‘तटबन्ध जोखिममै छ ।’ – गृहसचीव
Posted by
purwanews
Published on
Thursday, June 30, 2011

बुधबार मात्र सुनसरी प्रशासनले प्रकाशपुर गाविसको राजावास क्षेत्रको पुर्वीतटको २५ देखि २६.४० बिचमा पर्ने चार स्परलाई संवेदनशील भन्दै जुनसुकै बेला भत्कन सक्ने चेतावनी दिएको थियो ।
पुर्वी पहाडी क्षेत्रमा परेको अविरल वर्षसँगै कोशीमा पानीको बहाव बढेको छ । कोशीमा आएको बाढीले सो क्षेत्रको स्परमा विगत केही दिन यतावाट कटान कार्य तिव्र बनाउँदै आएको थियो । कोशीको मुख्य भगालो नै पुवीै क्षेत्रको तटवन्धमा ठोकिएर प्रकाशपुर गाविसमा पर्ने २५ देखि २६.४० बिचमा पर्ने चार स्परमा कटान कार्य जारी राखेको ठाउँमा सरकारी टोलीले स्थलगत निरीक्षण गरेको हो ।
स्थलगत निरिक्षण टोलीमा गृह सचिव पौडेल सहित नेपाल प्रहरीका प्रमुख रविन्द्रप्रताप साह, सशस्त्र प्रहरीका प्रमुख सनतकुमार बस्नेत, क्षेत्रीय सुरक्षा प्रमुख, प्रशासन प्रमुख र विभिन्न विषयगत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
निरिक्षणका क्रममा गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुले प्रकाशपुर क्षेत्रको स्पर तथा बाँधमा उच्च जोखिम रहेको स्वीकार गरेका छन् । सो क्षेत्रको काम चाँडो भन्दा चाँडो सक्नुुपर्ने विचार उनीहरुको छ । कोशी क्षेत्रमा देखीएका मुलभुत समस्याहरु पुर्ण रुपमा अध्यान गरी सरकारलाई जानकारी गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मालाई निर्देशन समेत दिएका छन् ।
सरकारी टोलीको निरिक्षणमा सहभागी सिचाई विभागका पुर्वाञ्चल प्रमुख मानिकलाल श्रेष्ठले नेपाल सरकारले सोचे अनुरुप भारत सरकारले काम नगरेको पाइएको प्रतिक्रया दिए । उनले भारत सरकारका कोशी तटवन्धको जिम्मा पाएको भारतीय पक्षको आन्तिरीक बजेट निकासमा देखिएको समस्याका कारण हिउँदमा काम हुन नसक्दा यस्तो समस्या आएको बताए ।
असार महिनाको सुरुवात सगै कोशीमा पानीको घटवढ सगै भारत सरकारले मर्मत सम्हार गर्ने जिम्मा पाएको कोशी ब्यारेज पुल देखी उत्तरको ३२ किलोमिटर अन्तरगत नेपाली क्षेत्रमा कोशी नदीले कटान कार्य गदै आएको छ ।
भ्रमण टोलीले कटान भइरहेको कोशीको पुर्वी तटवन्ध राजावार, पुल्ठेगैडालगायतको क्षेत्रको निरीक्षण गरेका छन् । उक्त क्षेत्रलाई स्थानीय प्रशासनले बुधबार संवेदनशील घोषणा गरेको थियो ।
यसैबीच, आज साँझ ६ बजे गरिएको पछिल्लो मापन अनुसार कोसी नदीमा पानीको बहाब प्रतिसेकेण्ड १ लाख २९ हजार ८ सय ६० क्यूसेक पुगेको छ । कोसी ब्यारेजका १५ वटा ढोका खोलिएको छ । असार १६
प्रतिक्रिया दिनुहोस् >>