सेनाका सुराकी आतंककारी गतिविधिमा


पुर्वी नेपालमा रहेका विभिन्न शसस्त्र समुहसँग मिलेर हतियार बेचबिखनको काम गरेको आरोपमा नेपाली सेनाको पुर्वी पृतना इटहरीमा कार्यरत सेनाका एक जवानलाई नेपाली सेनाले पक्राउ गरी कारवाही थालेको खुलासा भएको छ ।
लामो समयदेखि नेपाली सेनाकालागि सुचना संकलन गर्दे आएका इटहरीका राजेश डाँगीलाई सेनाले पक्राउ गरि सैनिक ऐन अन्तरगत कारवाही अगाडी बढाएको हो । यद्यपी सेनाले भने उनलाई सैनिक आचरण विपरीतका काम गरेको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ । सेना प्रवक्ता रवीन्द्र क्षेत्रीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए पनि उनीमाथिका अभियोग र कारवाहीको प्रक्रियाबारे केही खुलाएनन् ।
भुमीगत संगठनहरुसँग मिलेर हतियार तस्करी गर्ने र चन्दा आतंक फैलाउने काममा डाँगी सक्रिय रहेको स्रोतको दावी छ । उनकै योजनामा सुनसरीको इटहरीस्थित यातायात कार्यालय र मोरङको बेलबारी स्थित मालपोत कार्यालयमा बम समेत विष्फोट गरिएको स्रोतले जनाएको छ । बम बिस्फोट भएको स्थानमा खम्बुवान राष्ट्रिय मोर्चा संयुक्तको पर्चा फेला परेको थियो । डाँगीले विभिन्न संगठनको नाममा चन्दा आतंक मच्चाएको समेत स्रोतले जनाएको छ ।
यस्तै डाँगीले पुर्वमा शसस्त्र संघर्ष गर्दे आएका लिम्वुवान, खम्वुवान र बिभिन्न आपराधिक क्रियाकलाप गर्दे आएका समुहहरुलाइ पनि हतियार बेच्ने गरेको श्रोतको दावी छ । सेनाका उच्च श्रोतका अनुसार हतियारको कारोबार गर्दे आएका सुनसरी रामगञ्ज बेलगक्षिया घर भइ भारतमा बस्दै आएका ज्वाला नामक व्यक्तीसँग हतियार किनवेच गराउन डाँगीले सहयोग गर्ने गरेका थिए ।
तत्कालीन पुर्व क्षेत्रीय प्रहरी कार्यलयका प्रमुख भिष्म प्रसाइसँग मिलेर उनले काम गर्ने गरेको प्रहरी श्रोतको दावी छ । प्रसाइको नजिकको नाता पर्ने भएकाले उनको बारेमा धेरै कुरा थाहा पाएर डाँगीलाइ पक्राउ गर्न प्रहरी सफल नभएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार डाँगीले हतियार बेची दिएवापत हतियार आपुर्तीकर्ताबाट मोटो कमिसन पाउने गरेका थिए । प्रहरी श्रोतका अनुसार आफैले बेचाएकोे हतियार पक्राउ गरि प्रहरीबाट समेत उनले कमिसन बुझ्ने गरेका थिए । माओवादीको शसस्त्र द्धन्दकालदेखि नै नेपाली सेनाका लागि काम गर्दे आएका डाँगी पछिल्लो समय पुर्वी पहाडी जिल्लामा शसस्त्र संघर्ष गर्दे आएका समुहको बारेमा सेनालाई सुचना दिने काममा खटिएका थिए । तर सेनाका सुचना माओवादी र माओवादीको सुचना सेनालाई दिएर दुवैको विश्वासपात्र बनेका थिए ।
डाँगीले विभिन्न शसस्त्र समुहको नाममा समेत चन्दा आतंक मच्चाउने गरेको प्रहरीका दावी छ । डाँगीले खोटांग घर भइ काठमाडौमा बसेर कानुन व्यवसाय गर्दे आएका अधिवक्ता उमेश राइसँग समेत चन्दा माग गरेको रहस्य खुलेको छ । डाँगीले राईलाई ९८१६३०४३८३ नम्बरको मोवाइलबाट ५ लाख रुपैयाँ चन्दा माग गरेका थिए । उनले कहिले खम्वुवान र कहिले लिम्वुवानको नाममा समेत पुर्वका व्यपारीसँग चन्दा माग गर्ने गरेका व्यपारीहरुले बताएका छन् ।
उनले चन्दा माग गर्नका लागि बिभिन्न व्यक्तीलाइ खटाउन गरेको समेत प्रहरीको दावी छ । यसैबिच पुर्वी पृतना मुख्यालयका पृतनापति नरेन्द्र रावलले डाँगी पक्राउ परेको पुष्टि गरेका छन् । उनले डाँगीलाई किन पक्राउ गरिएको बारेमा भने केही बताएनन् । उनले डाँगीलाई पक्राउ गरि सैनिक ऐन अन्तरगत कारवाही भइरहको र आन्तरिक कारवाही भएको हुँदा सबै कुरा खोल्न नमिल्ने जनाएको छ । ‘पक्राउ परेर कारवाहीको प्रक्रिया अघि बढीसकेको चाहिँ हो ।’ उनले भने, ‘तर सेनाको आफ्नो नियम कानुन छ, यसबारेमा कसैलाई पनि बताउन मिल्दैन ।’ सैनिक अदालतले फैसला गरेपछि मात्र सबैकुरा बताउने रावलले जानकारी दिए ।
इटहरी, जेठ ६

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :