कोरियामा नेपालीमाथि धरपकड


South Koreaदक्षिण कोरियाको अध्यागमन विभागले यहाँ कार्यरत नेपालीहरु माथि जथाभाबी धरपकड गरेको छ । मंगलबार पनि सियोल दुङ दे मुन सहरबाट मनाङकी कान्छी गुरुङसहित तीन नेपाली महिला पक्राउ गरेको केही दिन नबित्दै अध्यागमन विभागले मंगलबार भिषा बाँकी रहेकालाईसमेत पक्राउ गरेको छ ।
आनसान औद्योगिक क्षेत्रबाट चार महिना भिषा अवधी बाँकी रहेका गोरखाका हरेराम ढकाललाई मंगलबार पक्राउ गरेको छ । भिषासा अवधि बाँकी हुँदै ढकाल पक्राउ पर्नुको कारण  खुलाईएको छैन ।
मंगलबार नै ओसान क्षेत्रबाट मोरङका रोहित गुरुङसहित तीन नेपाली पनि पक्राउ परेका छन् । उनीहरु बिगत तीन बर्षदेखि अबैधानिक रुपमा त्यहाँ कार्यरत थिए । गत हप्ता मात्र पुसान र उल्सन क्षेत्रमा समेत ब्यापक धरपकड गरिएको थियो ।
हाल दक्षिण कोरियामा एक हजार नेपालीहरु अबैधानिक रुपमा कार्यरत छन् यि मध्ये आठ सय कामदारको रुपमा प्रबेश गरेका हुन् भने अन्य ब्यापारी, बैबाहिक सम्बन्ध, बिद्यार्थी, धार्मिक, साँस्कृतिक, खेलकुद आदि प्रयोजनमा प्रबेश गरेका हुन् ।  
आश्विन ११, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :