काका मार्न भतिजा जिम्मेवार रहेको एमाले ठहर


एमाले पुर्व सभासद् जगदीशप्रसाद साहका अंगरक्षक प्रहरी जवान प्रवेज मेहताले चलाएको गोली लागी मृत्यु भएका शम्भुनाथ ७ का ५२ बर्षीय रामबहादुर चौधरीको मृत्युमा उनकै भतिजा जिम्मेवार रहेको एमाले छानविन टोलीले निष्कर्ष निकालेको छ ।
शम्भुनाथ गाविसमा गत असार ३२ गते राती भएको घटना सम्बन्धमा छानविन गर्न एमालेले बनाएको छानबिन समितले शम्भुको मृत्युमा भतिजा सरोेज चौधरी जिम्मेवार रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार काका भतिजा सहित आएकोे समूहले साहका अंगरक्षक प्रहरी जवान प्रवेज मेहतालाई आक्रमण गरी लडाउने प्रयास गर्दा पड्केको गोली लागि चौधरीको मृत्यु भएको उल्लेख छ ।
पंचेतीका लागि आग्रह गर्न आएकी स्थानीय महिला श्यामबती सरदारसँग गफ गरेको बिषयमा अंगरक्षक मेहतासँग सरोजले विवाद गरी काका रामबहादुर चौधरीलगायत समुहलाई बोलाएर साहको घरमा ल्याएको जनाइएको छ ।
प्रहरी जवान मेहतालाई चारैतिरबाट आक्रमण गरी लडाउने प्रयास गर्दा गोली पडकिएर रामबहादुर चौधरीको कोखामा लागेपछि झनै आक्रोशित बनेका उनिहरुले अंगरक्षक मेहतालाई मरणासन्न हुने गरी कुटपिट गर्दै दुई सय मिटर टाढा पोखरीको पूर्वी–दक्षिण किनारमा लगी फ्यालेको प्रतिवेदनमा उल्लेख छ ।
यता झगडा बढेपछि त्यहाँबाट भागेर आफ्नो पुरानो घरमा पुगेका पूर्व सांसद साहले प्रहरीलाई फोन गरी घटनाबारे खबर गरेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा घटनाको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरी टोलीले चौधरीको शव र बेहोस अवस्थामा फेला परेका प्रहरी जवान मेहतालाई राजविराज ल्याएको जनाएको छ ।
घटनापछि प्रहरी जवान मेहताको रिभल्वर फेला नपरेको र सरोज चौधरी फरार रहेको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । एमाले सप्तरीले अब्दुल मजिद साकिरको संयोजकत्वमा जिल्ला सदस्यहरु महेश चौधरी, कुलानन्द चौधरी, निरन्जन चौधरी र रामभजु यादव सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।मनोहर पोख्रेल/राजविराज, १४ साउन

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :