टिकट सकियो, कसरी फर्किने घर ?

बुधबार बिहान गोंगबु बसपार्कमा भेटिएका अर्घाखाँचीका श्याम पाण्डेले सबै टिकट सकिएकाले क्याबिनको टिकट लिएको बताए । 'सिट बुकमा सबै गोलो लगाएर बुकिङ भएको भनेपछि जस्तो सिट भए पनि लिनुपर्‍यो,' उनले भने । यातायात व्यवस्था विभागको नियम अनुसार ब्लुबुकमा तोकिए बाहेकको सिटको टिकट बेच्न पाइँदैन ।
यातायात व्यवसायीको एकाधिकार र सरकारी नियमनको अभावका कारण दशैंको बेलामा गन्तव्यतिर जाने यात्रुहरूले अनेक सास्ती र समस्या भोग्नुपरेको छ । एक त यात्रुहरूले भनेजस्तो टिकट पाएका छैनन् भने पाएकाले समेत महँगो भाडा तिर्न बाध्य छन् । क्याबिन र इञ्जिनमाथिको खाली ठाँउ (बोनट) को समेत टिकट किनेका उपभोक्ताको यात्रा कष्टकर हुने निश्चित छ ।
यातायात व्यवसायीले भाडा बढाएर आफू अनुकूल बनाएका छन् । प्रतिस्पर्धाका कारण चाडपर्व बाहेकका दिनमा तोकिएभन्दा झण्डै आधा भाडामा यात्रु ओसार्ने पूर्वाञ्चलका व्यवसायीले समेत मनपरी भाडा असुलेका छन् । उनीहरूले टिकटमा उल्लेख नगरी आफूखुसी भाडा असुलेको उपभोक्ताको गुनासो छ ।
झापा रुटमा चल्ने पूर्वाञ्चलको सकिरा यातायातले भाडादर उल्लेख नगरी टिकट बेचेको छ । सकिराको काउन्टर अगाडि भेटिएका ती यात्रुले एक हजार तिरेर टिकट किनेको बताए । 'नपाउनुभन्दा बढी पैसा तिरेर किन्नुपर्‍यो' कान्तिपुरलाई टिकट देखाउँदै उनले भने । तर, यातायात व्यवस्था विभागले झापा-काठमाडौं रुटमा तोकेको भाडादर भने करिव ९ सय रुपैयाँको छ । रुट नम्बर १४४ मा बनेपा-काठमाडौं-काँकडभिट्टाको भाडादर ९ सय ३१ रुपैयाँ उल्लेख छ । गत माघ १९ गते समायोजन भएको यो भाडादर सरकारले परिवर्तन गरेको छैन ।
विद्यार्थी सहुलियत बापत भन्सार र आयकरमा भारी छुट पाउँदै आएका यातायात व्यवसायीले विद्यार्थीलाई भने नियम अनुसार सहुलियत दिएका छैनन् । प्रत्येक गाडीमा चारवटा कोटा मात्रै हुने भन्दै उनीहरूले अधिकांशलाई विद्यार्थी कोटा सकिएको भन्दै फर्काउने गरेका छन् । तर, यातायात व्यवस्था विभागले विद्यार्थी कार्ड हुने हरेकलाई यो छुट दिन अनिवार्य व्यवस्था गरेको छ । 'विद्यार्थी सहुलियत दिएको भनेर ४० बाट ६० प्रतिशत छुट पाएका व्यवसायीले हरेक कुरामा नाफा मात्रै हेरेका छन्,' विभागका एक कर्मचारीले भने ।
समितिहरूबीच प्रतिस्पर्धा नभएको रुटमा 'ठगी' नै हुनेगरेको छ । टिकट काउन्टरहरूले यातायात व्यवस्वथा विभागले तोकेभन्दा बढीको भाडा असुल्ने गरेका छन् । मध्यमाञ्चलको काठमाडौं पूर्वको रुटमा चल्ने अरनिको, लुम्बिनी अञ्चलको पश्चिम नेपाल बस व्यवसायी समिति लगायतकोमा यस्तो समस्या छ । कान्तिपुरले भाडादरबारे जिज्ञासा राख्दा काउन्टरहरूले विभागको दरभन्दा बढी भाडा बताएका थिए । काठमाडौं-बुटबल र काठमाडौं-चौतरा रुटमा यस्तै समस्या छ । मध्यमाञ्चलको अरनिकोले कच्ची रुटमा अझै बढी भाडा लिएर छतमा समेत यात्रु ओसार्ने गरेको छ । दशंैका कारण थपिने बसहरूमा उपभोक्तालाई अन्तिम गन्तव्यसम्मको टिकट बेच्नेगरेको समेत भेटिएको छ । 'दमौली जान लागेको, पोखराको टिकट किन्नुपर्‍यो,' तनहुँका नारायण भण्डारीले भने ।
यातायात व्यवसायीहरू नियम मिचेर टिकट बिक्री हुनेगरेको आरोप स्वीकार्न तयार छैनन् । व्यवसायीहरूको छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाले सरकारले तोकेभन्दा बढी भाडा नलिएको दाबी गरे । फूलपातीताका राजधानी बाहिरिने यात्रुहरूको चाप अध्यधिक हुने भन्दै उनले ती दिनमा टिकट नपाएकाले यात्रुहरूले आक्रोश पोखेको हुनसक्ने बताए । 'हामीले काउन्टरबाटै टिकट लिनुस् भनेका छांै र त्यहाँ बढी भाडा तिर्नुपर्दैन' उनले भने, 'टिकट लुकाएका छैनौं, नपाउनलेलाई त्यस्तो लागेको हुनसक्छ ।' मूल्यवृद्धिका बाबजुद व्यवसायीले दशंैमा भाडा नबढाएर यात्रुलाई सेवा दिएको उनको दाबी थियो ।

निष्क्रिय विभाग
उपभोक्ता ठगिने जोखिमका कारण बजार अनुगमन तीव्र भएको बेलामा नियामक यातायात व्यवस्था विभाग निष्त्रिmय छ । यातायात व्यवसायीसँगको मिलेमतोमा दशैंको मुखमा भाडा बढाउने असफल प्रयास गरेको विभागले टिकट बुकिङ खुलेपछि बजार अनुगमन थालेको छैन । विभागको यही कमजोरीको फाइदा व्यवसायीले उठाएका छन् ।
सहसचिवस्तरका महानिर्देशक हुनुपर्नेमा झण्डै एक वर्षदेखि उपसचिव स्तरका कर्मचारीबाट सञ्चालित विभागमा अधिकांश दरबन्दी खाली छन् । भएका कर्मचारी काजमा अन्यत्र गएका छन् । यातायात अनुगमन गर्ने सवारी शाखामा कर्मचारी नै छैनन् भने तीन अधिकृतमा एक जना मात्रै कार्यरत छन् । विभाग स्रोेतबाट कान्तिपुरलाई प्राप्त विवरणमा एक महिनाको बीचमा विभागका कर्मचारी अनुगमनका लागि एकपटक पनि सडकमा निस्किएका छैनन् ।
विभागका निमित्त निर्देशक कपिल डंगोलले जनशक्ति अभावका कारण अनुगमन प्रभावकारी हुन नसकेको बताए । 'हामी निष्त्रिmय त छैनौं, फाट्टफुट्ट अनुगमन चलेको छ' उनले भने, 'एक-दुई दिनमै बृहत अनुगमन शसरु हुन्छ ।' भाद्र २९, ekantipur


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :