जीवित सभासदको श्राद्ध गर्ने पक्राउ
Posted by
purwanews
Published on
Sunday, March 20, 2011
पोखरा/चैत ६- समयमा संविधान लेख्न नसकेको भन्दै व्यङ्गात्मक शैलीमा ६ सय १ जना सभासद्को मासिक श्राद्ध गर्दै हिँडेका बर्दिया, गुलरियाका राकेशकुमार शर्मा पक्राउ परेका छन्। पोखराको पृथ्वीचोकमा आइतबार १० महिने मासिक गर्ने क्रममा प्रहरीले उनलाई समातेको हो।
समयमा संविधान लेख्न नसकेर १ वर्ष म्याद थपेर संविधानसभालाई भत्ता खाने थलोको रुपमा उपयोग गरेको भन्दै ज्युँदा सभासद्को मृतआत्माको मासिक गरेको शर्माले बताए। धार्मिक विधिअनुसार मासिक गर्दै हिँडेका उनले ब्राह्मणसमेत डाकेर पूजा गर्ने गर्छन्।
पोखराको पृथ्वीचोकमा मासिक गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेपछि पूजाका लागि आएका पण्डित श्राद्ध नगराई फर्किएका थिए। 'मैले पूजा सुरु गरेको १० मिनेटमात्र भएको थियो, प्रहरी आएर समायो' पूजा सामग्रीसहितको थैलो देखाउँदै उनले भने- पृथ्वीचोकमा अप्ठेरो पर्ने भए अन्यत्र खुला ठाउँमा गर्छुभन्दा पनि दिएनन्। मासिक गर्नुअघि दाह्री कपाल खौरेनेदेखि सबै विधि पूरा गर्ने गरेको उनले बताए।
सभासदहरु जीवित हुँदै संविधानसभा र संविधानको अर्थ, परिभाषा बुझ्न नसके र म्याद थपेकाले मृतसरह भन्दै मासिक गरेको उनले बताए। 'थपिएको समयमा पनि संविधान लेख्ने छाँटकाँट छैन। ६ सय १ जना सभासद् भूत-प्रेत हुन, भत्ता खानको लागिमात्र बसेका छन्', उनले भने- त्यसैले जीवित व्यक्तिको मासिक श्राद्ध गर्दै हिँडेको हुँ।
-nagariknews
(शर्माले वास्तवमा सभासद्को रुाद्ध गरेका हुन् । नेताहरुको होइन । संविधान बनाउनकै लागि चुनिएका सभासद्हरुले संविधान नै नबनाएपछि त्यस्ता सभासद्हरुलाई मानेर के काम ? शर्माको कदम ठिक छ । तपाइलाई कस्तो लाग्छ ?)

प्रतिक्रिया दिनुहोस् >>