पुर्वाञ्चलमा बमको त्राहिमाम् (भिडियोसहित)
झोलामा पोको पारेर राखिएको अवस्थामा सुनसरीको इटहरी र धरानको राजस्व कार्यालयमा फेला परेको बम सेनाले निस्कृय पारेकोछ । खम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले बम राखेको जिम्मा लिएको छ ।
धरानस्थित आन्तरिक राजश्व कार्यलय र इटहरीस्थित राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाइ कार्यालय परिसरमा मा बम राखेको हो । दुवै स्थानमा राखिएका बम सेनाको बम डिस्फोजल टोलीले निस्कृय पारेको थियो । मोर्चाले उदयपुरको जिल्ला विकास कार्यालय र क्रसर उद्योगको ट्रिपरमा समेत बम राखेको मोर्चाको प्रवक्ता बताउने आकार सुब्बाले जनाएका हुन् ।
अब बन्ने संविधानमा आत्मनिर्णयको अधिकार सहितको खम्बुवान राष्ट्र राज्यको ग्यारेन्टी, जातिय ऐतिकासिकताको आधारमा संघिय राज्य कायम गरिनु पर्ने लगायतका माग राखि मोर्चा ले बम राखेको हो । मोर्चाले बम सगै धरानमा भेटिएको पर्चामा खम्बुवान क्षेत्रलाई किरात राज्य बनाउन खोजेको तथा वर्तमान सरकार तथा राजनितिक दलहरु म हावी एकात्मक सोच का कारण खम्बुवानको अस्तित्व संकटमा परेको भन्देै मोर्चा ले अस्तित्व रक्षाको लागी शसस्त्र संघर्ष सुर गरेको जनाएको छ । मोर्चाले आफ्नो प्रभाव पर्ने पूर्वाञ्चलका १२ जिल्ला बन्दको आह्वान समेत गरेको छ ।
मोर्चाका प्रवक्ता बताउने आकार सुब्बाले पूर्वन्युजसँगको टेलिफोन वार्तामा आफूले बम राखेको भन्दै जिम्मा लिएको अडियो र बम डिस्पोज गर्दै गरेको भिडियो हेर्नुहोस् एक साथ मात्र पूर्वन्युजमा।
प्रतिक्रिया दिनुहोस् >>