खुल्यो इजरायल

बैदेशिक रोजगारको लागि सबैभन्दा सुरक्षीत र आर्कषक मानिएको इजरायल बिहीबारदेखि नेपालीको लागि खुल्ला भएको छ ।
'इजरायल सरकारले बिहीबार नेपाली कामदार आउन दिने निर्णय बिहिबार गरेको यहाँको परराष्ट्र मन्त्रालयले हामीलाई जानकारी दिएको छ', इजरायलमा रहेको नेपाली दुताबासका एक अधिकारीले कान्तिपुरलाई भने ।
ती अधिकारीका अनुसार कियर गिभर (बुढाबुढीको स्याहारसुसार गर्ने ब्यक्ति) र कृषिका लागि काम गर्न आउन सय वटा भिसा समेत जारी गरेको छ । 'यो खुसीको खबर बाँड्न पाउदा निकै रमाइलो लागेको छ', उनले भने-'सबै हिसाबले सुरक्षीत र कमाइले आर्कषक मानिएको यो ठाँउमा नेपाली काम गर्न पाउनु निकै ठुलो फाइदा हुन्छ ।'
उनका अनुसार इजरायलमा हाल सात हजार नेपाली कामदार छन् । त्यसमध्ये ९० प्रतिशत कामदार महिला छन् । त्यहाँ एक कामदारले कम्तीमा १२ सय डलर कमाइ हुने उनले बताए ।
इजरायले कसरी खुलायो भन्ने बिस्तृत बिबरण भने दुताबासलाई जानकारी दिएको छैन् । दुई बर्षअघि अपि्रल २००९ मा इजरायल र नेपालका बैदेशीक रोजागार ब्यबसायीले निकै बढी पैसा कामदारसँग असुल गरेको भन्दै बन्द गरेको थियो । 'अब हामीले यो पाठ सिक्न जरुरी छ', उनले भने-'त्यसको लागि सम्बन्धीत पक्षहरु सम्बेदनशील भएर लाग्नुपर्छ ।'
इजरायलले अन्तराष्ट्रिय आप्रबासन संठगन (आइओएम) मार्फत कामदार पठाउन नेपाल सरकार राजी भए तत्काल खुल्ला गर्ने बताएको थियो । तर नेपाल सरकारले त्यसलाई अस्वीकार गर्दै आइओएमको अनुगमन, रेखदेख र संयोजन मात्रै स्वीकार गर्न सक्ने जानकारी दिएको थियो । 'बैदेशीक रोजगारमा कामदार कि सरकारले पठाँउछ कि ब्यबसायीले', श्रम प्रबक्ता पुर्णचन्द्र भट्टराईले भने-'हामी यो प्रक्रियामा आइओएमको अनुगमन, रेखदेख, र संयोजनको भुमिका मात्रै चाहन्छौं ।'
फरेन इम्प्लोइमेन्ट एशोसियसनका अध्यक्ष प्रेम कटुवालले 'निश्चित प्रणाली' बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । 'दुबै देशको एजेन्टलाई ब्यबस्थीत गरी कामदारलाई अनिबार्य तालिम दिएर पठाउनुपर्छ', उनले भने-'इजरायल जाने लागत खर्च निकै पारदर्शी बनाइनुपर्छ ।'
इजरायल सरकारको यो निर्णयपछि ब्यबसायीहरु डुबेको रकम फिर्ता हुने पक्षमा निकै खुसी छन् । '३५ वटा ब्यबसायीका झन्डै ३५ करोड रुपैया फसेको छ', फरेन इम्प्लोइमेन्ट एसोसियसनका महासचिब प्रकास कार्कीले भने-'भिसा खरिद गर्न लागेको यो खर्च उठ्नेमा हामी खुसी छौं ।'
बन्द हुनुअघि सरकारले अनुगमन गर्न नसक्दा ब्यबसायीले असिमित पैसा उठाएर बन्द गर्नुपरेको इजरायली दुताबासको भनाई छ । त्यतिखेर एक कामदारसँग ब्यबसायीले आठ सय डलरदेखि १२ हजार डलरसम्म लिएका थिए । कृषिमा काम गर्नेले भने १५ सयदेखि २ हजार डलरसम्म कमाउने गरेका छन्  ।  भाद्र ३/ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :