साना कलाकारको व्यवशायिक तयारी


उनको उमेरका साथीहरु खेलकुदमा व्यस्त रहेको समयमा इटहरी २ तालतलैयाका १४ वर्षिय शिवराज थुलुङ्ग भने मूर्ती बनाउनमा व्यस्त छन् ।
सानो उमेरमा नै थुलुङ्गले बनाएका एक दर्जन भन्दा बढी मुर्ती देख्दा जो कोहीले उनको प्रशंसा गर्छन् । महेन्द्र मा. वि. इटहरीमा कक्षा ८ मा अध्ययनरत् शिवराजको मूर्तीकला प्रतिको लगाव देखेर विद्यालयका शिक्षक र आफ्नो साथीहरु छक्क पर्ने गरेका छन् । सानैदेखि आफ्नो बुवाले बनाएको मूर्ती देखेर उनलाई पनि बनाउन इच्छा लागेर सुरु गरेको यो कलाले अहिले उनलाई परिचित बनाउँदै लगेको छ । एक वर्ष अघिदेखि बनाउन शुरु गरेको शिवराजले अहिलेसम्म एक दर्जन भन्दा भढी विभिन्न काठका र सिमेन्टको भगवान र व्यक्तिहरुको विभिन्न आकृतिका मुतीै बनाइ सकेका छन् । ‘बुबाले बनाउँदा आफूलाई पनि बनाउन मन लाग्थ्यो त्यहि भएर बुबाले बनाउँदै मलाई सिकाउनु भयो ।’ शिवराजले भने, ‘सुरु सुरुमा काठको मुर्तीहरु बनाउँथे । तर अहिले सिमेन्टको राम्रो बनाउन सक्छु ।’ भविष्यमा राम्रो मूर्तीकार बन्ने उद्देश्य लिएका थुलुङको उत्तरोत्तर प्रगतीको कामना ।
विद्यालयका शिक्षक र आफ्नो साथीहरु छक्क पर्ने गरेका छन् । सानैदेखि आफ्नो बुवाले बनाएको मूर्ती देखेर उनलाई पनि बनाउन इच्छा लागेर सुरु गरेको यो कलाले अहिले उनलाई परिचित बनाउँदै लगेको छ । एक वर्ष अघिदेखि बनाउन शुरु गरेको शिवराजले अहिलेसम्म एक दर्जन भन्दा भढी विभिन्न काठका र सिमेन्टको भगवान र व्यक्तिहरुको विभिन्न आकृतिका मुतीै बनाइ सकेका छन् । ‘बुबाले बनाउँदा आफूलाई पनि बनाउन मन लाग्थ्यो त्यहि भएर बुबाले बनाउँदै मलाई सिकाउनु भयो ।’ शिवराजले भने, ‘सुरु सुरुमा काठको मुर्तीहरु बनाउँथे । तर अहिले सिमेन्टको राम्रो बनाउन सक्छु ।’ भविष्यमा राम्रो मूर्तीकार बन्ने उद्देश्य लिएका थुलुङको उत्तरोत्तर प्रगतीको कामना ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :