तस्करसँग साँठगाँठ गर्ने ९ सशस्त्र प्रहरी कारबाहीमा

पूर्वका सीमा क्षेत्रमा तस्करसँग साँठगाँठ गर्ने ९ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको छ। १२ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।  काकडभिट्टा नाकामा खटिएकामध्ये एउटा टोलीमा संलग्न ९ जनालाई कारबाही गरिसकिएको छ।
कारबाहीमा परेकामध्ये एक जना असई र हवल्दारलाई दुई वर्ष बढुवा रोक्का गरिएको छ भने अन्यलाई रेकर्डमा चढ्ने गरी नसियत गरिएको छ। सोही नाकामा कार्यरत् १० जनाको अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीले जनाएको छ।
डिआइजी अर्जुन थापाका अनुसार तस्करसँग साँठगाँठ गर्ने घटनामा संलग्न सशस्त्र प्रहरीमाथि झापाको पाथीभरा गणले नियन्त्रणमा लिएर अनुसन्धान थालेको र उनीहरुले गरेको गल्तीका आधारमा कारबाही तोकिनेछ।
यस्तै, सप्तरीमा भूमिगत सङ्गठनका व्यक्तिको गतिविधि निगरानी गर्न खटाएकोमा अवैध ढङ्गले सामान आयात गर्ने व्यापारीलाई सहयोग पुर्‍याएकोमा २ जनालाई पनि पूर्व क्षेत्रीय मुख्यालय झिकाएर अनुसन्धान थालिएको छ।
सीमा क्षेत्रमा हुने गरेका तस्कार नियन्त्रण गर्न खटाएका केही प्रहरी लोभलालचमा परेर गलत कार्य गरेको खुलेपछि त्यस्ता स्थानमा सिनियर अधिकृतलाई बेला–बेलामा निगरानी गर्न खटाउने गरेको डिआइजी थापाले नागरिकलाई बताए। 'सशस्त्र प्रहरीको आचरण सुधार गर्नका लागि बेला–बेलामा सिनियर अधिकृतलाई निगरानी गर्न खटाउने गरिएको छ, दोषीलाई फट्याइँको प्रकृतिअनुसार कारबाही गरिनेछ,' उनले भने- कारबाहीले गर्दा प्रहरीको आचरणमा आमूल सुधार आएको छ। असोज ३, nagariknews


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :