीहरुमा पनि विस्तारै सकारात्मक प्रभाव देखिन थालेकोछ ।'
दहेज विना दुई सन्तानको विहे गर्ने सुनसरी सोनापुरका मोहम्बद अयुब हुसैन समाज विस्तारै प्रभावित भएकोमा दंग देखिए । 'मेरा छोरा र छोरीको विहेमा दहेज लिएकोवारे धेरै नै बिवाद पनि भयो तर,' उनले भने-'अनुसन्धानपछि नलिएको पुष्टिपछि विहे सम्पन्न भयो ।' आश्विन ७, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :