पाइलट च्यानलको संरचना परिवर्तन हुने
Posted by
purwanews
Published on
Tuesday, May 10, 2011
स्थानीय वासिहरुको विरोधपछि कोशीमा भारतले बनाउन लागेको पाइलट च्यानलको संरचनामा संशोधन गर्ने भएको छ ।
सप्तरी जिल्लाको भारदह क्षेत्रबाट कोशीको बहावलाई पश्चिमतर्फ फर्काउने योजनामा शंशोधन गर्दै भारतले एक किलोमिटर पुर्वबाटै पाइलट च्यानल बनाउने भएपछि स्थानियले समेत आन्दोलन रोकेका छन् ।
प्रारम्भमा भारतले कोशी ब्यारेजको ४२ नं. ढोका देखि ५६ नंं ढोकाको पानी खोलेर पश्चिम तिर लान पाइलट च्यानल बनाउन भारतले तयारी थालेपछि डुबानमा पर्ने डरले गोबरगाडालगायत ७ गाविसले विरोध गर्दै आएका थिए ।
आन्दोलित स्थानिय र भारतीय प्रशासनबिच भएको सहमतीमा ब्यारेजको २० नं. देखि ४२ नं. ढोका खोलेर कोशी बगेकै ठाउँबाट पाइलट च्यानल बनाउने सहमती भएको सर्घष समितिका संयोजक ज्याति झाले बताए ।
भारतीय १० करोडको लगानीमा निर्माण हुन लागेको सो पाइलट च्यानल निर्माण सँगै स्थानीय वासिन्दाको माग अनुरुप भारतले करिव १४ कि.मि लामो रिगं बाध समेत निर्माण गरिदिने भएपछि हाललाई सघर्षको कार्यक्रम स्थगित गरिएको तर सहमति कार्यन्वयन नभए फेरि आफुहरु आन्दोलित हुने झाले बताए । कोशी फुटे पछि कोशीले भारतमा पुरयाएको क्षति रोक्न भारतले नेपाली पक्षसंग कुनै सल्लाह र अनुमति नै नलिइ कोशीको बहावलाई पश्चिमतर्फ फर्काउने परियोजना सुरु गरेको थियो । पाइलट च्यानलको निर्माण कार्यले सप्तरी जिल्लाका भारदह, जोगनिया १, जोगनिया २, हनुमाननगर, रामपुरा, मालहनिया, गोवरगडा लगायतका १२ गाविसहरु पूर्ण रुपमा डुवानमा पर्ने खतरा बढेको थियो ।
आफ्नो वहावको दिशा परिवर्तन गर्ने कोशी नदी २८० वर्षमा १४४ किलोमिटर पश्चिम तर्फ सरिसकेको विज्ञहरुले जानकारी दिएका छन् । कोशी नदिको बहावमा गरिएको अवरोधबाट समय समयमा ठूलो विपत्तीको सामना स्थानियले गर्ने गरेका छन् ।
इटहरी २६ बैशाख
प्रतिक्रिया दिनुहोस् >>