पुर्वाञ्चलका दुई खेलाडी पुरस्कृत
सुनसरीका दिलीप राई र झापाका भगीरथ आले पूर्वाञ्चलको फुटबलमा तीन दसकदेखि लगातार सक्रिय भएर खेलाडी उत्पादनमा लागेबापत आइतबार पल्सर स्पोर्टस अवार्डको विशेष पुरस्कारबाट संयुक्त सम्मानित भएका छन्।
खेलाडीबाट तीन दसकअघि फुटबल करियर सुरु गरेका राई र आलेलाई पूर्वाञ्चलमा खेलाडी उत्पादन गरेर राष्ट्रलाई थुप्रै प्रतिभा दिएबापत पुरस्कृत गरिएको हो। पूर्वाञ्चलमा हुने हरेक प्रतियोगिता व्यवस्थापन तथा सिलगुडी, सिक्किम, दार्जिलिङमा नेपाली टोलीको सहभागिता व्यवस्थापन गर्ने काममा सधैं खटिइरहने राई सुनसरी तथा आले झापा जिल्ला फुटबल संघका पूर्वअध्यक्ष पनि हुन्।
राईले पुरस्कार थापेपछि भावुक भएर सम्मान प्रदान गर्ने अतिथि चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको खुट्टा नै ढोगेका थिए। जवाफमा श्रेष्ठले पनि राईलाई ढोगेर सम्मान व्यक्त गरे। मोफसलमा बसेर काम गर्दा पनि त्यसको कहीँ मूल्यांकन हुँदोरहेछ। हामी खुसी छांै, यसलाई हामीले सम्पूर्ण मोफसल सम्मानित भएको महसुस गरेका छौं। आयोजकले आगामी दिनमा पनि मोफसलमा बसेर योगदान गर्नेलाई सम्मानित गर्ने काममा निरन्तरता देओस्, दुवैको एउटै स्वर थियो।
पूर्वाञ्चलमा फुटबलको संस्कार विकास गराउँदै राष्ट्रलाई थुप्रै स्टार खेलाडी दिने उहाँहरू पुरस्कारको साँचो हकदार हुनुहुन्छ। उहाँहरूकै कारण नेपाली फुटबलले कहिल्यै प्रतिभाको अभाव बेहोर्नुपरेको छैन, पूर्वाञ्चललाई प्रतिनिधित्व गर्ने पूर्व खेलाडी एवम् एन्फाका केन्द्रीय सदस्य वसन्त अर्याल भन्छन्, ुपूर्वाञ्चलबाट अहिले काठमाडौको ए, बी र सी डिभिजन लिगमा सबभन्दा बढी खेलाडी छन्। राष्ट्रिय टोलीमा पनि सधैँ पूर्वाञ्चलका खेलाडीको बाहुल्य रहने गर्छ। त्यसमा उहाँहरूको ठूलो योगदान छ। bhadra 26, nagariknews
प्रतिक्रिया दिनुहोस् >>