सावधान सामाजिक नेटवर्कले कंगाल बनाउला
Posted by
purwanews
Published on
Monday, May 16, 2011

पछिल्लो समयमा फेसवुक ट्वीटर जस्ता समाजिक नेटवर्क निकै चर्चित भएका छन् । यी नेटवर्कहरु प्रयोग गर्न पाएनन् भने धेरै मानिस पागल सम्म हुन सक्छन् । फेसवुक र ट्वीटर अहिले आम मानिसको नशा नै बनेको छ । तर यसबाट आफू सचेत हुन सकिएन भने क्षणभरमै कंगाल बन्न सकिन्छ ।
इन्टरनेटमा पहुँच भएको जो कोही पनि फेसवुक वा ट्वीटर प्रयोग नगर्ने व्यक्ति सायदै कोही होला । दशौ वर्ष पूरानो साथीलाई खोज्नु पर्यो वा नयाँ साथी बनाउनु पर्यो भने फेसवुक खोले हुन्छ । खोजेको व्यक्तिलाई क्षणभरमै सम्पर्क गराई दिन्छ फेसबुकले । फेसबुक, ट्वीटर जस्ता सामाजिक नेटवर्कलाई अहिले आम मानिस देखि उच्च तहका व्यक्तिहरुले आफ्नो मनका कुरा साट्ने देखि बहस चलाउने सम्म प्रयोग गरिरहेका छन् । फेसबुक र ट्वीटरको विषयमा धेरै व्याख्या गरिरहँदा तपाईहरुको नै अपमान गरेको हुन सक्छ, त्यसैले हामीले उठाउन खोजेको विषय भनेको सामाजिक नेटवर्कलाई असावधानी पूर्वक प्रयोग गर्दा हुने वेफाइदा हो ।

त्यसैले फेसबुक, ट्वीटर जस्ता वेवसाइटमा प्रोफाइल अपडेट गर्दा सचेत बनौ । संवेदनशील सूचना सबैले देख्नेगरी पोष्ट गर्नु बुद्धिमानी नहुन सक्छ । यस्ता वेवसाइटमा आउने एप्लिकेशनले किन तपाईको अथवा तपाईका साथीहरुका बारेमा सूचना मागेको होला भनेर एक पटक अवश्य सोच्नु पर्दछ । विश्वास गर्ने आधार नभए सम्म कुनै पनि एप्लिकेशन वा अनुरोधलाई स्वीकार नगर्नुहोस् । (Vishwanews)
प्रतिक्रिया दिनुहोस् >>