विस्तारमा बाबुराम, सञ्चारमाध्यमले लेखे : जनताले देखेका यौटै नेता



रामेश्वर खनाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा पूर्व अर्थ सचिव रामेश्वर खनाल नियुक्त भएका छन्। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई आर्थिक सल्लाहकार नियुक्त गरेको हो। निर्णय लगत्तै मुख्य सचिव माधवप्रसाद घिमिरेले खनाललाई फोन गरी नियुक्ति बारे जानकारी गराएका छन्।सरकारी कोषको रकम बुझ्ने गरी कुनै नियुक्ति नलिने निर्णय गरेका पूर्वअर्थसचिवले सुविधाको लोभमा आफू सल्लाहकार नियुक्त नभएको स्पष्ट पारेका छन्। नियुक्ति लगत्तै नागरिकन्युजसँग कुरा गर्दै उनले भने- 'यो पूर्णत स्वयंसेवा हो। सुविधा र लाभको हिसाबले नियुक्त भएको हैन। मसँग भएको ज्ञान राष्ट्रको सम्वृद्धिमा लगाउनेछु।'

अर्थतन्त्रको स्पष्ट भिजन राख्ने खनालसँग प्रधानमन्त्री बाबुराम भट्टराईले यसअघि देखि नै अनौपचारिक रुपमा परामर्श लिँदै आएका थिए।

खनालले झलनाथ खनाल प्रधानमन्त्री छँदा अर्थमन्त्री भरतमोहन अधिकारीसँगको मतभेदका कारण राजीनामा दिएका थिए।  नक्कली भ्याट बिल छली तथा अर्थ मन्त्रालयबाहिर बजेट बनेको विषयमा मतभेद जनाउँदै उनले राजीनामा दिएका थिए। राजीनामा दिएपछि उनले आफूले भविष्यमा कुनै सरकारी पद ग्रहण नगर्ने बताएका थिए।

मन्त्रिपरिषद्को आजको बैठकले इस्लामी संघका महासचिव फैजन अहमदको हत्याबारे छानबिन गर्न तीन सदस्यीय टोली पनि गठन गरेको छ।  पीडित परिवारलाई राहत दिन र सुरक्षा व्यवस्था कडा पार्न बैठकले गृहमन्त्री विजयकुमार गच्छदारलाई जिम्मा दिएको छ। 

बैठकले सबै सरकारी कर्मचारीलाई लुगा भत्ता वापत वार्षिक साढे सात हजार रुपैयाँ दिँदै विभेद हटाउने निर्णय गरेको छ। aswin 10, nagariknews


प्रधानमन्त्रीले पाएको भ्रमण भत्ता भूकम्प पीडित कोषमा

प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रसंघीय महासभा भाग लिन अमेरिका गएका बेला सरकारले उपलब्ध गराएको भत्ता भूकम्प पीडित राहत कोषमा जम्मा गरेका छन् ।  उनले विदेश भ्रमण बापत प्राप्त सरकारी भत्ता राहतकोषमा जम्मा गरेका हुन् ।
प्रधामन्त्री भट्टराईले  न्योयोर्क  जाँदा सरकारले उपलब्ध गराएको भत्ता दुई हजार तीन सय १४ अमेरिकी डलर अर्थात एक लाख ७६ हजार तीन सय ६४ रुपैयाँ प्रप्त गरेका  थिए ।
त्यस्तै अमेरिकामा रहेकी प्रधानमन्त्रीकी गुरुआमा इलेनोर इल्कीनेसले पकेट खर्च स्वरुप उपलब्ध गराएको पाँचसय अमेरिकी डलर अर्थात ३८ हजार एक सय पाँच रुपैयाँ रकम पनि राहत कोषमा जम्मा गरेका छन् ।
यस्तै अमेरिकामै रहेका अर्जुन प्रसाद मैनालीले राहत कोषमा जम्मा गर्नका लागि प्रधानमन्त्रीलाई दिएको १५ सय अमेरिकी डलर अर्थात एक लाख १४ हजार तीन सय १५ रुपैयाँ रकम पनि उक्त राहत कोषमा जम्मा गरिएको छ । 

आश्विन १०, ekantipur


प्रधानमन्त्रीको टोली सस्तो टिकटमा अमेरिका जाने

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको टोली सस्तो टिकटमा अमेरिका जाने भएको छ । त्यसका लागि 'इकोनोमिक क्लास' को टिकट लिन प्रधानमन्त्रीले सोमबार निर्देशन दिएको स्वकीय सचिव विश्वदीप पाण्डेले बताए । मुस्ताङ गाडी चढेर चर्चामा आएका भट्टराईले मितव्ययिता अपनाउने भन्दै भ्रमणमा जाने १३ जनाका लागि सस्तो टिकट छानेका हुन् । यसअघिका प्रधानमन्त्रीका टोली 'बिजनेस क्लास' मा यात्रा गर्थे । दुई 'क्लास' बीच झन्डै दोब्बर भाडा फरक पर्छ ।
भाद्र २७, ekantipur

मन्त्रीहरुका लागि आचार संहिता बनाउन सुरु

सरकारले मन्त्रीहरुको लागि आचार संहिता निर्माण कार्य सुरु गरेको छ ।

उक्त आचार संहिताको प्रारम्भिक मस्यौदामा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफलसमेत भएको थियो । सरकारका प्रबक्ता उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले छलफलको क्रम सकिएपछि पारित गरेर लागु गरिने बताए ।

त्यसैगरी अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेललाई नियुक्ति गरेको छ । अर्थशास्त्रका प्राध्यपक पौडेल डा. बाबुराम प्रधानमन्त्री हुँदा पनि मन्त्रालयको सल्लाहकार नियुक्त गरिएका थिए ।

मन्त्रिपरिषद्को कार्यसम्पदनलाई प्रभावकारी बनाउनका लागि बिभिन्न समितिहरु गठन गरिएको छ । समितिहरुमा राजनीतकि समिति, प्रशासन समिति, पूर्वधार विकास समिति, सामाजिक समिति र मानव अधिकार समिति रहेका छन् । समितिमा मन्त्रीहरु सदस्य रहन्छन् । 

भाद्र २६, ekantipur


प्रधानमन्त्री एक घन्टाअगावै कार्यालयमा

प्रधानमन्त्री बाबुराम भट्टराई बिहान ९ बजे कार्यालय जान थालेका छन् । १० बजे जाँदा ट्राफिक जाममा पर्ने गरेकाले एक घन्टाअगावै जाने गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
आफ्ना लागि मात्र ट्राफिकले जाम हटाउँदा ठूलो संख्यामा सर्वसाधारणले झन् बढी जामको सास्ती बेहोर्नुपरेको देखेपछि उनी चाँडै जान थालेको ती अधिकारीले उल्लेख गरे । भट्टराईले बिहानको खानासमेत कार्यालयमै खाने गरेका छन् । प्रधानमन्त्री निवास फर्किएर खाना खाएर आउन धेरै समय लाग्ने भएकाले उनले यो उपाय निकालेका हुन् ।
'ट्राफिकले अरू गाडी रोकेर मलाई पठाउँदा आमजनताले झन् बढी दुःख भएको पाएँ, त्यसैलाई म ९ बजे नै कार्यालय आउन थालेको हुँ,' प्रधानमन्त्रीले आफूहरूलाई भनेको उद्धृत गर्दै ती अधिकारीले भने । चाँडै कार्यालयमा आउँदा भेटघाट गर्न आउने भीडसमेत नहुने भएकाले काम गर्न सजिलो भएको उनले अनुभव गरेको स्रोतले बतायो । प्रधानमन्त्री कार्यालयमा हरेक दिन ५ बजेसम्म र कहिलेकाहीँ अबेरसम्म बस्छन् ।
'उहाँ पूरै समय बसेर काम गर्नुहुन्छ, यसअघिका कुनै प्रधानमन्त्री कार्यालयमा कम र निवासमा बढी बस्थे,' अर्का अधिकारीले भने, 'निवास नै कार्यालय भएजसरी उनीहरूले मन्त्रिपरिषद् बैठकसमेत त्यहीँ गर्ने, मुख्यसचिव र सचिवलाई त्यहीँ फाइलसहित बोलाएर काम गर्ने/गराउने गलत परिपाटी थियो । त्यसलाई भट्टराईले अन्त्य गर्ने प्रयास गर्नुभएको छ ।'
भट्टराई चाँडै आएपछि मुख्यसचिव माधव घिमिरेसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका चारै सचिव र उच्च पदस्थ अधिकारीसमेत ९ बजे नै आउन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अरू सबै कर्मचारीलाई पनि बिहान नौ बजेदेखि नै कार्यालयमा आउन अनिवार्य गर्ने तयारीसमेत भइरहेको जानकारी एक अधिकारीले दिए ।  
भाद्र २१, ekantipur


भट्टराईप्रति विदेशी सञ्चारमाध्यमका अपेक्षा :

‘नेपालको राजनीतिक परिस्थिति त्यति अनुकुल छैन तथापि शान्ति प्रक्रियाको आगामी बाटो असम्भव भने देखिंदैन । दिगो शान्ति र नयाँ संविधान नेपालको प्राथमिकता हो, यसबाहेकका अरु कुनै विषय अहिलेको प्राथमिकतामा पर्दैनन् ।’

गत आईतबार नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम भट्टराई नियुक्त भएपछि भारतको एक प्रसिद्ध दैनिक पत्रिका ईन्डियन एक्सप्रेसको विश्लेषणात्मक पंक्ति हो यो । सो पत्रिका लेख्छ- ‘नेपालले एउटा नयाँ प्रधानमन्त्री पाएको छ र उहाँको आगामी बाटो पनि यिनै प्राथमिकतामै तय हुनेछ, काठमाडौँका लागि अब पछाडि फर्किने स्थान र समय पनि छैन ।’
‘वितेको तीनवर्षका तीन असफल प्रधानमन्त्रीपछिको चौथो प्रधानमन्त्रीको सूचीमा थपिएका डा भट्टराईबाट पनि संविधान र शान्ति प्रक्रिया नटुंगिएको त्यो असफलताको ताज होइन, सफलताको अपेक्षा नेपाली जनता राख्दछन्’ गत सोमबारको संस्करणमा सो पत्रिकाले लेखेको छ ।
‘भट्टराईको आगमनले नेपालको शान्ति प्रक्रियामा पुन आशा पलाएको छ’ शीर्षकमा सो पत्रिकाले नेपालले प्राप्त गरेका उपलब्धिहरुलाई आत्मसात गर्दै अघि बढ्ने यो एउटा अबसर हो पनि भनेको छ ।
नेपालको दशवर्षे सशस्त्र द्वन्द्वको कल्पनाकार र यसका सारथीसमेत रहेका डा. भट्टराईको काँधमा अब सो द्वन्द्वको विगत पाँचवर्षदेखि थाँती रहेको कामको विसौनीको जिम्मेवारी पनि थपिदिएको छ । त्यसैले यतिखेर उहाँसँग नेपाली नागरिकले मात्र होइन, त्योभन्दा पनि बढी विश्व समुदायले अपेक्षा व्यक्त गरेका छन् ।
भारतकै अर्का एक प्रसिद्ध दैनिक द हिन्दू लेख्छ – ‘डा. भट्टराईमात्र नभई उहाँको र सबै दलसँग नै अब बढीमा ९० दिनमात्र समय बाँकी छ र सो समयको घडीले पनि भदौ १४ गतेदेखि नै उल्टो गणना थालिसकेको छ । नेपाली जनताको सामाजिक, आर्थिक एवं सांस्कृतिक अपेक्षा समेट्ने नयाँ संविधानको निर्माण उनीहरुको आगामी ९० दिनको सबैभन्दा ठूलो विषय हो र यसलाई उनीहरुले अन्तिम अवसरका रुपमा ग्रहण गर्न यो सरकारको आगामी बाटोलाई सहज तुल्याउनु राम्रो हुनेछ ।’
प|mान्सेली समाचार समिति एएफपी लेख्छ- ‘माओवादी पार्टीका एकजना योजनाकार एवं बौद्धिक व्यक्तित्वका रुपमा स्वदेश विदेशमा चिनिएका डा. भट्टराईको आगमनबाट एकपछि अर्को गरी थपिंदै गएका शान्ति प्रक्रियाका जटिलताको गाँठो फुक्ने अपेक्षा नेपाली जनताले गरेका छन् ।’
गत आइतबार उहाँ प्रधानमन्त्री बनेको समाचारसँगै एएफपीले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरेको छ – ‘ सार्दै लगिएको नयाँ संविधान निर्माण गर्ने समय र आˆनो नेतृत्वमा युद्ध लडेको माओवादी पार्टीका सेनाहरुको व्यवस्थापनको आगामी बाटो सो द्वन्द्वका प्रभावकारी अगुवा र विचारक डा. भट्टराईको नेतृत्वमा सजिलो र छिटो हुने अपेक्षा नेपाली नागरिकको छ ।’
चिनियाँ समाचार समिति सिन्हृवाको चासो र चिन्ता पनि यस्तै छ । डा. भट्टराई प्रधानमन्त्रीमा नियुक्त भएपछिको सिन्हृवाको समाचारमा भनिएको छ- ‘देश संक्रमणमा रहेको र संविधान लेखनको काम पछि सार्दै गरिएकोमा उहाँको नियुक्तिले संविधान लेखनको काममा सार्थकता पाउने नयाँ विश्वास पलाएको छ ।’
डा. भट्टराईको आगामी बाटो र सरकारको भविष्यका बारेमा नेपाली सञ्चारमाध्यमहरुमा पनि यस्तै चिन्तापूर्ण अभिव्यक्तिहरु छाएका छन् । नयाँ सरकारलाई कसैले कमजोर समीकरणको संज्ञा दिएका छन् भने कैयौंले आगामी बाटोमा अनेकौं अप्ठेरा खुड्किलाहरु रहेको टिप्पणी गरेका छन् । तर यी समाचार र लेखहरुका निष्कर्ष भने शान्ति र संविधान तथा यसकालागि प्रमुख दलहरुको सहमतिको विकल्पमा कुनै विषयवस्तुलाई प्रस्तुत गर्न सकिएको छैन । यसको विकल्प हुनपनि सक्दैन ।
आज चौथो दिनसम्म आईपुग्दा प्रधानमन्त्री डा. भट्टराईप्रति बधाई ज्ञापन गर्ने विदेशी समुदायको लर्काे दर्जनौंको पुगेको छ । उनीहरुले एकजना विद्धान राजनीतिज्ञका रुपमा उहाँको टिप्पणी गरेर बधाई दिइरहेका छन् । तर यो प्रशंसासँगै उहाँको कार्यकालभित्रै शान्ति प्रक्रियाले पूर्णता पाओस र नयाँ संविधान लेखियोस भन्ने कामना गर्न भने कसैले पनि छुटाएका छैनन् ।
नेपाल संक्रमणकालको पाँचवर्षेे यात्रामा छ यतिखेर । निकै ठूलो आशा र अपेक्षामा जनताले दोस्रो जनआन्दोलनमा लडे र दशवर्ष हतियार युद्ध लडेको माओवादी पनि शान्ति प्रक्रियामा आए । तर त्यसपछिका पाँचवर्षको अधिकतम समय सरकार निर्माणभन्दा अन्यत्र खर्चिएको कमै छ । नेपालका शुभचिन्तक विश्व समुदायले पनि यसरी चिन्ता व्यक्त गर्नु स्वभाविकै हो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनले गत मङ्गलबार प्रधानमन्त्री डा. भट्टराईलाई बधाई सन्देश पठाउनुभयो । उहाँको चिन्ता पनि शान्ति र संविधानमै केन्दि्रत छ । आˆनो सन्देशमा उहाँले लेख्नुभएको छ- ‘नेपालमा विगत लामो समयदेखि शान्ति प्रक्रियाले अपेक्षित गति लिन सकिरहेको छैन यो चिन्ताको विषय हो, त्यसैले तपाईको कार्यकालमा यो विषयले प्राथमिकता पाउनेमा म निकै नै आशावादी छु ।’
नेपालका दर्जनौं मित्र राष्ट्रहरुले उहाँलाई सफल कार्यकालको शुभकामना दिएका छन् । भारत, अमेरिका, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, नर्वे, स्वीट्जरल्याण्डलगायतका कैयौं राष्ट्र एवं संघ संस्थ्ााहरुले माओवादी उपाध्यक्षसमेत रहनुभएका डा. बाबुराम भट्टराईलाई बधाई मात्र ज्ञापन गरेका छैनन्, उहाँको अलग्गै पहिचान र बौद्धिकताले संविधान लेख्ने कामलाई सफल तुल्याउने आशा पनि व्यक्त गरेका छन् ।
ती मुलुकहरुले नेपालको शान्ति र संविधानका लागि आफूहरुको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै विपक्षी दलहरुलाई पनि विश्वासमा लिएर आगामी कार्यकाललाई सफलताकासाथ सम्पन्न गर्ने काममा सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै चिन्ता यता नेपालीहरुको पनि छ । विदेशी समुदायहरुलेजस्तै नेपाली नागरिकले पनि उहाँबाट जारी शान्ति प्रक्रियाको सार्थकताको अपेक्षा गरेका छन् । यो संक्रमणकालीन अवस्थामा डा. भट्टराईले आˆनो दूरदृष्टि एवं क्षमता प्रदर्शन गर्न नपाउनुहुने होकि भन्ने डरपनि व्यक्त गरिरहेका छन् । राजनीतिक दलहरुबाट पनि उहाँको प्रतिबद्धता एवं क्षमता अनुरुपको कार्यसम्पादनमा असहयोग नहोस् भन्ने कामना समग्र नेपालीको छ ।
संविधानसभाको म्याद सहजै पुनः तीन महिनाका लागि थप भएको छ । यो भन्दा बढी समयका लागि अब म्याद थपगर्ने काम दलहरुका लागि त्यति सजिलो नहुनसक्छ । संविधान सभाले तीनवर्ष भन्दा बढीको समय पूरा गरिसकेको छ । यो अवधिमा उसबाट भएको उपलब्धि भनेको गणतन्त्रको स्थापना मात्र हो भन्दा पनि हुन्छ ।
ग्ाणतन्त्रको संस्थागत विकास गर्नकै लागि देश्ामा अब नयाँ संविधान चाहिन्छ । नयाँ संविधान विना हामीले अहिलेसम्म हाँसिल गरेका समग्र उपलब्धिहरु क्षणिकमात्र पनि हुनसक्ने खतरा रहन्छ । शान्ति प्रक्रियाको तर्कपूर्ण र दिगो व्यवस्थापनबिना संविधान पनि असम्भव छ ।
त्यसैले यो कामका लागि अबका जस्तासुकै तगाराहरुलाई पनि डा. भट्टराई सरकारले पन्छाउनै पर्नेछ । त्यसका लागि प्रतिपक्षी दलहरुको रचनात्मक सहयोग प्रमुख आवश्यकता हो ।
हुनत प्रधानमन्त्री भट्टराईले आफ्नो प्राथमिकतामा शान्ति र संविधानलाई राखी नै सक्नुभएको छ । आफू प्रधानमन्त्री भएपछिको पहिलो प्रतिक्रियामा उहाँले यो प्राथमिकतालाई अघि सार्नुभएको हो । त्यसैले अब यो राष्ट्रिय प्राथमिकताको सार्थकताका लागि सबैभन्दा पहिला मुलुकको दोस्रो र तेस्रो ठूलो दल नेपाली काँग्रेस र नेकपा एमालेलाई सरकारमा वा विश्वासमा ल्याउनु उहाँको पहिलो दक्षता ठहरिने छ । अन्यथा जोड घटाउको राजनीतिले देशमा जमाइ रहेको डेरा कायमै रहने छ । RSS

गाउँमा बाबुराम :


राजनीतिक क्रान्तिका दुई पाटामध्ये भौतिक परिवर्तनलाई बिर्सिने हो भने मानिसको चेतनामा आएको वृद्धिदरलाई पछिल्ला समय खासगरि माओवादी युद्धपछिलाई सकारात्मक तरिकाले लिनुपर्छ । र यसको स्वाद पालुङटारमा चाख्न सकिन्छ । यो नसोचौं की चेतनामा कोही अब्बल हुनलाई 'फ्रन्टलाइन'मै चिच्याएर पुष्टि गर्नुपर्छ । 
ती परिवर्तन थप बक्समा जादुमयी मान्नुपर्छ स्वभावतः यसको श्रेय माओवादीलाई जान्छ जसले आफ्नो प्लेनम यहीँ आयोजना गरे । मेरो पुस्ताको लागि यो एउटा मार्गदर्शन हो पछ्याइहाल्नुपर्ने । म काठमान्डुका 'तारे होटलमा गोष्ठि सेमिनार गरेर पैसा खाए' भन्ने बकम्फुसे गफ गर्दै समय बर्बाद गर्न चाहन्नं किनभने ती सबै 'चेतना'का विकसित रुप भनिएकाहरुको नाटक हो । म न त्यसको पात्र बन्छु न त दर्शक नै । भलै तीनले भव्यताको एउटा खोल नै किन नओडुन-नओडाउन् । बरु मलाई तीनै पालुङटारका दौतरीका चेतनाहरु औधि प्यारो लागेका छन् जसले कम्तिमा आफूलाई चिन्न सघाउँछन् ।
तर यसैलाई पूरा चाहिँ मान्नु हुन्नु समाजशास्त्री डिल्लीराम दाहालको तर्क 'स्वभाविक मान्नुपर्छ ।' डिल्लीराम सरको कुरामा म असहमत त छुइनँ तर पालुङटारका मेरा समवयीहरुमा आएको चेतनाको वृद्धिदर यहाँको शैक्षिक पाठ्यक्रमले नल्याएकोले रअझ आफैमा राजनिती प्रति चासो बढेकाले यो अस्वभाविक हो । मैले 'नेताहरुले देश बिगारे' भन्ने जमात धेरै भेटेको छु र कहिलेकाही त्यहा म पनि स्वर थप्ने गर्थें तर पालुङटारका तन्नेरीले त्यो भनॆन् । बरु 'सक्ने अघि गए भै गयो नीु तर्क गरे । तीनले आफूहरु भन्दा डा।बाबुराम भट्टराईले केही गर्न सक्ने लागेरै उनलाई 'माथि' पठाएको पनि भने ।
‘किनभने उहाले धेरै बुझ्नुभएको छ’ रेनु गुरुङलाई सुनौं ‘हामीलाई पनि बुझाइरहनुहुन्छ ।’ स्थानिय भवानी स्कुलबाट यसपाली एसएलसी परिक्षामा सहभागि भएकी तर ‘अंग्रेजी र अर्थशास्त्रुमा’ ‘ब्याक’ लागेपछि घरकै काममा व्यस्त बन्ने गरेकी रेनुलाई देशबारे धेरै जान्नु छैन् । संविधान बने पनि नबने पनि आफ्नो दैनिकीमा खासै परिवर्तन नआउने भन्नेबारे सचेत यी १७ वर्षियालाई राजनीतिक जालसाझीले त्यतिबेला पिरोल्छ जब काठमान्डुको 'पद्यकन्या क्याम्पसमा पढिरहेकी दिदी बन्द हड्तालमा चेपिन्छिन् । रयी सबै कुराको अनुभुत उनले स्कुल पढेर हैन् माओवादीको प्लनेमपछि गरेकी हुन् । 'कत्ति धेरै मान्छे थिए' आफ्नै आँगनको धारोमा हात धुधै गरेकी उनी मंसिरको पहिलो सातातिर फर्किइन् 'उनीहरुको गफ सुनेरै धेरै जानियो ।'
सुनेकै भरमा जान्नु र त्यसलाई व्यवहारमा लागु गर्नु एकदमै जटिल कुरा हो । 'त्यसैले' डिल्लीराम सर थप्छन् 'सबैतिर चेतनाको स्तर एकै हुँदैन् ।' चेतनाको स्तरलाई मापन गर्ने यन्त्र पनि त छैन् । विकासको मात्रामा वृद्धि समयानुकुल परिमार्जन तथा बुझ्ने क्षमतामा अब्बलता चेतनाको स्तर मापन गर्ने आधार हुनसक्छन् । यी तीनै कुराको संयोग सायद विकासशिल देशमा हुन्छ । र हाम्रो जस्तो विकासोन्मुख देशका केही भागमा पनि हुनसक्छ । जस्तो पालुङटार ७३ढटण्स
‘रोड विजुली पानी स्वास्थ्य शिक्षा र साचारु भवानी उच्च माविबाट १२ को परिक्षा सकाएर कम्प्युटर कोर्ष गरिरहेकी मनोरमा भट्टराईले भनिन् 'यहा भन्दा के चाहियो ७३ढटण्सु स्थानिय बैंकका कर्मचारीको मोटरबाट त्यो ठाउँ घुम्दै गर्दा मनोरमाको घरमा पुगेको थिएँ म र उनलाई 'जे मागेपनि पुग्ने भए यो ठाउँको लागि के माग्थ्यौ' भनेर सोधेको थिएँ । कति सनतुष्ट ७३ढटण्स यही प्रश्न मैलेकाठमान्डुका साथीहरुलाई धेरैपटक गर्ने गर्छु र तीनको उत्तर 'शान्ती र सुविधा' पाउने गर्छु । मनोरमाको वरिपरि शान्ति नै शान्ति छ सुविधाको त के कुरा उनलाई कक्षा ६ मा सामाजिक शिक्षा पढाउने गुरुले घोकाएका विकासका ६ पूर्वाधारले भरिपूर्ण छ उनको गाउँ । 'त्यसैले' मनोरमाकी साथी रोशनी श्रेष्ठले भनिन् 'हामी सधै खुशी छौं ।'
खुशी प्राप्त गर्ने यी दौतरीको अधिकारलाई टेवा पुर् याउने काम पक्कै स्थिर राजनीतिले गरेको हो । काठमान्डु या सहरतिर जतिसुकै नाराजुलुश र आन्दोलन भइरहेपनि यो ठाउँलाई चासो छतर प्रभाव छैन् । 'यो सबै' रोशनी थप्छिन् 'बाबुराम भट्टराइले नै गर्दा भएको हॊ ।'
‘मलाई गर्व लाग्छ’ डा. भट्टराई भन्छन् ‘मलाई स्थानीय जनताले जसरी सम्मान दिनइरहनुभएको छ त्यसैगरि विकासको लहर पुग्दै छन् ।’ जसरी पालुङटारका दौतरीहरु त्यही बसेरै देशबारे बुझ्न सक्ने भएत्यसैगरि अरु भेगकाले बुझेका होलान वहषकै विषय हो यो । ;यस्ता वहष बढाउदै लगियो भनेु डा।भट्टराईको ठम्याई छुनिश्चितरुपमा पूरै देश चेतनशिल बन्छ ।’ आखिर निश्चित विषयको दायरामा रहेर छलफल आदन प्रदान गर्नुपनि त सिकाइको एउटा पाटो नै हो नी !
पालुङटारको पाठ
यसले खासगरी दुइटा कुरा सिकाएको छ । पहिलो निती निर्माणमा बस्नेहरुले कम्तीमा आफ्ना कार्यक्रमका खाका बनाउन यस्तै भेगहरुलाई रोज्नुपर्छ ताकी विकासका लागि न्युनतम आवश्यकताबारेस्वयम्लाई अनुभूत होस् । राजनीतिक दलका साथै चासोका विषय व्यक्ति र अभियान सम्बद्धहरुको ध्यानले जब यस्ता भेगहरु खिच्छन् तब धेरैले आफूलाई त्यससँग ुअपडेटु गराइरहन चाहन्छन्र धेरथोर विकासका लहर फैलन्छन् पनि । 'त्यही भएरु नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष भुपेन्द्र जंग शाही भन्छन् मैले नेबिसंघको अधिवेशन गराउने जीम्मा पाए भने कालिकोटमा गराउँछु ।' मेरो पुस्ताका उदाउदा यी नेताको यो प्रतिबद्धता सह्रायिन छ । तर यीनै नेताको माउ पाटी कांग्रेसले आफ्ना जील्ला सभापतिहरुलाई काठमान्डु नजिकै डाकेर भेला गरायो । एमालेले पनि हालै त्यस्तै गर् यो । सायदहाम्रा नेताहरु दिनप्रतिदिन सुविधान्मुख भएर पनि यस्ता स्थानलाई रोज्ने गरेका हुनसक्छन् । 'तर अहिलेको माग त्यस्तो हैन् शाही थप्छन् दुर्गम र सुगमबिच हामीले नै भेदभाव गरिरहने हो भने यसलाई सच्याउन को आउँछ ।'
र दोस्रो तथा महत्वपूर्ण पाठ चाहिँ 'तिमी जतिसुकै अल्पमतमा परे पनि सत्य कुरा बोल्न नछोडु भन्ने नै हो । उदाहरणका लागि माओवादी उपाध्यक्ष भट्टराईले आफू अल्पमतमा परेर पनि शान्ति र संविधानको पक्षमा आवाज उठाए । त्यतिबेला सत्य त्यही थियो र अहिले पनि छ । अहिले समयले पनि पुष्टि गरेको छ । अध्यक्ष प्रचण्ड पनि भट्टराईले अघि सारेको कार्यनीतिमा आएका छन् । यसको पक्षमा बहुमत पनि पुगेको छ । तिमी जतिसुकै बहस गरे पनि सत्य एउटै हुन्छ भन्ने पाठ पनि हो यो । करिब सात हजार नेता तथा कार्यकर्ताले चर्को बहस गरे आआफ्नो दाबी प्रस्तुत गरे । आखिर सत्य भनेको शान्ति र संविधानकै बाटो रहेछ । किनकी जनबिद्रोह एउटा सुन्दर कल्पना जस्तो मात्रै बनेको छ यतिबेला । २०६८ भाद्र ११, ekantipur
baburam-bhattarai-in-front-of-the-luitel-school.jpg
यो सन् १९७० मा उनले पढेको गोरखाको लुईटेल स्कूलबाहिर खिचिएको रहेछ ।
baburam-bhattarai-at-luitel-school-2.bmp
यो पो त खतरा फोटो हगि ! सन् १९७० को एसएलसीमा बोर्डफस्ट भएपछि लुईटेल स्कूलमा अभिनन्दन गरिएको रहेछ । अभिनन्दनपछि स्कूलका शिक्षक र सहपाठीहरुसित खिचिएको रहेछ यो फोटो । देब्रेबाट  चौथोमा बाबुराम र छैठौंमा डा उपेन्द्र देवकोटा । त्यो बेला उनका सहपाठी मध्ये सबैभन्दा गरिब बाबुराम रहेछन् कि के हो ?
 baburam-bhattarai-at-chandigadh-india.bmp
 सन १९७४ मा भारतको चण्डिगढमा पढ्दा उनी कलकत्ता गएका रहेछन शैक्षीक भ्रमणमा । त्यहि बेला सहपाठीहरुसित ठट्टा गर्दै रहेछन । बाबुराम सबैभन्दा देब्रे ।
baburam-bhattarai-at-bhurungkel-kathmandu.bmp
 सन १९८८ मा छोरी मानुषीलाई बोकेर काठमाडौंको भुरुङखेलमा खिचेका रहेछन् यो फोटो । अहिले त उनकि छोरी बाबु आमाको कार्यक्रममा फोटो खिच्दै हिँड्छिन ।
baburam-bhattarais-house-at-gorakha-belbaa.bmp
 गोरखाको बेलवास भन्ने ठाउँमा यहि घरमा जन्मिएका रहेछन भट्टराई । तर अहिले यो घर भत्किएको रहेछ । photos: baburambhattarai.com


किसानीमै बाबुरामका दौंतरी :


प्रधानमन्त्री बाबुराम भट्टराईसँगै कखरा सिकेका खोप्लाङ ४, बेलबासेका रत्नबहादुर खत्रीलाई अहिले पनि खेती किसानीकै काम भ्याईनभ्याई छ ।
सानैदेखिका साथी भट्टराई आइतबार प्रधानमन्त्री बनेको खबरले खुसी बनेका खत्रीले आफ्नो नियमित काम गर्न छाडेका छैनन् । 'आफूले त पाँच पढेर छाडियो,' उनले भने, 'जुन कुनै काममा मेहनती थिए । साथी प्रधानमन्त्री भएकोमा खुसी छु । आफूलाई त खेतीकिसानीको कामले भ्याईनभ्याई छ ।'
घर नजिकै दरहेका उनी बाल्यकालका मिल्ने साथी हुन् । पाँच कक्षासम्म पढ्दा उनीहरू प्रायः सँगै हुन्थे । दुवैले एकैपटक स्थानीय एक चौतारोमा नेपाली सेेनाका पूर्वसिपाही भक्तबहादुर भुजेलबाट कखरा सिकेका हुन् । त्यसपछि दुवै पालुङटारमा रहेको अमरज्योति उच्चमावि लुइँटेलमा कक्ष्ाा तीनमा भर्ना भए ।
'मैले भने तीन कक्षा पनि बल्ल बल्ल पास गरेँ । उनी प्रथमको प्रथम हुँदै गएर अहिले प्रधानमन्त्रीसमेत भए,' उनले ठट्यौली पारामा कान्तिपुरसँग भट्टराईको घरमा भने, 'म खोप्लाङको बाख्रामन्त्री ।'
सोमबार बिहान भने केही साथीहरू भट्टराई जन्मेको घरमा भेला भएर कुराकानी गरे । उनको घर नजिकका अग्रज र पछिल्लो पुस्ताका दौंतरीहरू समेत भेला भएर उनीसँगको दिन सम्झेका थिए । गाउँमा भट्टराई प्रधानमन्त्री भएको खबर धेरैले सोमबार बिहानमात्र थाहा पाएका छन् । आइतबार दिउँसो बाह्र बजेबाट बिजुली बत्ती नआएपछि धेरै गाउँलेले थाहा पाउन नसकेका हुन् । सोमबार बिहानबाट भने गाउँमा बत्ती बलेको थियो ।
भट्टराईसँग प्रारम्भिक चरणको अध्ययन सुरु गरेर उच्च शिक्षा अध्ययन गर्न नसकेका बालसखाहरू गाउँमा धेरै रहेको स्थानीयहरू बताउँछन् । '१५ वर्षको हुँदासम्म उनीहरूको संगतमा रहेका गाउँघरका साथीहरू कसैले पनि ठूलो प्रगति गर्न सकेका छैनन्,' अर्का मिल्ने साथी सीताराम देवकोटाले भने, 'आधा दर्जन साथीभाइले बीचैमा पढाइ छाडे ।' देवकोटा भने एसएलसी बराबरको संस्कृत अध्ययन गरेर गाउँमा पण्डित्याइँ गर्छन् ।
'बाँकी रहेको समय खेतबारीमा बिताउँछु,' उनले भने । बेलबासमा उनीहरूको घर पनि एक-आपसमा नजिक छ । अन्य साथीहरू रामचन्द्र खत्री र कृष्णबहादुर कोइराला पनि एकै समूहका हुन् । दुवै कृषि पेसामा छन् । प्रायजसो पाँचै भाइ पाँच कक्षा पढ्दासम्म पढाइमा छुटिसकेका थिए । कसैले छाडे भने कोहीले विद्यालय परिवर्तन गरे ।
तर, १५ वर्ष उमेरसम्म भने गाउँले दौतरी हुन् । अध्ययनका लागि त्यसपछिका दिनमा भट्टराईले भने गाउँ छाडे । चार जना भने एकै समूहमा गाउँमा अहिले एकै प्रकृतिको किसानी पेसामा छन् । 'उनीसँगै एसएलसी पास गरेका साथीहरू भने कोही पनि बेरोजगार छैनन्,' बाबुरामका शिक्षक कुलेन्द्र देवकोटाले भने, 'सबै रोजगारीको सिलसिलामा जिल्ला बाहिर छन् ।'पाँच कक्षा पछिका दिनमा निकै मिल्ने भन्ने स्कुले साथीको खास नाम बाबुरामसँग छैन । उनी सबैसँग समान व्यवहार राख्थे । ekantipur
१२ वर्षपछि नेपाली गाडीको परीक्षा- नेपाली मजदुर उत्साहितझट्ट हेर्दा 'मिनी ट्रक'जस्तो देखिन्छ। बाहिरी आवरणमा कुनै आकर्षण छैन। ठूलो आवाज निकाल्छ। त्यसमाथि संवेदनशील ओहोदाका व्यक्तिलाई चाहिने न्यूनतम सुरक्षा व्यवस्था छैन।
प्रधानमन्त्री बाबुराम भट्टराईले सुविधासम्पन्न गाडीहरूको विकल्प छाडेर नेपालमै 'एसेम्बल' गरिएको 'मुस्ताङ म्याक्स' रोजेपछि यसको सुविधा र सुरक्षालाई लिएर टिकाटप्पणी भइरहेका छन्।
उत्पादक हुलास मोटर्सले भने यसलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्रीले चढ्ने गाडीमा सुविधा र सुरक्षा थप्न दुईजना इन्जिनियर बिहीबार भारत पठाउँदैछ।
कम्पनीको भनाइमा यो 'गर या मर'को स्थिति हो। १२ वर्षदेखि गाडी उत्पादन गरिरहेको हुलास मोटर्समा यतिविधि उत्साह कहिल्यै छाएको थिएन। पहाडी सडकमा कुद्दै आए पनि सहरी क्षेत्रका धेरैले यसको नामै सुनेका थिएनन्। आयातीत मोटरसँग प्रतिस्पर्धा गर्न नसक्ने र ६५ प्रतिशतभन्दा बढी अन्तःशुल्क तिर्नुपर्ने भएकाले यो स्वदेशी उद्योग चल्नै नसक्ने हालतमा पुगेको कम्पनीको भनाइ छ।
प्रधानमन्त्री भट्टराईले रोजेपछि हुलास मोटर्सले कहिल्यै नपाएको चर्चा पायो। यत्तिकै चर्चा बटुल्न करोडौं खर्च गर्नुपर्थ्यो। कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दास 'यो चर्चा खेर जान नदिने' बताउँछन्। 'यो परीक्षाको घडी हो,' उनले भने, 'जसरी भए पनि पास गर्नैपर्छ, हाम्रो सारा बल यसैमा छ।'उनका अनुसार कम्पनीले गाडीको बनोट सुधार्न अनुसन्धान सुरु गरिसकेको छ। इन्जिनियर टोलीको भारत भ्रमण त्यसैअन्तर्गत हो। 'उनीहरूले भारतमा अध्ययन गरेर आएपछि सुविधा थपिनेछ,' उनले भने, 'टोलीले मुस्ताङ म्याक्सलाई उपयुक्त हुने पार्टपूर्जाको नमूना पनि हेर्नेछ।'गाडीको मोडेल र आकार परिवर्तन गर्न लामो अनुसन्धान चाहिने भएकाले अहिलेलाई भित्री बनोटमात्र परिवर्तन गर्न लागेको कम्पनीले जनाएको छ। 'मोडेलै फेर्न एक वर्ष लाग्छ,' दासले भने, 'अहिलेलाई हाम्रो प्रयास लक्जरी, सेफ्टी र इन्टेरियर परिवर्तनमा हुनेछ।'उनका अनुसार भारत गएको टोलीले दिने सिफारिसका आधारमा मुस्ताङ गाडीको भित्री स्वरूप परिवर्तन गरेर जतिसक्दो सुविधायुक्त र सुरक्षित बनाइनेछ। यत्ति गर्न एकदेखि डेढ महिना लाग्ने उनले जानकारी दिए।कम्पनीले प्रधानमन्त्रीको आवश्यकतालाई हेरेर तात्तातै यी तयारी थालेको हो। 
यसबाहेक सहरमा उपयोगी हुने खालका अन्य मोडलको डिजाइन बनाउन अर्को छुट्टै टोली अनुसन्धानमा खटाएको कम्पनीले जनाएको छ। अहिलेको चर्चाबाट हौसिएर विदेशी कम्पनीको जस्तै 'ह्याचब्याक' र 'एसयुभी' गाडी उत्पादनको योजना पनि बनाएको दासले बताए।चीनमा बनेको जिआई रिजर्भ टर्क इन्जिन प्रयोग भएको मुस्ताङ म्याक्स विशेषगरी पहाडी कच्ची बाटोलाई लक्ष्य गरी निर्माण गरिएको हो। २ हजार ५ सय ४० सिसी डिजेल इन्जिन क्षमताको यो गाडी एक लिटर डिजेलबाट ११ किलोमिटर दौडिनसक्छ। यसलाई अधिकतम प्रतिघन्टा ९० किलोमिटरको गतिमा कुदाउन सकिन्छ। यो फोरह्विल गाडीको इन्जिन उकालो बाटोलाई उपयुक्त मानिन्छ। nagariknews

प्रधानमन्त्रीले 'मुस्ताङ' गाडी चढ्ने
नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमै बनेको 'मुस्ताङ' गाडी चढ्ने भएका छन् । प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्का भएपछि भट्टराईले आइतबार दिउँसो १२ बजे नै आफूले नेपालमै बनेको 'मुस्ताङ जिप' चढ्ने इच्छा व्यक्त गरेका थिए ।
स्रोतका अनुसार फोनमा निर्देशन लाएलगत्तै दिउँसो १ बजेदेखि नै गृह मन्त्रालय गाडीको खोजीमा लागेको थियो । एक बजे निर्वाचन प्रक्रिया सुरु भए पनि साढे ६ बजे मात्रै भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । भट्टराईले दिउँसै मुस्ताङ गाडी मगाएर त्यसमा राष्ट्रिय झन्डा लगाउने व्यवस्था गर्न उच्च सरकारी एक अधिकृतलाई आग्रह गरे पनि आइतबारै त्यो सम्भव भएन ।
'गाडी त पाइने भयो तर दर्ता प्रक्रिया र नम्बर हालिनसकेकाले आइतबारै ल्याउन सकिएन, सोमबार मुस्ताङ जिप आउँछ,' गृह मन्त्रालयमा मन्त्रीहरूलाई गाडीको व्यवस्थापन गर्ने एक उच्च अधिकृतले कान्तिपुरसँग भने ।
प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतका अनुसार भट्टराईले राष्ट्रपति रामवरण यादवबाट शपथ ग्रहण गरेपछि मुस्ताङ जिप चढेर बहालीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय आउने कार्यक्रम छ ।
३५ औं प्रधानमन्त्रीलाई कुन गाडी उपलब्ध गराउने भन्ने सोचमा अलमलिएको गृह मन्त्रालयका अधिकारीहरू अकस्मात् नामै नसुनेको गाडी प्रधानमन्त्रीका लागि खोजी हुँदा चकित परेका थिए । निवर्तमान प्रधानमन्त्रीले आफूले चढेकै गाडी लिएर जाने परम्पराका कारण गृह मन्त्रालय जहिल्यै नयाँ प्रधानमन्त्रीलाई दिने गाडीको खोजीमा चिन्तित हुने गर्छ । पूर्वप्रधानमन्त्री र मन्त्रीहरू कसैले गाडी नफर्काएको अवस्थामा गृहलाई सधैं यस्तो समस्या आइलाग्ने गरेको हो । 'सरकारमा रहँदा सबै राम्रा र नयाँ गाडीहरू मन्त्रीहरूले नै चढेका हुन्छन्, तत्काल नफर्काउने गरेकाले नयाँ सरकार बनेलगत्तै सधैं यस्तो समस्या आउँछ,' गृहको एक अधिकृतले भने । शपथपछि भट्टराईले चढ्न खोजेको मुस्ताङ गाडी नेपालमै बनाइएको पहिलो गाडी हो । यो गाडी हुलास मोटर्स कम्पनीले भारतबाट पार्टस्हरू आयात गरी नेपालमा फिटिङ्स गरेर तयार गर्ने गर्छ । भारतमा विभिन्न कम्पनीले उत्पादन गर्ने जिपजस्तै यो गाडी समथर र पहाडी बाटोका लागि भरपर्दोसमेत मानिन्छ । 'पदमा रहँदा या पदमुक्त हुँदा करोडौंको गाडी जबर्जस्ती लैजाने अन्य नेताहरूको बानी र परम्परालाई व्यंग्य गर्दै भट्टराईले यस्तो गाडी चढ्ने इच्छा व्यक्त गरेका हुन सक्छन्,' गृहका एक अधिकारीले भने, 'प्रधानमन्त्रीले मन्त्री र उच्च कर्मचारीलाई सन्देश दिन खोजेका छन्, अरूलाई पनि मितव्ययी बनाउन नसके उनी एक्लोले यस्तो गाडी चढ्नुको अर्थ रहनेछैन ।'
कस्तो हो मुस्ताङ जिप ?
डेढ दशकदेखि गाडी उत्पादन गर्दै आएको यहाँको १७ नम्बर वडास्थित हुलास मोटर्स कम्पनीमा इन्जिनियर प्रफुल दास आइतबार निकै हषिर्त थिए । कारण थियो, नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वदेशमै उत्पादित गाडी हुलास मुस्ताङ चढ्ने चाहना ।
आइतबार सदनमा निर्वाचन भइरहँदा दास कारखानामा उत्पादन भइरहेका गाडीमध्ये प्रधानमन्त्रीका लागि उपयुक्त हुने के-के सुविधा थप्न सकिन्छ भन्दै योजना गरिरहेका थिए । डा. भट्टराईले मुस्ताङ म्याकस चढ्ने खबर कारखानाभरि सबैले थाहा पाए । हर्ष बाँडे ।
'हामीले अहिले उहाँलाई दिएको डमी गाडी हो,' इन्जिनियर दास भन्छन्, 'बढीमा डेढ महिनाभित्र हामी उहाँलाई मुस्ताङ म्याक्स अत्याधुनिक गाडी उपलब्ध गराउँछौं ।' उनका अनुसार २५४० सीसीको डिजेल इन्जिन उक्त गाडी नेपालका सबैजसो भूभागका लागि उपयोगी छ । मुस्ताङदेखि ताप्लेजुङ र संखुवासभासम्म टेस्ट ड्राइभमा आफैं गएर क्षमता वृद्धिका लागि काम गरेका दास भन्छन्, 'यो बाहिरबाट आयात भइरहेका लग्जरीयस गाडीभन्दा सस्तो, कम खर्चिलो र सर्भिसिङको धेरै झन्झट नपर्ने खालको छ ।'
मुलुककै एकमात्र स्वदेशी गाडी उत्पादक कारखाना प्रतिस्पर्धाको बजारमा आफ्नै गतिमा छ । मुस्ताङ म्याक्स हुलास मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन हो । किसानका लागि उपयोगी हुने पावरकार्टबाट उत्पादन थालेको उक्त कम्पनीले असजिलो कर प्रणाली र प्रतिस्पर्धात्मक बजारमा नाक जोगाउनकै लागि काम जारी राखेको महाप्रबन्धक सुरेन्द्र गोल्छा बताउँछन् । भन्छन्, 'हामीले उत्पादन थाल्यौं, कम्पनी नाफामा जान सकेन । तर नाककै लागि पनि उत्पादन रोकेका छैनौं, जारी छ ।'
पछिल्ला एक दशकमा डिजाइनमा गरिएका फेरबदलले हुलास मुस्ताङ म्याक्सम्म आइपुगेको उत्पादन केही राहत दिने खालेको भएको उनले बताए । हुलास मोटर्सले गाडी उत्पादनका लागि केही सामान चीन, केही भारतीय कम्पनी र चेसिजलगायत केही पूर्वाधारका सामान आफैं बनाएर गाडी तयार पार्ने गरेको छ । गोल्छा भन्छन्, 'हाम्रो प्रचार भड्किलो छैन, जसले गाडीको क्षमता बुझ्छन्, उनीहरूले खोज्छन् । हामी बनाएर दिन्छौं ।' उनका अनुसार १४ लाखदेखि सुविधाअनुसार बढीमा २० लाखसम्म पर्ने मुस्ताङ गाडीमा गोरखकालीका टायर प्रयोग गरिएका छन् । सिट र बनोटमा धेरै सामान स्वदेशमै उत्पादन गरिएका उपयोग भएका छन् । 
एउटा लटमा ३/३ दिनको फरक पारेर पाँच गाडी उत्पादन गर्न छिटो गरे ५२ दिन लाग्ने प्राविधिकहरूको भनाइ छ । प्रधानमन्त्रीले नै स्वेदशी गाडी चढ्ने भएपछि उत्पादन प्रवर्द्धनका निकै आशावादी देखिएका गोल्छा भन्छन्, 'धेरै उतारचढाव भोगेर पनि हामीले कारखानालाई बन्द गरेनौं । बरु चाहिने पूर्वाधार थप्दै ल्याएका छौं । नेपाली उत्पादनको दिन फेरिन्छ भन्ने आस लागेको छ ।' भाद्र १२, ekantipur

तातो तावामा भट्टराई 

पटकपटक संचारमाध्यम सर्वेक्षणले माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीका उपयुक्त पात्र देखाएको थियो । उनको पक्षमा डिस्टिन्सन अर्थात् ८० प्रतिशत बढी देखिन्थ्यो । यो सर्वेक्षण परिणामप्रति हल्का टिप्पणी गर्नेहरुले भन्थे-  'संचारमाध्यामका मात्र प्रधानमन्त्री ।' अन्ततः उनी आइतबार संसदमा कूल सांसद संख्याको ५९ प्रतिशत मतमा प्रधानमन्त्री बने ।
 माओवादी अध्यक्ष पुष्पकमल दाहालले भट्टराईलाई सहयोग गर्दैनन् भन्ने धेरैलाई आशंका थियो । भट्टराईलाई प्रधानमन्त्री बनाउन दाहाल अहोरात्र खटे र अन्ततः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग सहमति गरी प्रधानमन्त्री बनाइछाडे । भट्टराई प्रधानमन्त्री त भए, तर उनको अब काँडाघारीको यात्रा सुरु भएको छ ।
संविधानसभा निर्वाचनमा गोर्खा-  २ बाट देशकै सबैभन्दा बढी ८२ प्रतिशत मत ल्याएका थिए । उनले कुल ४६ हजार २ सय ७२ मत प्राप्त गरेका थिए । गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा २०११ असार ४ (जुन १८, १९५४) मा जन्मेका थिए । 
 माओवादीभित्र मिहिनेती, अध्ययनशील र  कार्ययोजना निर्माणकर्ताका रुपम चिनिन्छन् । पार्टीको कार्ययोजना कार्यान्वयन गर्न उनको खुबी देखिन्छ । आफूले पाएको जिम्मेवारी जसरी पनि फत्तै पार्ने उनको बिशेषता हो ।
 भट्टराई परिवार पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी थियो । भट्टराई परिवार ईस्वी १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइ सरेको थियो । द्रब्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन भट्टराई परिवारकै पुर्खा गजानन भट्टराईले मूख्य भूमिका खेलेका थिए । भट्टराई वंशकै एउटा समूह लिगलिग कोटको फेदीमा रहेको बेलबासमा खेतीपाती गरेर बस्यो ।
 शाहवंशलाई राज्यसत्तामा ल्याउन भट्टराई वंशले महत्वपूर्ण भूमिका खेलेको थियो, त्यही भट्टराई परिवारकै वंशजमध्येका एक सदस्य बाबुरामले शाहवंशको अन्त्य गर्न लागि परे । माओवादी युद्धकै बेला राजासंग पनि वार्ता गर्नुपर्ने सन्दर्भलाई लिएर अध्यक्ष दाहाल र उनीबीच अन्तरसंघर्ष समेत चर्केको थियो ।
 २०१७ मा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली कांग्रेसले सशस्त्र संघर्ष शुरु गर्‍यो । त्यतिवेला उनका मामा कृष्णप्रसाद न्यौपाने कांग्रेसका नेता थिए । उनी भूमिगत भएका बेला उनको घरमा बसेका राजतन्त्र विरोधी कुरा सुनेर उनमा राजतन्त्रबिरोधी चेत आएको बताउँछन् । २०४६ मा नयाँ दिल्ली भ्रमणमा गएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा भारतीय प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो ।
 एसएलसी परीक्षामा बोर्ड फस्ट भएपछि मात्र पाइन्ट लगाएका भट्टराई सानो छूदा गोठालो जान्थे । 'म कहिलेकाहीं गाइगोरु हेर्न पनि जान्थेँ । हाम्रो घरमा लक्ष्मी र रिठ्ठु नामका गाइ थिए । लक्ष्मी गाइ चोर्ने स्वभावको थियो । जङगलमा लगेर छोड्यो, केही बेरमै धान चोर्नका लागि धानखेतमा पुग्थ्यो । एकदिन मैलें चराउन लगेको बेला खुबै हैरान बनायो । जङगलमा बीचका काँडामा पसेर फर्काउनुपरेको थियो । काँडाले मेरो लुगा पनि च्यातियो' उनले स्मरण गरे-  'म सधैं कट्टु (हाफपान्ट) मात्र लगाउँथे । प्यान्ट लगाउन थालेको त एसएलसी पास गरेपछि मात्रै हो ।'
 भट्टराईमा राजनीतिक अर्थशास्त्रमा बढी रुची छ । त्यसैले पनि उनले बेलाबेलामा आर्थिक क्रान्ति गरेर मात्र मुलुकको विकास गर्न सकिनेमा जोड दिन्छन् । मुलुकमा पुजीवादी आर्थिक क्रान्ति नभई मुलुकको विकासले गति लिन नसक्ने उनको बिश्वास छ । 
 माओवादीमा उनीमाथि जहिले पनि भारतप्रति नरम भएको आरोप लाग्दै आएको छ । दाहालले ललितपुरको खन्ना गार्मेन्टमा 'भारतपरस्त' आरोप लागेपछि पार्टीमा ठूलो बिवाद भएको थियो । पार्टीभित्रकै 'हार्डलाइनर' पक्षले उनलाई दक्षिणपन्थी उन्मुख नेताको रुपमा आरोप लगाउँछन् । कांग्रेस, एमाले र मधेशवादी मोर्चासंग सहकार्यबाट मात्र मुलुकलाई अग्रगति दिन सकिने धारणा राखेकाले उनीमाथि यस्तो आरोप लागेको हो ।
अध्यक्ष दाहालको नेतृत्व गठितसरकारमा उनी २०६५ मा नौ महिना अर्थमन्त्री भएका थिए । उनले लक्ष्यभन्दा धेरै राजस्व उठाएका कारण सफल अर्थमन्त्री मानिन्छन् । त्यसपछि उनको लोकपि्रयता बढेको थियो ।
 उनले लोकतान्त्रिक मधेशी मोर्चाजस्तो तरल राजनीतिक शक्तिको भरमा प्रधानमन्त्री बनेका छन् । शान्ति अन्तर्गत लडाकु समायोजन र संविधान निर्माण प्रक्रिया अघि बढाउनु उनका लागि कम चुनौतीपूर्ण छैन । उनले प्रतिपक्षी दल कांग्रेस र एमालेको कडा सामना गर्नुपर्नेछ ।
माओवादीभित्र मध्यमवर्गमा 'लोकप्रिय' भट्टराई तेश्रो नेतामा पर्छन् । यही बुझेर हुनुपर्छ, उनी आफूलाई बलियो बनाउन प्रयासरत छन् । 
 २०२६ मा उनी गोरखाबाट एसएलसीमा बोर्डफस्ट भए । त्यसपछि अमृत साइन्स कलेज, काठमाडौंमा विज्ञान, कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट आकिर्टेक्चर विषयमा स्नातक, २०३४ मा 'टाउन एण्ड कन्ट्री प्लानिङ'मा थप अध्ययन गर्न उहाँ नयाँ दिल्ली गए । त्यहाँको 'स्कुल अफ प्लानिङ एण्ड आकिर्टेक्चर'बाट उनले 'सहरी र क्षेत्रीय योजना'मा स्नातकोत्तर (मास्टर्स) गरे । यहीं उनको हिसिला यमिसंग भेट भयो, त्यसपछि यमि र भट्टराईको बीचमा बिहे भयो । यमी हाल पोलिटव्युरो सदस्य छन् ।
भट्टराईले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट 'विद्यावारिधी' (पिएचडी) गरे । उनले 'द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल' विषयमा अनुसान्धान गर ।
 उनले २०३७ मा मोहनबिक्रम सिंहमार्फत् नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका उनी अखिल भारत नेपाली एकता समाजमार्फत -१९७९-१९८६) उहाू भारतमा रहेका प्रवासी नेपाली कामदारलाई संगठित गर्ने गरेका थिए । दिल्लीमा रहदा करिब १० बर्षसम्म नले भारतबाट प्रकाशित हुने 'जनमानस' र 'नेपाली एकता' पत्रिकाका सम्पादक बनेका थिए । पंचायतकालमा उनी दुई पटक पक्राउ परेका थिए ।
 २०४२ मा उनी काठमाण्डौं फर्के । काठमाडौं फर्किनु अघि उनले पूर्णकालीन राजनीति गर्ने मनस्थिति बनाइसकेका थिए । उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्युनिष्ट राजनीतिमा सक्रिय भए । उनी मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए । २०४२ मा पूर्णकालीन र २०४७ सालमा केन्द्रीय सदस्य भएका थिए ।
२०४६ को जनआन्दोलनताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जन आन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बनेका थिए । माओवादीले २०५२ मा युद्ध सुरु गर्दा उनी वरिष्ठ नेता भइसकेका थिए ।
२०५५ भदौमा माओवादीको चौथो बिस्तारित बैठकमा भट्टराईले अध्यक्ष दाहालमा नेतृत्व केन्दि्रकरण भएको बताएपछि  मतभेद सुरु भएको थियो । बिवाद बढ्दै जादा उनी २०६१ मा 'अराजक' भएको आरोपमा उनी कार्बाहीमा परे । २०६२ मा कार्बाही फिर्ता भएपछि उनी पुनः नेतृत्वमा आएका थिए । २०६२ मा तत्कालीन सात र माओवादीको वार्तामा उनी सक्रिय भएर लागेका थिए । २०६४ मा भएको बिस्तृत शान्ति सम्झौताका मुख्य वार्ताकार थिए । 
नेपाली र अंग्रेजी भाषामा गरी उनका करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् । 

भाद्र १२, ekantipur



भट्टराईलाई २० दलको समर्थन, कांग्रेस-एमाले विपक्षमा



संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत संसद्का साना दलको समर्थनमा माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित भएका छन्। संसद्मा आइतबार अपराह्न भएको चुनावमा उनले प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र पौडेलभन्दा १ सय ५ मत बढी ल्याए।


मताधिकार रहेका ५ सय ९१ मध्ये ५ सय ७५ सभासदको मत खसेकामा भट्टराईले ३ सय ४० ल्याए भने पौडेलले २ सय ३५।
आइतबार बिहान मोर्चासँग सहमति भएपछि भट्टराई प्रधानमन्त्री चुनिने पक्का भएको थियो।
भट्टराईको पक्षमा संसद्मा रहेका २९ मध्ये माओवादीसहित २० दलले मतदान गरे। स्वतन्त्र सभासद् सदरुल मिया हकले पनि उनैलाई मत दिए।
मधेस केन्द्रित दलहरू फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तमलोपा, फोरम, तमलोपा नेपाल, सद्भावना, संघीय सद्भावना, सद्भावना आनन्दीदेवीले भट्टराईलाई मत दिएका थिए। नेकपा संयुक्त, माले समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतको समर्थन पनि उनले पाए।
संसद्को दोस्रो ठूलो दल कांग्रेस र तेस्रो दल एमाले भने प्रतिपक्षमा बस्ने भएको छ। दुवै दलले कांग्रेसका उम्मेदवार पौडेललाई मत दिए। पौडेललाई राप्रपा, माले, राष्ट्रिय जनशक्ति पार्टी र स्वतन्त्र सभासद् बबन सिंहले समेत मत दिएका थिए। संसद्मा कायम ५९४ को बहुमत पाएपछि भट्टराई निर्वाचित भएका हुन्।
नेमकिपाका सुनील प्रजापतिले बोलेर मतदान बहिष्कार गरे भने राप्रपा नेपालका चार सभासद् अनुपस्थित थिए। '३ वर्ष ३ महिनामा शान्ति र संविधान नभएकाले फेरि बहुमतीय सरकार बनाउनु हुँदैनथ्यो,' राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरूङले भने, 'प्रधानमन्त्रीका दुवै उम्मेदवारले शान्ति र संविधानको विश्वासिलो आधार नदिएकाले अनुपस्थित भएका हौं।'
झलनाथ खनालले राजीनामा गरेको १४ दिनपछि नयाँ प्रधानमन्त्री छानिएका छन्। प्रधानमन्त्री निर्वाचित भएको घोषणापछि सभामुख सुवासचन्द्र नेम्वाङले भट्टराईलाई बधाइ दिए। 'सहमति नभए पनि लोकतान्त्रिक प्रक्रियाबाट प्रधानमन्त्री चुन्न सफल भएका छौं,' नेम्वाङले भने, 'दलहरूको लिखित सहमतिअनुसार शान्तिप्रक्रियाका मूलभूत काम सम्पन्न गर्न र संविधानको पहिलो मस्यौदा तयार गर्ने काम पनि हुन सकेको छैन, चुनौतीको यो घडीमा सहमतिको आधार तयार गर्दै अघि बढ्न सरकार सफल होस्।'
प्रधानमन्त्री चुनिएर संविधानसभा भवनबाट बाहिरिँदै भट्टराईले सञ्चारकर्मीसँग भने, 'शान्ति, संविधान र जनतालाई राहत सरकारको प्राथमिकता हुनेछ।' उनले सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिन सोमबारदेखि नै क्रियाशील हुने बताए। संसद्मा भट्टराईले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छानिए पनि सहमतिमा पुग्ने अभिलाषा दोहोर्‍याएका थिए।
पराजित पौडेलले गुण र दोषका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले शान्ति प्रक्रियाको टुंगो र नयाँ संविधान निर्माणको मुख्य जिम्मेवारीमा कांग्रेस प्रतिपक्ष नबन्ने बताए। अर्को प्रतिपक्षी एमालेका नेता माधवकुमार नेपालले पनि सरकारको रवैयाका आधारमा धारणा बनाउने बताए।
प्रधानमन्त्री छानिनुअघि भट्टराईले उम्मेदवारी दिँदै सबै दलको सामूहिक प्रयत्न खाँचो रहेको उल्लेख गरे। 'नेपाललाई विखण्डनमा लाने कि शान्ति र संविधान बनाउने भन्ने द्वन्द्व छ,' उनले भने, 'बहुमतीय प्रधानमन्त्री बन्ने मेरो व्यक्तिगत चाहना हैन, बहुमतीय प्रक्रियाबाट चुनिए पनि शान्ति र संविधानका लागि राष्ट्रिय सहमति जरुरी छ।'
जनतामा भएको निराशा चिर्न अन्तिम मौका भएको बताउँदै उनले जोड दिए, 'सहमति नभए विगतका सरकारजस्तै असफल हुनेछौं, हाम्रो पार्टी र मलाई असफल हुन मन छैन, देशले राष्ट्रिय सहमति खोजेको बेला विवादमा नजाउँ।'
भट्टराईका प्रस्तावक माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालासँग गत साता एक्लाएक्लै भएको छलफललाई उद्धृत गर्दै भने, 'उहाँले सरकारमा सहमति गर्न सकिँंदैन तर मिलेर जानुपर्छ भन्नुभृएको छ, मैले शान्ति र संविधानमा सहमति गर्ने भद्र सहमति भयो भनेको थिएँ।' त्यही सहमतिको जगमा टेकेर निष्कर्षमा पुग्न सकिने उनले बताए।
मधेशी मोर्चाका नेताहरूसँगको सहमतिले विश्वासको नयाँ धरातल खडा भएको बताए। उनले विगतका सहमतिको कार्यान्वयन भने 'हातमा लाग्यो शून्य' को अवस्थामा रहेको स्वीकारे। 'मैले कांग्रेस, एमाले, मोर्चा, राष्ट्रिय राजनीतिक मञ्चसँग वार्ता गर्दा शान्ति र संविधान पूरा नगर्ने हो भने ठूलो अराजकतामा पुग्छ भन्ने महसुस गरेको छु,' उनले भने।
दलहरूबीच सहमति गर्न पहिले पार्टीमा एकता गर्नु आवश्यक भएकाले भट्टराईलाई उम्मेदवार बनाएको दाहालले बताए। उनले भने, 'यहाँ त्याग गर्ने पार्टी पनि छन् भन्ने माओवादीले देखाएको छ,' आफूले प्रधानमन्त्रीको उम्मेदवारी भट्टराईलाई सारेकामा संकेत गर्दै दाहालले भने।
पौडेलले उम्मेदवारी प्रस्तुत गर्दै भने, 'गत ३-४ वर्षमा सयौं बैठक भए, सबै सत्तामै गएर टुंगिए।' उनले जनताको निराशा हटाउन सत्यको अगाडि सबैलाई झुक्न आग्रह गरे।
पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै कांग्रेसका विमलेन्द्र निधिले माओवादीले कोसँग लड्न अझै सेना राखेको भन्ने प्रश्न गर्दै भने, 'माओवादीले संविधानसभा चुनावअघि नै राजतन्त्र अन्त्य गर्न कांग्रेस राजी भए हतियार त्याग्छौं भनेको थियो।'
फोरम गणतान्त्रिकका राजकिशोर यादवले अहिलेको गठबन्धन मुद्दामा आधारित भएको र परिवर्तनकामी गठबन्धन भएको दाबी गरे। तमलोपाका हृदयेश त्रिपाठीले यो गठबन्धन अघि बढेन भने देशको दुर्दशा हुने बताए।
चुनावमा सधैं माओवादीको कटु आलोचक राष्ट्रिय जनमोर्चाले पनि यसपटक समर्थन गरेको छ। माओवादीविरुद्ध सधैं उखान हालेर तीखो प्रहार गर्ने पार्टी अध्यक्ष चित्रबहादुर केसीको सट्टा सन्तबहादुर नेपालीले भट्टराईको समर्थनमा बोलेका थिए। उनले समर्थन गर्नुको कारण खोले, 'यसपटक देशलाई निकास दिन शान्ति र संविधानका पक्षमा सबै एकजुट हुने आशा छ।'


भट्टराई ३४०
माओवादी २३४
फोरम (लो) २८
फोरम (गण) १२
तमलोपा ११
फोरम ११
तमलोपा नेपाल ९
सद्भावना ५
संघीय सद्भावना ४
नेकपा संयुक्त ५
माले समाजवादी ४
राष्ट्रिय जनमोर्चा ४
जनमुक्ति पार्टी २
नेकपा एकीकृत २
सद्भावना (आ) २
संघीय मञ्च (थरुहट) १
समाजवादी जनता १
दलित जनजाति १
परिवार दल १
नेपाः १
समाजवादी दल १
स्वतन्त्र १
पौडेल २३५
कांग्रेस ११४
एमाले १०५
राप्रपा ७
माले ५
राष्ट्रिय जनशक्ति पार्टी ३
स्वतन्त्र १
जम्मा २३५


अनुपस्थित
नेमकिपा ५ (बहिस्कार)
माओवादी २ (अनुपस्थित)
राप्रपा नेपाल ४
जनता दल (युुनाइटेड) १
फोरम १
एमाले १
निलम्बित ३
राप्रपा १
सभामुख १
कुल सदस्य ५९४ nagariknews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :