मूर्खताको अभिलेख
Posted by
purwanews
Published on
Sunday, May 29, 2011
“बस न !” उसले अनुरोध गरी । म बसेँ । ऊ एकछिन है भन्दै त्यहाँबाट हिडि । म यता उता हेर्न लागे । उसको त्यो कोठा आरामदायी लाग्थ्यो । नजिकै डायरी फेला पारेँ । हेरुँ कि नहेरुँ अफ्ठ्यारो लाग्यो । ढोकातिर चियाउँदै कसैले नदेख्ने गरी डायरी पल्टाउन थालेँ । पछिल्ला पेजहरुमा मेरो आँखा मेरो नाममा पुग्यो । ढोकातिर चियाएर मैले पेजभरी आँखा डुलाएँ । पेजमा लेखिएका अक्षरहरु चित्र बनी मेरा आँखामा नाच्न थाले ।
***
लामो समयसम्म गफ गरीसकेपछि ऊ अब जानुपर्छ भन्दै उठी । धेरै समय वितिसकेको र मलाई पनि कुनै काम गर्नुपरेकोले उसको प्रस्तावमा वार्गेनिङ गर्दै रोकिराख्नु उचित लागेन । तर पनि औपचारिकताको लागि सोधेँ–“यति चाँडै जाने र ?”
उसले कुनै प्रतिकृया नदिइ हाँस्दै आफ्ना छाता र ब्याग सम्हाल्न थाली ।
“कहिले आउँछँौ त ?” जाने निश्चित भएपछि मैले सोधेँ ।
“२–३ दिन पछि ।” उसले हाँस्दै भनी ।
“त्यत्रो दिन कुर्ने र भन्या ।” मैले भनेँ ।
“त्यसो भए आज कुन बार ?” उसले सोधी ।
“आइतबार ।” मैले भनेँ ।
“त्यसो भए सोमबार भेटौन त ।” उसले भनी
उसले त्यसो भनेकोमा मैले स्वीकृती जनाएँ ।
ढोकाबाट निस्कनै लाग्दा उसले भनी “सोमबार है ।”
मैले टाउको हल्लाएँ ।
ऊ बाहिर निस्की ।
मैले झट्ट सम्झेँ झ्यालबाट उसलाई बोलाएँ । उसले फर्केर हेरी ।
“भोली त तिमी मामाघर जाने भाथ्यौ हैन र ?” मैले भनेँ ।
उसले कुम हल्लाउँदै भनी–“त्यही भएर त सोमबार भनेको त ।” फर्केर जान लागी
म अलमलमा परेँ ।
मैले उसलाइ बोलाउनै लागेको थिएँ, उसले फर्केर हेर्दै भनी– “सोमबार भनेको भोली मात्र हो र, बुद्धु ।”
अब पो म झस्केँ । उसले त एक हप्ता पछिको सोमबारको कुरा पो गरेकी रहिछ । कुरा बुझिसकेपछि केही भन्नुअघि नै उसले गेट पार गरिसकेकी रहिछ । मैले आफ्नो अबुझपनलाई धिक्कारे । थुक्क म ।
***
“हा..हा..हा..”
डायरी पढेर आफ्नो मुर्खताको अभिलेख बनेकोमा म हाँसे । तत्कालै ऊ आउन लागेको चाल पाएर मैले त्यो डायरी जस्ताको तस्तै राखेँ ।
एसले एउटा रिकापीमा दुई कप चिया लिएर टेबलमा राखी दिई । मैले एउटा टिपेर चुस्कि लिएँ ।
“अब भन । तिमीलाई कस्तो लाग्यो ?” उसले सोधी ।
म हड्बडाएँ । कतै उसले मैले उसको डायरी लुकीलुकी पढेको थाहा त पाइन ? “अँ....अँ...” म अल्मलिएँ ।
“मेरो घर कस्तो लाग्यो भनेको ।” उसले भनी । मलाई सास आएजस्तो भयो ।
“राम्रो । मलाई लाग्यो मसँग पनि एउटा यस्तै घर भए कति राम्रो हुने थियो । त्यही भएर तिमीसँग तिम्रो घर माग्ने पो विचार गरेँ मैले त ।”
“हा..हा..हा.. घर पनि मागेर पाइने कुरा हो र केटी जस्तो ।” उसले भनी । उसको कुरामा कुनै शंका थिएन । तर आफ्नो कुरा माथि पार्न मैले भने– “माग्यो भने ज्यान त पाइन्छ, जाबो घर ।”
उसले ठूला ठूला आँखा पार्दै सोधी– “अहो, तपाईलाई कसले ज्यान दिन्छ ?
मैले भने– “त्यो त किन खोली रहनु र ?”
उसले केही भन्न खोज्दै थिई फोन किर्र्र बज्यो । ऊ एकछिन है भन्दै उठेर गई ।
ऊ गएपछि मेरो आँखा त्यही डायरीमा पुग्यो । सुस्तरी लिएर पल्टाउन थालेँ ।
***
“कहाँ पुगेर आएको ?” मैले ऊ घर पुग्ने बित्तिकै फोन गरेर सोधेको थिएँ ।
“अँ....” एकछिन सोचेजस्तो गर्दै उसले भनेकी थिई– “जु पुगेर आँको ।”
मेरो ठट्टामा उसले ठट्टैबाट जवाफ दिएकी थिई ।
“के–के हेरयौ त ?” मैले अझ जिस्कदै सोधेको थिएँ ।
“सबै जनावर विदामा रहेछन् । तिमीलाई मात्र रुखमा चढ्दै गरेको देखेको थिएँ ।”
***
हा..हा..हा... मलाई अझ हाँसो उठ्यो ।
म आफ्नै मुर्खताका कथा पढेर हाँस्दै छु । उसको आगमन अगाडी नै मैले फेरी डायरी थन्काएँ ।
जाने बेलामा मैले विदा मागेँ । मलाई लागेको थियो– आज भने उसलाई झुक्याएँ, उसको डायरी लुकी लुकी पढेर मैले आफ्नो चलाखी प्रयोग गरेँ । अब घर जाने बित्तिकै मेरो त्यो बहादुरीको फोन गरेर उसै सामु बखान गर्नेछु । मैले सोचिरहेको थिएँ । त्यसपछि ऊ छक्क पर्नेछे ।
तर म ढोकाबाट निस्कनै लाग्दा उसले पर्खन लगाएर भनी– “तिमीलाई कथा धेरै मन पर्छ भन्ने थाहा पाएर मैले कथा लेख्न थालेको छु । भर्खर दुईवटा भए । जुन तिमीले पनि पढिसक्यौ । अब आज फेरी अर्को कथा लेख्दैछु म तिमीलाई त्यो चाहिँ मेल गरेर पठाइदिन्छु । ल ?”
उसको कुराले म झण्डै मुर्छा परेँ । अप्रत्यासितको त्यो पोल खोलाईबाट लाज लाग्ने भयले म टाप कसेँ ।

प्रतिक्रिया दिनुहोस् >>