वैद्यले क्लिन पार्टी बनाउने



  • वैद्य पक्ष तत्काल पार्टी फुटाउने सोँचमा छैन ।
  • संस्थापनलाई पेलेरै जाने ।
  • कालो झण्डा देखाउँदै आफ्नै पार्टीका विद्यार्थीले लखेटे गजुरेललाई ।
  • वैद्य पक्षका गजुरेललाई कारवाही गर्न संस्थापनको माग ।

गत विहीबार माओवादी अध्यक्ष प्रचण्डसँगै सीपी गजुरेल समेत पूर्व आएका थिए । तर प्रचण्ड आफ्नो 'गोप्य र निजी' भ्रमण सकेर फर्केपनि गजुरेलले भने लगत्तै इलाम र सुनसरीमा वैद्य पक्षको भेला गराए ।

पार्टी सचीव तथा पूर्वी क्षेत्र इन्चार्ज रहेका गजुरेल विहीबार यता पुर्वाञ्चलमै छन् र वैद्यपक्षका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् ।
केन्द्रिय कमिटिले गरेका कामको जानकारी गराउने र अन्यौलता हटाउने नाममा उनले पुर्वका वैद्य पक्षको आधार दह्रो बनाउने र पार्टीको केन्द्रिय कमिटिमा समेत बहुमत बनाइ सडक र पार्टी बैठकमा आफ्नो पक्ष हावी गराउने तयारीमा लागेका छन् ।
साँचो बुझाउनु आत्मघाती कदम भन्दै पार्टी अध्यक्ष र संस्थापन पक्षविरुद्ध खनिएका वैद्यपक्षले आफ्नै धारको भेला गराउँदै हिडेका समयमा संस्थापन पक्षले भने बैद्यले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै कालो झण्डा समेत देखाएका छन् ।
यसरी देखाइयो कालो झण्डा
मंगलबार इलाम पूर्व आएका माओवादी नेता सीपी गजुरेलले प्रचण्ड फर्के लगत्तै पूर्वाञ्चलमा आफ्ना पक्षका नेता तथा कार्यकर्ता भेला गर्ने क्रममा संस्थापन पक्षबाटै अवरोधको सामना गरिरहेका छन् । मंगलबार इलाममा संस्थापन पक्षको अवरोधको सामना गरेका गजुरेललाई बुधबार पनि सुनसरीमा आफ्नै पार्टीका विद्यार्थी कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
धरानमा आयोजित वैद्यपक्षको भेलामा जाने क्रममा रहेका माओवादी नेता सीपी गजुरेललाई इटहरीमा संस्थापनपक्षका विद्यार्थीले कालो झण्डा देखाए । प्रहरीको हस्तक्षेपमा आधा दर्जन कुटिए । डिल्ली आचार्य, निराजन ओझा, हेमसागर तिम्सिना लगायत घाइते । धरानमा वैद्य र संस्थापन पक्षको छुट्टाछुट्टै पत्रकार सम्मेलन । वैद्यले पार्टी फुट्न सक्ने संकेत गरे । वैद्यपक्ष अन्तर्घाति रहेको संस्थापनको आरोप ४ स्थित बुढी खोलाको पुलमा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएका विद्यार्थीहरुले त्यसै छाडेनन् । मोटरसाइकलमा पार्टी फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै पछ्याएका थिए । दुई किलोमिटर सम्म पछ्याइसकेपछि इटहरी २ स्थित हलगडामा प्रहरीहरुले उनीहरुलाई रोकेर लाठिचार्ज समेत गरेका थिए ।
प्रहरीले गरेको आक्रमणमा परी आधा दर्जन बढी युवाहरु घाइते समेत भएका थिए । घाइते हुनेहरुमा डिल्ली आचार्य, गजेन्द्र राजधामी, सुजन शाह, अन्जनी राजधामी, हेमसागर तिम्सिना, निराजन ओझालगायत रहेका छन् । घाइतेहरुमध्ये सुजन शाहलाई उपचारका लागि सुनसरीको धरानस्थित वीपी प्रतिष्ठान लगिएको थियो । कुटपिट लगत्तै उनीहरुलाई भने प्रहरीले छाडिदिएको थियो ।
पार्टीभित्रको गुटबन्दी बन्द गर्न भन्दै आफ्नै पार्टीका विद्यार्थीहरुले उनलाई कालो झण्डा देखाएको ओझाले बताए ।
पार्टीभित्र पनि क्लिन पार्टी बनाउने योजना
वैद्य पक्ष तत्काल पार्टी फुटाउने सोँचमा छैन । माओवादी देशको सबैभन्दा ठूलो दल भएकोले पार्टी फुटाएर अल्पमतमा पर्न चाहँदैनन् वैद्य । पार्टी फुटाएका मातृका यादव अहिले गुमनाम भइसकेका छन् । वैद्यलाई पनि त्यही डर छ । त्यसैले पार्टी भित्र नै आफ्नो बहुमत जुटाएर संस्थापनपक्षसँग वार्गेनिङ गर्ने सोँचमा छन् उनी ।
बुधबार सुनसरीको धरानमा भएको भेलामा समेत पार्टी फुटाउने भन्दा आफ्नो पक्षमा स्थानिय नेता तथा कार्यकर्ता जुटाउने अभियानमा देखिए बैद्य पक्ष । पार्टी फुटाउने डर पनि संस्थापनलाई देखाउने  भित्रभित्रै कार्यकर्ता र नेताहरुको बहुमत समेत जुटाएर पार्टी भित्र पनि क्लिन धार बनाउने अभियानमा छ वैद्य धार ।
धरानको भेलामा कोचिला राज्य समिति, लिम्बुवान र किँरात राज्य अन्तर्गत विभिन्न जिल्लाका पाँच दर्जन बढी स्थानिय नेताहरुको सहभागिता थियो । स्थानिय नेता तथा कार्यकर्ताहरुले पनि संस्थापन पक्षलाई पेलेरै भएपनि पार्टी भित्र पनि क्लिन पार्टी बनाउन दबाब दिएको बताइएको छ ।
एमाओवादीको मोहन वैद्य निकट कोचिला राज्यसमितिका नेताहरुले संस्थापन पक्षलाई पेलेर अघि बढ्न केन्द्रिय समितिलाई सल्लाह दिएको भेलामा सहभागि एक नेताले खुलासा गरेका छन् ।
साँचो बुझाउनु गलत भएको जनाउँदै उनीहरुले दबाबमुलक कार्यक्रम गर्न र संस्थापन पक्षले पेल्ने काम निरन्तर गरेमा आफ्नो पक्षले पनि अडानका साथ पेलेरै जानुपर्ने सल्लाह समेत दिएको बुझिएको छ ।
यता गजुरेलले भने पार्टीमा गलत प्रवृत्ती हावी भएको भन्दै पार्टीलाई आफ्नो जनविद्रोहका लागि तयार रहन निर्देशन दिएका छन् । जनविद्रोहबाट मात्र शान्ति र संविधान संभव रहेको भन्दै त्यसको लागी तयार रहन निर्देशन दिएका हुन् ।
पार्टीभित्र हरेक कुरामा संस्थापन पक्षलाई हस्तक्षेप गर्दै कमजोर बनाउने समेत योजना बनिरहेको उनले खुलासा गरेको बुझिएको छ । उनले संगठनको तल्लो तहसम्मै गएर संस्थापनले गरेको पार्टी निति विपरितको कामको बारेमा कार्यकर्तालाई स्पष्ट पार्ने प्रयास गरेको एक सहभागिले बताएका छन् ।
गजुरेलसँगै पोलिटब्युरो सदस्य हितमान शाक्यले जस्तो सुकै कदमका लागि समेत तयार रहन निर्देशन दिएको भेलामा सहभागि एक कार्यकर्ताले जनाएका छन् ।
माओवादीको आउँदो १४ गते केन्द्रिय समितिको बैठकमा आफ्नो स्पष्ट जनमत र धारणा बनाउनको लागि वैद्यले पूर्वाञ्चलबाट आफ्नो पक्षका कार्यकर्तालाई संगठित बनाउन अभियान सुरु गरेका हुन् ।
वैद्यपक्षलाई कारवाहीको माग
इटहरीमा कालो झण्डा देखाएर वैद्य पक्षका नेता तथा कार्यकर्ताको पछिपछि धरान पुगेका संस्थापन पक्षका स्थानिय नेताहरुले पार्टी सचीव सीपी गजुरेललाई कारवाहीको माग गरेका छन् ।
वैद्य पक्षको भेला हुँदै गर्दा संस्थापनपक्षले एमाओवादी सुनसरी जिल्ला संगठनले भने सचिव गजुरेलले पार्टिको निति विपरीत आफ्नो गुटको मात्र भेला गराएको भन्दै उनलाई कारबाहीको माग गरेको हो ।
धरानमा पत्रकार सम्मेलन गरि गजुरेलले पार्टिको केन्द्रीय तथा स्थायी समितिको निर्णय विपरीत आफु निकट गुटलाई भेला गराई प्रशिक्षण दिएको भन्दै कारबाहीको माग गरेको हो । साथै संगठनले यस्ता क्रियाकलाप गर्दै गए त्यसको विरुद्ध उत्रने समेत चेतावनि दिएको छ ।
माओवादीको संस्थापन पक्षका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु धरान पुगेका थिए । माओवादी सुनसरी इन्चार्ज सुनसरी मुक्साङहाङ मेयाङवोले गजुलरेका गतिविधीले पाटिमा विभाजन आउने भन्दै त्यस्ता कार्य बन्द गर्न आग्रह समेत गरे । शान्ति र संविधानको लागि एक जुट भएर अगाडी बढ्न आग्रह गर्दे कुनै गुट उप गुटको पछि नलाग्न समेत आग्रह गरे । भदौ २८, purwanews
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :