यस्तो रह्यो दोस्रा मिस पूर्वाञ्चल


दोस्रो मिस पूर्वाञ्चल २०११ को उपाधि धरानकी १८ बर्षीया प्रतिभा श्रेष्ठले जितेकी छिन्। स्थानीय सभागृहमा शनिबार राति सम्पन्न प्रतियोगिताको फाइनल चरणमा ५ प्रतियोगीमध्ये आफुलाई अब्बल सावित
गर्दै उनले दोस्रो मिस पूर्वाञ्चलको उपाधि जित्‍न सफल भइन्।  
श्रेष्ठले मिस पूर्वाञ्चलको ताजसहित महिन्द्रा स्कुटी र विभिन्न उपहारहरु प्राप्त गरिन् भने सिम क्याट वकको उपाधिसमेत पाइन्। प्रतियोगिताका मुख्य निर्णायक हिडेन टेर्जरका अध्यक्ष गोपाल कक्षपतीले फाइनल चरणका अन्तिम पाँच(टप ५) प्रतिस्पर्धीहरुलाई सोधेको निर्णायक प्रश्नको सटिक जवाफ दिँदै उनले आफ्नो सपना साकार परेकी हुन्। गत बर्षकी प्रथम मिस पूर्वाञ्चल सविना लिम्बुले ताज पहिराइदिएकी थिइन्।
मुख्य निर्णायक कक्षपतिले ‘युवाहरुको संसारमा बृद्धहरु अटाउदैनन् रे, तपाई विश्वास गर्नु हुन्छ कि हुदैन, हुन्छ भने किन? हुदैन भने किन?' भन्ने प्रश्न सोधेका थिए। पाँच मिनेट समयाभित्र उनले तयार पारेको ‘युवा पिढीमा वृद्धहरुको स्थान छ, किनभने नेपालको सँस्कृति नै आफ्ना अग्रज, पूर्खाहरुलाई सम्मान, आदर गर्न सिकाउने खालको छ। हाम्रा आग्रह पूर्खाहरुकै कारण आज हामी छौं, त्यसैले उनीहरुले पनि हामीले जस्तै खुशीपूर्वक बाँच्न पाउनुपर्छ। बृद्धहरुको अस्तित्व छ र उनीहरु युवाहरुको संसारमा अटाउनुपर्छ,' भन्ने उनको जवाफले उनलाई ताज पहिर्‍याउन सफल भयो। ‘मेरो सपना साकार भएजस्तो लागिरहेको छ, मेहनत गरेको थिएँ र म हुन्छु भन्ने आत्मविश्वास थियो। अहिले मेहनतको फल पाए भन्ने लाग्यो,' ताज पहिरिएपछि उनले भनिन्। छोरीले उपाधि जितेपछि ब्रिटिश पेन्सन अफिसमा कार्यरत बुबा कृष्ण श्रेष्ठ र आमा सुमित्रा श्रेष्ठ पनि ज्यादै खुशी थिए। ‘ऊ नै हुन्छ कि भन्ने आशा थियो, अहिले गर्व लागिरहेको छ,'-आमा सुमित्राले भनिन्। धरान उच्चमाविमा बिबिए प्रथम बर्षमा अध्ययनरत श्रेष्ठले मिस नेपाल भएर देशलाई विश्वभर चिनाउने र भविष्यमा सामाजिक क्षेत्रमा सक्रिय रहने लक्ष्य लिएकी छिन्। ‘विश्वलाई मेरो देश पनि धेरै कुरामा अगाडि छ भनेर चिनाउने लक्ष्य लिएको छुँ,' उनले भनिन्।
प्रतियोगिताकी फष्ट रनरअप धरान ६ की २० बर्षीया लक्ष्मी सुब्बा र सेकेण्ड रनरअप धरान १५ की २० बर्षीय अनिता विश्वकर्मा हुन सफल भए। दुबैले क्रमशः ताजसँगै ह्यासी ल्यापटप र विभिन्न उपहार हात पारिन। अनिताले मिस ब्युटिफुल कम्प्लेक्सन र लक्ष्मीले मिस पर्सनालिटीको उपाधिसमेत हात पारिन्। दुबैलाई गत बर्षकी फष्ट नगरअप प्रियासरी लामा र जमिना लिम्बुले ताज पहिरिदिएका थिए। उपाधिसँगै तीनै विजेताहरुले मिस नेपालको फाइनल चरणमा सिधै सहभागी हुन पाउने अवसरसमेत पाएका छन् भने स्थानीय डिपो मावि र एसियन कलेजमा छात्रवृत्ति पनि पाएका छन्।
बुढासुब्बा ट्र्रेनिङ सेन्टरले आयोजना प्रतियोगितामा मिस ट्यालेण्टको उपाधि निशा राईले पाइन् भने मिस ब्युटिफुल स्माइलको उपाधि अमिना पाख्निन, मिस फोटोजेनिकको उपाधि अस्मिता गजमेर, मिस फ्रेण्डसिपको उपाधि प्रियंका श्रेष्ठ, मिस भ्युअर च्वाइसको उपाधि रोजी बराइलीले पाइन् भने मिस ब्युटिफुल हेयरको उपाधि ज्योति श्रेष्ठले पाइन्। उनीहरुलाई कलर मोवाइल दिइएको थियो। आयोजक संस्थाका अध्यक्ष वीरेन्द्र लिम्बु, प्रमुख अतिथि एवं नेपाल पर्यटन बोर्डका निर्देशक सुवास निरौला, मुख्य निर्णायकमा हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपति, अन्य निर्णायकहरुमा शुक्रबार साप्ताहिकका सम्पादक किशोर नेपाल, नागरिक दैनिककी तारा चाम्लिंग, हेयर स्टाइलिष्ट निल डेभिड, मुनाज एड एजेन्सीकी निर्देशक मुना श्रेष्ठ, गायक निर्णय श्रेष्ठ, मिस नेपाल सदिक्षा श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा चर्चित गायक राजेश पायल राईले आफ्ना चर्चित ४ वटा गीत प्रस्तुत गरेका थिए। (Text: nagarik, Photos: clickdharan)
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :