जापानमा महाभूकम्प : संसार त्रस्त

सन् 2012 भन्ने फिल्म हेरेको थिएँ । सो फिल्ममा सन् 2012 मा विश्वमै भयंकर विनाश हुने पुर्वानुमान गरिएको थियो । जापानमा भएको ध्वंशले त्यही फिल्म कतै वास्तविकतामा परिणत हुने त होइन भन्ने शंका उब्जायो । आखिरमा टाइटानिक जहाज दुर्घटनाको इतिहास पनि हामीसँग छ ।
जापानको मियागी क्षेत्रमा शुक्रबार आएको सुनामीका कारण यतिखेर विश्व त्रस्त बनेको छ । अपराह्न ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएपछि उत्तरपूर्वी प्यासिफिक क्षेत्रमा सुनामी आएको थियो । भूकम्प पछिल्लो सात वर्षकै सबैभन्दा ठूलो भएको जानकारहरुले बê0;ाएका छन् । सुनामीमा परेर शनिबार विहानसम्ममा चार सय जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको ऐजेन्सीहरुले जनाएका छन् ।
जापानसँगै फिलिपिन्स, रुस, इण्डोनेसियामा पनि सुनामीको चेतावनी दिइएको छ । चीनको बेइजिङलगायत्का क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । सुनामी आउन सक्ने भन्दै रुस, ताइवान, इन्डोनेसिया, न्युजिल्यान्ड, हवाई, दक्षिणी तथा मध्यअमेरिकी देश चिली, होन्डुरस, एल साल्भाडोर, निकारागुआ, पनामा, पेरु, कोलम्बियामा समेत चेतावनी दिइएको छ ।
महाभूकम्पका कारण आएको सुनामी (विनाशक समुद्री छाल) ले उत्तरी जापानको सेन्दाइ सहरका सिङ्गै नगरहरु बगाएको छ । जापानका अन्य प्रान्तहरुमा पनि भूकम्पका कारण क्षति भएका छन् । भूकम्पपछि मियागीको तटीय क्षेत्रमा करिब सात मिटर अग्लो सुनामी आएको छ । जापानको एनएचके टेलिभिजनले घरहरु बगाइरहेको र मियागी क्षेत्रका घरका बासिन्दाले सेतो कपडा देखाउँदै उद्धारका लागि आह्वान गरिरहेको दृश्य देखाएको थियो ।
विभिन्न स्थानमा आगलागी भएको छ, घरहरु बगाएको छ । अहिले टोक्योमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्प गएका ठाउँहरुका मानिसहरु सुरक्षाको लागि घरबाहिर खाली ठाउँमा बसिरहेका छन् । रेल स्टेशन र खुला ठाउँमा मान्छेहरुको भीड लागेको छ । सुनामीको कारण चिसो हावा चलेकोले अहिले जाडो बढेको छ । बीच–बीचमा भूकम्पका स–साना धक्का आइरहेकाले फेरि ठूलो भूकम्प जाने आशंकाले सबैजना त्रसित बनेका छन् ।
लाखौं घर बगाएको तथा हजारौं मानिस बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । जापानमा रहेका नेपालीहरु कति प्रभावित भए भन्ने यकिन जानकारी आउन सकेको छैन । रेल, विमानस्थल, सञ्चार उपकरण अवरुद्ध भएका छन् । विभिन्न स्थानमा ल्याण्डलाइन र मोबाइलसमेत अवरुद्ध भएको छ । शुक्रबार अपराह्न २ बजेर ४६ मिनेटको समयमा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।
फुकुसिमा क्षेत्र पूरै तहसनहस भएको देखाइएको छ । जापानका पाँचवटै परमाणु प्रशोधन केन्द्र बन्द गरिएका छन् । सरकारले ग्याँस स्टेशन बन्द गरेको छ भने मानिसहरुलाई सुरक्षित स्थानतर्पm लैजाने प्रयास थालिएको छ ।
यसैबीच जापानका प्रधानमन्त्रीले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । प्रधानमन्त्री नायाटो कानले क्षति न्यूनीकरण र उद्धारमा सरकार लागेको भन्दै एक–अर्कालाई सहयोग गर्न आह्वान गरेका छन् । उनले फेरि सुनामी आउनसक्ने भन्दै सजग रहन नागरिकहरुलाई आग्रह गरेका छन् । सुनामी प्रभावित क्षेत्रमा उद्दार तथा राहतको काम सुरु भइसकेको जनाइएको छ ।
सामान्यतया ६ रेक्टर स्केलको भूकम्पलाई विनाशक मानिन्छ । जापानी टेलिभिजन एनएचकेका दृश्यहरुमा अग्ला घरहरु र तेल प्रशोधन केन्द्रमा आगो लाग्दै गरेको, मानिसहरु भाग्दै गरेको र ज्वालामुखीबाट निस्कने लाभाजस्तो समुद्री छालले नगर पूरै बगाएर विध्वंस गरिरहेको देखिएको छ ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी टोक्योबाट ३ सय ७३ किलोमिटर टाढा थियो तर त्यहाँ पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पका कारण टोक्यो र वरपरका ४० लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी आएको छ । प्रशान्त महासागर छोएका ताइवान, फिलिपिन्सलगायत् विभिन्न देशका समुद्री किनारमा सुनामी पुगेको छ ।
Reference : www.blast.com.np and agencies 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :