‘आफ्नै साथीहरुले फँसाए’- मोर्चा कार्यकर्ता (फोटो फिचर सहित)
Posted by
purwanews
Published on
Wednesday, September 21, 2011
प्रहरीले चन्दा आतंकको आरोपमा मंगलबार सुनसरीको धरानबाट संयुक्त जातिय मुक्ति मोर्चाका पाँच जना स्थानिय नेता तथा कार्यकर्तालाई पक्राउ ग¥यो । पक्राउ गर्नेमध्ये एक हुन् दुर्गाधन राई । साथीहरुले उनलाई सागर उपनाम दिएका छन् । तर उनलाई उपनाम किन दिइयो र आफू के गर्नका लागि संगठनमा आबद्ध रहेको हो भन्ने बारे समेत स्पष्ट थाहा पाउँदैनन् ।
खोटाङ बासापानी बस्ने उनले आफूलाई सामाजिक काम गर्न भन्दै संगठनको सदस्यता दिइएको बताए । ‘मलाई त राम्रो, सामाजिक काम हो भन्दै सदस्य बनाए ।’ साथीभाइले बनौं भनेपछि सदस्य बनेको जनाउँदै उनले भने, ‘यसरी चन्दा उठाउने, धम्की दिने भन्ने त के थाहा ?’
![]() |
मोर्चा कार्यकर्ताले पहिचानको लागि प्रयोग गर्ने सेतो क्याप |
‘हामी निस्कीने बित्तिकै बाहिर धेरै मान्छे जम्मा भएका थिए, मुन्द्रा लगाएका मानिस पनि थिए ।’ उनले भने, ‘ती मानिससँगै सादा पोशाकमा प्रहरीहरु पनि थिए, हामीलाइ पक्राउ गरे ।’
![]() |
दुर्गाधन राई |
मंगलबार विहान सुनसरीको धरानका व्यवशायी चन्द्र खाम्पुङसँग चन्दा माग गरेर फर्कँदै गरेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरीएको मानन्धरले जनाउनुभयो ।
सरकारसँग वार्ताको अवस्थामा रहेपनि विभिन्न आतंककारी गतिविधिमा संलग्न हुँदै आएको यो समुहका पक्राउ पर्ने व्यक्तिहरुमा वार्ता टोली सदस्य अविरल भनिने नरेश विक, पासाङ भनिने जगत विक, सुनसरी इन्चार्ज प्रविन भनिने कृष्ण लिम्बु, युवा मोर्चा केन्द्रिय सदस्य प्रभात भनिने दिल मगर र सागर भनिने दुर्गाधन राई छन् ।
उनीहरुले धरानका व्यवशायीसँग दश लाखसम्म चन्दा माग गरेका पत्रहरु फेला परेको प्रहरीले जनाएको छ ।
![]() |
मोर्चा कार्यकर्ता सहित भीमसिंह पक्राउपछि दंग छन् एसपी मानन्धर |
प्रहरीले र्याखर्याखती पारेपछि मात्र उनीहरुले धरानका विभिन्न व्यवशायीहरुसँग चन्दा माग गरेको स्वीकार गरेका थिए । सरकारसँगको वार्ता प्रक्रियामा रहेका बेलामा पनि सो संगठनले चन्दा आतंक मच्चाएको गुनासोका आधारमा प्रहरीले गोप्य अनुसन्धान गरिरहेको थियो । रंगेहात फेला पारेपछि पाँचै जनालाई अपहरण तथा शरीर बन्धक मुद्धा दर्ता गरिएको प्रहरी प्रमुख मानन्धरले जानकारी दिनुभयो ।
![]() |
धरानका व्यापारीँग सात लाख मागिएको मोर्चाको पत्र |
मोर्चाको चन्दा आतंक विरुद्ध चन्द्र खाम्पुङले मुद्धा दर्ता गराएको जनाउँदै अन्य आधा दर्जन बढी व्यशवायीहरुले समेत मुद्धा दर्ता गर्ने तयारी गरिरहेको डिएसपी यमुना रकजले जनाउनुभयो ।
असोज ५, पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>