४ इन्चको जिब्रो, १० फिटका नङ
Posted by
purwanews
Published on
Saturday, September 17, 2011
जिब्रो बाहिर निकाल्दा नाकको टुप्पो छोयो भने सानोमा आची खाएको भनेर जिस्काउने चलन हुन्छ गाउँघरतिर । जाबो त्यति छोटो जिब्रो हुँदा त आची खाएको आरोप लाग्छ । तर अमेरिकाकी एक महिलाको जिब्रो झण्डै ४ इन्च लामो हुँदा पनि उनले यस्तो अपमान सहनु परेको छैन । उल्टै गिनिज बुकमा नाम लेखाएर प्रसिद्धी कमाएकी छिन् ।

वास्तवमा लामो जिब्रोका कारण च्यानलले केटा साथीहरु आफुबाट टाढिएको महसुस गरेकी रहेछिन् । मेरा अहिले ब्वाइफ्रेन्ड छैनन् पछिल्लोपटकको लभरले पनि छाड्यो , उनी भन्छिन् । जन्मजात नै लामा जिब्रो भएकी च्यानलकी आमाको पनि जिब्रो लामो छ , तर छोरीको जत्तिको चाहीँ होइन ।
यता अमेरिकाकै लस भेगासकी एक अर्की महिलाले सबैभन्दा लामा नङ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ४५ वर्षकी क्रिस्टिन वाल्टनका बायाँ हातका औंलाका नङको लम्बाइ १० फिट २ इन्च छ । त्यस्तै दायाँ हातका नङ समेत ९ फिट ७ इन्चका छन् । मलाइ नङ काट्न धौ भएर यसरी नङ पालेकी होइन , वाल्टन भन्छिन् मैले यी नङ सफा गरिरहन्छु र खुबै मेकअप पनि गर्छु ।
पूर्व गायिका समेत रहेकी वाल्टन सन् २००९ सम्म पनि विश्वकी सबैभन्दा लामो नङ भएकी महिलाको रुपमा थिइन् । तर कार दुर्घटनामा परेर नङ भाच्चिएपछि उनको गिनिज बुकको नाम हट्यो । तर पछिल्ला २ वर्षमा जतनसाथ नङ पालेर उनी फेरी लामा नङ भएकी महिलाको रुपमा स्थापित भएकी छिन् । onlinekhanar
प्रतिक्रिया दिनुहोस् >>