हजार जना समुद्रमा नांगै

इजरायलको मृत सागरमा १ हजार जनाले नांगै फोटो खिचाएर विश्व रेकर्ड कायम गरेका छन् । गएको शनिबार बिहान १८ देखि ७७ वर्ष उमेर समूहका १ हजार जना इजरायलीले मृतसागरको चिसो पानीमा निर्वस्त्र भएर फोटो खिचाएका हुन् । सामुहिक नग्न फोटो सेसनमा अपि्रय घटना नहोस् भनेर त्यहाँ सुरक्षा अवस्था कडा पारिएको थियो ।
यसरी १ हजार जना नांगा मानिसलाई समुद्रमा चोपलिन लगाएर फोटो खिच्ने फोटोग्राफर हुन् , अमेरिकी फोटोग्राफर स्पेन्सर्स ट्यूनिक । ट्युनिकले यसअघि पनि स्विजरल्याण्डको हिमनदी देखि लिएर सिड्नीको ओपेरा हाउस सम्मका क्षेत्रमा विभिन्न मानिसका नग्न फोटा खिचिसकेका छन् । उनले इजरायलमा गरेको पछिल्लो कामप्रति भने त्यहाँका परम्परावादीहरुले विरोध जनाउँदै कानुनी कारवाहीका लागि अघि बढ्ने सम्मको धम्की दिएका छन् ।
तर फोटोग्राफर ट्युनिक भने वातावरण परिवर्तनका कारण संकटमा परेको मृतसागरको संरक्षणका लागि आफ्नो कामले चेतना जगाउने दाबी गरेका छन् ।
पृथ्वीको सबैभन्दा होचो भागको रुपमा रहेको मृत सागरमा पानीको मात्रा निकै घटिरहेको र यहीँ दरमा घटेमा सन् २०५० सम्म यो सागरको अस्तित्व नै समाप्त हुने विज्ञहरुले चेतावनी दिएका छन् ।







Asoj1, onlinekhabar

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :