आधुनिक युगको डिजिटल साथी, फेसबुक
Posted by
purwanews
Published on
Thursday, October 21, 2010

बाँस्तोला झै विनोद ढकाललाई पनि फेसबुकको नशा छ । इन्टरनेट चलाएको बेलामा उनले नखोली नहुने साइट हो फेसबुक डटकम । साथीहरुको कमेन्ट हेर्न अनि स्टाटस अपडेट गर्न आनन्द आउने उनको प्रतिक्रिया छ । लोडसेडिङले गर्दा फेसबुक चलाउन नपाएपनि विद्युत् आएको समय कुरेरै भएपनि फेसबुक चलाउने गरेको उनी बताउँछन् ।
इटहरीका अर्का पत्रकार शेखर ढकालको फेसबुक चलाउनुको उद्देश्य अर्कै छ । उनी फेसबुक मार्फत् आफ्नो गजलको ब्लगको प्रचार गर्छन् । ब्लगमा अपडेट गर्ने बित्तिकै त्यसको लिंकलाई स्टाटसको रुपमा आफ्नो पेजमा राख्छन् ।
ढकाल मात्र होइन, इटहरीका पत्रकार राजेश बुढाथोकीले समेत आफ्नो ब्लगको प्रचारको एउटा माध्यम फेसबुकलाई बनाएका छन् । उनीहरुलगायत नेपाल जापान डटकम, नागरिक दैनिक, अनलाइन खबर, विक्ली पोष्ट लगायतका वेवसाइटका पत्रकारहरु निर्धक्कका साथ फेसबुकमार्फत् प्रचार गरिरहेका भेटिन्छन् ।
इटहरीका पत्रकारहरु भेला भएका बेलामा फेसबुकको स्टाटस, त्यसमा गरेको कमेन्टको चर्चा नगरी बस्न सक्दैनन् । पत्रकारहरुको अभिन्न अंग भएको छ फेसबुक । आधुनिक युगको डिजिटल साथी बन्न सफल भएको छ फेसबुक ।
यस्तै यता विराटनगरका कृष्ण वस्तीले फेसबुकमा आफ्ना विद्यार्थीहरुसँगको एउटा छुट्टै सर्कल बनाएका छन् । उनले नयाँ तथा पुराना सबै विद्यार्थीहरुलाई साथी बनाएका छन् । फेसबुकमा उनले अपडेट गर्ने हरेक स्टाटसमा उनका कुनै न कुनै विद्यार्थीेले कमेन्ट गरिरहेको भेटिन्छन् ।
फेसबुकले आफ्ना प्रयोगकर्ताहरु मात्र बढाएको छैन, अन्य वेव साइटका प्रयोगकर्ताहरुलाई पनि तानेको छ । एकताका याहु मेसेन्जरमा रमाउने शम्भू आचार्य आज फेसबुकको लति बनीसकेका छन् । फेसबुकमा आफ्ना फोटोहरु अपलोड गरेर काठमाडौमा रहेका शम्भुले सुनसरीको बक्लौरीमा रहेका आफ्ना आमाबुवालाई फेसबुकमार्फत् देखाउन सक्ने भएका छन् भने साथीलाई म्यासेज पठाउन अब याहु वा हटमेल खोलिरहनुपर्ने बाध्यता अब उनलाई छैन । उनकै साथी विप्लव ढकालले अर्को सामाजिक सञ्जाल हाइफाइभको आफ्नो एकाउण्ट डिलिट गरीसकेका छन् । उनी भन्छन्, ‘अब फेसबुक नै चलाउने किनकी यसमै मजा छ ।’
वास्तवमै फेसबुक आजका इन्टरनेट प्रयोगकर्ताहरुको लागि अभिन्न साथी बनिसकेको छ । घरमा, कार्यालयमा, साइबरमा जहाँ बसेपनि फेसबुक एकाउण्ट खोलेर अपडेट गर्ने, साथीहरुको स्टाटसमा कमेन्ट गर्नेहरु बढीरहेका छन् । मोबाइलबाट पनि फेसबुक चलाउन सकिन्छ । कुनै यात्रामा निस्कँदा बिच बाटोमै फेसबुक खोलेर स्टाटस अपडेट गर्न सकिन्छ ।
फेसबुकका प्रयोगहरु अनगिन्ती छन् । प्रयोगकर्ताहरुको चाहनालाई ध्यानमा राख्दै फेसबुकले आफ्नो साइटमा विभिन्न सुविधाहरु थप्दै गएको छ । फेसबुकमा साथीहरुलाई म्यासेज तथा फोटो पठाउन सकिन्छ । यस्ता म्यासेजहरु सबैले देख्ने गरी स्टाटसको रुपमा तथा आफूले जसलाई पठाइएको हो, उसैले मात्र थाहा पाउने गरी कम्पोज गरेर पठाउन सकिन्छ । त्यस्तै फेसबुकमै च्याट समेत गर्न सकिन्छ । त्यसका अतिरिक्त स्टाटस म्यासेजको माध्यमबाट आफ्ना उत्पादन, विचार र सेवाहरुको प्रचार गर्न र अरुको विचार समेत थाहा पाउन सकिन्छ ।
त्यती मात्र होइन, फेसबुकमा आफ्ना विचारहरु राख्नको लागि नोटहरुको पनि व्यवस्था छ । आफ्ना विचारहरु, कविता, लेख आदिको नोट बनाएर फेसबुकमा राख्न सकिन्छ । यस्ता नोटहरु सबैको लागि समेत प्रकाशित गर्न सकिन्छ । जसबाट जो कोहीले आफ्नो प्रतिभा र विचारको प्रदर्शन गर्न सक्छ ।
फेसबुकले विभिन्न रमाइला गेमहरु समेत आफ्ना प्रयोगकर्ताहरुको लागि उपलब्ध गराएको छ । आफ्नो दिन कति प्रतिशत रमाइलो छ, आफूलाई सबैभन्दा माया गर्ने मानिस को हो, आफू कति भाग्यमानी जस्ता विषयका खेलहरु साइटमा खेल्न सकिन्छ । यस्तो गेमहरुमा भुल्नेको संख्या पनि ठूलै छ ।
फेसबुकले दिएका यस्ता सुविधाहरुको कारण नै फेसबुक मानिसहरुको प्रिय वेवसाइट बनेको छ । सामान्य विद्यार्थीहरुदेखि नेता, मन्त्रि, विज्ञ, विशेषज्ञ, कलाकार, साहित्यकारहरुले समेत फेसबुकमा आफ्नो एकाउण्ट बनाएका छन् । जस मार्फत् उनीहरु आफ्ना साथीभाईहरु लगायत अन्य मानिसहरुसँग सम्बन्ध बढाउन तथा मित्रता कायम राख्न सफल भएका छन् ।
नेपालमा मात्र होइन, विश्वमै फेसबुकका प्रयोगकर्ताहरु बढीरहेका छन् । इन्टरनेट चलाउनेहरुको लागि फेसबुक अनिवार्य साइट बनेको छ । पहिले याहु एड्रेस माग्ने मानिसहरु अहिले फेसबुकमा एकाउण्ट भए नभएको सोध्छन् । यसबाट पनि फेसबुकको लोकप्रियताको अनुमान गर्न सकिन्छ ।
फेसबुकका प्रयोगकर्ताहरु अहिले विश्वमा ३० करोड पुगिसकेका छन् । ६ वर्षअघि अमेरिकाको क्यालिफोर्नियास्थित हार्वर्ड विश्वविध्यालयका छात्र मार्क जुकेरवर्गंले ख्यालख्यालमा बनाएको फेसबुक अहिले विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल बन्न सफल भएको छ । फेसबुकको प्रयोग यसरी बढिरहेको छ कि यसले गर्दा याहु र गुगलजस्ता विश्वका ठूला कम्पनिहरुलाई समेत आच्छु आच्छु बनाइरहको छ ।
फेसबुकको लोकप्रियताको कारण विश्वका धेरै मानिसले चलाउने याहुले पनि फेसबुकलाई आफ्नो पेजमा राख्ने भएको छ । जसबाट याहुबाटै मानिसले फेसबुकको विभिन्न सुविधा लिन सक्ने छन् । यसरी विश्वको इन्टरनेट रुची र फेसबुकको लोकप्रियतालाई हेरेर के अनुमान लगाउन सकिन्छ भने अबको केही वर्षपछि नै फेसबुक हरेक मानिसको लागि अनिवार्य हुनेछ ।
प्रयोगकर्ता र पैसा कमाउँदै

आफ्ना तीस करोडभन्दा बढी प्रयोगकर्ताहरुसँगै फेसबुकले आफू पहिलो पटक नाफामा गएको तथ्य गत सेप्टेम्बरमा सार्वजनिक गरेको थियो । हाल संसारमा ४० करोड भन्दा बढी मानिसले फेसबुक चलाउने गरेको फेसबुकको दावी छ ।
एक विद्यार्थीको सामान्य प्रयोगमा बनेको फेसबुक मानिसहरुले प्रयोग गर्न थालेपछि फेसबुकको व्यवस्थापनका लागि यसलाई व्यवस्थित गर्न थालियो । सो सँगै कार्यालय निर्माण तथा कर्मचारीहरु राख्न थालियो । हाल फेसबुकका एक हजार भन्दा बढीको संख्यामा त कर्मचारीहरु मात्र छन् ।
वेबसाइट शुरु गर्दाको समयमा १५ करोड प्रयोगकर्ताहरु थिए । यसलाई हेरेर कम्पनिले २०१० सम्ममा नाफामा जाने अनुमान लगाएकोमा त्यसको एक वर्ष अघि नै फेसबुकले नाफा आर्जन गर्न थालेको बताएको छ ।
तथ्याङ्कअनुसार भारतमा नेटवर्किंगको लागि एक करोड २० लाख मानिस फेसबुकको प्रयोग गर्छन् । यता भारतमा लोकप्रिय अर्को सामाजिक सञ्जाल अर्कुटको प्रयोग गर्नेहरुको संख्या भने एक करोड ७० लाख छ । तर यिनको संख्यामा पछिल्लो दिमा तीव्र गतीमा कमि आइरहको छ भने फेसबुक चलाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।
फेसबुकले आफ्ना प्रयोगकर्ता तथा व्यापार बढाउन भारतको हैदरावादमा पछिल्लो समयमा आफ्नो सम्पर्क कार्यालय खोल्ने तयारी गरेको छ । करिब एक महिना अघि मात्र फेसबुकले हैदराबादमा आफ्नो सम्पर्क कार्यालय खोल्ने जनाएको हो । सो स्थानमा बसेर फेसबुकले भारतमा व्यापार वृद्धि गर्ने लक्ष्य राखेको छ । हाल भारतमा फेसबुकका ८० लाख सक्रिय प्रयोगकर्ताहरु रहेको दावी गरिएको छ ।
फेसबुकको वार्षिक नाफा आश्चर्यजनक गतिमा बढीरहेको बताइएको छ । सन् २००९ को लागि वार्षिक ५५ करोड डलर नाफा हुने फेसबुकले अनुमान गरेकोमा सो वर्ष एक अरब डलर नाफा कमाउन सफल भएको थियो ।
कोही हराएको छ ? अब फेसबुकले खोज्छ ।
फेसबुकमार्फत् नौ वर्षको खोजीपछि अमेरिकाकी एक युवतीले आफ्ना हराएका पितालाई भेट्टाउन सफल भएकी छिन् । भारतीय वेवसाइट एनडिटीभी अंग्रेजी पत्रिका डेली स्टारलाई उधृत गर्दै लेख्छ, १४ वर्षीय जेस ब्राडले नौ वर्षको खोजीपछि आफ्ना पिता केविन राबर्टसलाई पत्ता लगाइन् । उनले केविनलाई एउटा म्यासेज पठाएर भनिन्, ‘मलाई लाग्छ कि तपाई मेरा पिता हुनुहुन्छ ।’ खासमा २३ वर्षीय जेसले देखाएको आफ्नो तस्वीर हेरेपछि केविनलाई लाग्यो कि यही केटी उसकी छोरी नै हो ।
यो त भयो फेसबुकले बाबु छोरीको मिलन गराएको कुरा । फेसबुकले दुई जना सौताहरुलाई समेत एक अर्कामा परिचय गराइदिएको छ । फेसबुकमार्फत् साथी बनाएका दुईजना चिनिया महिलाहरुबिच सम्पर्क कायम भयो र मित्रता बढ्दै गयो । चाइना डेलीलाई उधृत गर्दै भारतीय वेवसाइड पत्रिका लेख्छ, ‘दुवै महिलाहरुको होस त्यतीखेर उड्यो, जब उनीहरुले आफ्नो विवाहको फोटो सार्वजनिक गरे । दुवैले सार्वजनिक गरेको फोटोमा उनीहरुका पति च्याङ थिए ।’
हाकिमहरुको लागि टाउको दुखाइ
संसारमा जति मात्रामा फेसबुक प्रयोगकर्ताहरुको संख्या बढीरहेको छ, त्यो भन्दा बढी टाउको दुखाइ बनेको छ, कार्यालय प्रमुखहरुको लागि । इन्टरनेट सेवा भएका कम्प्युटरहरुमा काम गर्ने कर्मचारीहरुमा फेसबुक भारइस झै फैलदै गएको छ । फेसबुक पछिल्लो समयमा इन्टरनेट प्रयोगकर्ताहरुको लागि एउटा कुलतको रुपमा देखा परेको छ । जसले कर्मचारीहरुको क्षमतामा कमि ल्याएको बेलामौकामा गरिएका अध्ययनहरुले देखाएका छन् ।
भारतको एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सामाजिक सेवा प्रतिष्ठानले भारतका चार हजार कर्पोरेट कर्मचारीका बिचमा गरेको सर्वेक्षणले फेसबुक लगायत सामाजिक सञ्जालमा भुल्ने कर्मचारीहरुको कार्यक्षमता घटेको पाइएको छ । फेसबुकले कर्मचारीहरुको क्षमतामा १२.५ प्रतिशतसम्म कमी ल्याएको नतिजा पाइएको छ । सर्वेक्षणले देखाएको यो नतिजालाई विज्ञहरुले निकै गम्भीर मानेका छन् । किनकी विकासको खुड्किलो टेक्दै गरेको कुनैपनि देशको लागि कर्पोरेट क्षेत्रमा यो अंकको ह्रास मामुली कुरा नभएको विज्ञहरुको ठहर छ ।
फेसबुक चलाउन थालेपछि मानिसहरु समय बितेको पनि ख्याल गर्दैनन् भने आफूले गर्नुपर्ने कार्यालयका कामहरु पनि गर्न भुल्छन् । जसको असर उनीहरुको उत्पादकत्वमा देखिन्छ । फेसबुकमा कर्मचारीहरुको बढ्दो झुकावकै कारण नेपालकै कतिपय संस्थान तथा कार्यालयहरुले फेसबुकलाई आफ्नो कार्यालयको इन्टरनेटमा ब्लक नै गरेका छन् ।
फेसबुकले कर्मचारीहरुको कार्यक्षमता घटाइरहेकोप्रति कार्यालय प्रमुखहरुको टाउको दुःखाइरहेको छ भने अर्कोतिर फेसबुकको सामाजिक सञ्जालको लोकप्रियता र बढ्दो प्रयोगका कारण विश्वका केही देशहरुले त फेसबुकमै प्रतिबन्ध समेत लगाउने कार्य गरिरहेका छन् । गत २००९ को मे महिनामा इरानका राष्ट्रपति महमद अहमदिनेजादले फेसबुकमा प्रतिबन्ध लगाउने कोसिस गरे । सामाजिक सञ्जालमाथिको उनको यो हस्तक्षेपलाई विश्व समुदायले आलोचना ग¥यो । अन्तत्वगत्वा उनले माफि मागे । यसबाट पनि फेसबुक विश्व समुदायमा कति लोकप्रिय छ, त्यो स्पष्ट देखिएको छ ।
कार्यालयमा काम गर्दाको समयमा कम्प्युटर र इन्टरनेट प्रयोग गर्ने कर्मचारीहरुले याहु, जीमेल, हटमेल लगायतका मेल एकाउन्टहरु खोल्ने गर्छन् । तीमध्ये अधिकांशले अर्कुट, फेसबुक, हाइफाइभ लगायतका सामाजिक सञ्जालमा भुल्ने गरेका छन् । इन्टरनेटको माध्यमबाट साथीहरु बनाउन तथा इन्टरनेट सञ्जाल तयार गर्न यस्ता सामाजिक सञ्जालहरुको व्यापक मात्रामा प्रयोग गर्ने गरीएको छ ।

दुरुपयोगको सीमा छैन
जसरी फेसबुक मानिसहरुको लागि प्रिय र अनिवार्य बन्दै गएको छ, त्योसँगै फेसबुकको दुरुपयोग समेत बढ्दै गएको छ । प्रयोगको सीमा नभएझै यसको दुरुप्रयोगलाई छेकबार गर्ने क्षमता पनि कसैसँग छैन । एउटाको नाम हालेर अर्कै मानिसले फेसबुकमा एकाउण्ट खोल्नेहरुको संख्या कम छैन । फेसबुकमा नेपालका अन्तीम राजा ज्ञानेन्द्रदेखि गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डसम्मका एकाउण्टहरु छन् । तर ती एकाउण्टहरु आफूले नचलाउने सम्बन्धित व्यक्तिहरुले बताउने गरेका छन् । फेसबुकमा ज्ञानेन्द्र र प्रचण्डको एकाउण्टलाई लिएर भारतीय साइट ‘हिन्दी ब्लग’ यसरी लेख्छ,
“ज्ञानेन्द्रको नाममा जारी एउटा पेजमा साथीहरुको सूचीमा पूर्व प्रधानमन्त्री प्रचण्ड पनि छन् । तर यसले यो पुष्टि भने गर्दैन कि प्रचण्ड वास्तवमा माओवादीका अध्यक्ष नै हुन् वा अरु कोही ।”
यसरी फेसबुक एकातिर मानिसहरुको अभिन्न अंग बन्दै गएको छ भने अर्कातिर फेसबुकमार्फत् मानिसलाई झुक्याउन लागिपर्नेहरुको भीड पनि कम छैन । फेसबुकको प्रयोग गरेर अर्काको मानमर्दन गर्नेहरु पनि छन् । कुनै उद्देश्य बोकेर तथा कुनै उद्देश्य विना नै फेसबुकमार्फत मानिसहरु झुक्याउनेहरुका कारण फेसबुक चलाउँदा सचेत हुनुपर्ने आवश्यकता भने रहन्छ ।

![]() |

हिमाल दहाल, सन्दर्भ स्रोत ः विभिन्न वेव साइट तथा पत्र पत्रिकाहरु
प्रतिक्रिया दिनुहोस् >>