उपन्यासको अंश

निकै पहिले लेख्न सुरु गरेको तर हालसम्म विविध कारणले पूरा गर्न नसकिरहेको उपन्यासको एउटा अंश केही परिमार्जनका साथ ...... 
टुटेको वर्तमान

घटनाको दुइ दिनपछि साँझ जेनीको होस खुल्यो । प्रहरीले घटनाको बारेमा जानकारी पाइसकेको थियो । केरकार गर्न खोजियो । तर जेनी वाक्य विहिन भएकी थिई । हात खुट्टा त के आँखा पनि विरलै चलाउँथी । एकोहोरी, मृत जस्तै थिई । प्रतिक्रिया विहीन, लाचार । म क्षत विक्षत भएँ । जेनी जस्ती चञ्चले केटी पनि अस्पतालको बेडमा अर्धमृत अवस्थामा बसेकी छे । मलाई पत्यार लागिरहेको थिएन । 'के यो जेनी नै हो ?' मैले आफैसँग प्रश्न गरे । अनि उत्तर पनि दिएँ- 'हो यो जेनी नै हो ।' भाग्यले ठगिएकी जेनी । कस्तो विडम्बना ! एकै रातमा ऊ मरी । तर आजसम्म उसलाई चितामा लान नसकिनु कस्तो दुभाग्य । उफ् मैले यो के सोचेको - यस्तो घटना त मैले चलचित्रहरुमा मात्र देख्ने गरेको थिएँ । आज मेरै, मेरै साथीको जीवनमा घट्यो । यो के भयो - जेनीको बाहिरी घाउचोटको उपचार त भयो । तर उसको मन र मस्तिष्क धेरै दिनसम्म चोट ग्रस्त भयो । बाँचेर पनि मरेसरह । भएर पनि शुन्य सरह । एउटा साँझ सलोनिको फेान आयो । "जेनीलाई भेट्न गयौ ?" "आज गइन । हिजो बेलुका तिर गाथें ।" "कस्ती थिई ? बोली कि बोलिन ? डाक्टरले के भन्यो ? जचाउँन बाहिर लाने रे ?"उसका यी प्रश्नहरुले फेरि त्यही रिक्त, शुन्य, दिक्दार जीवन मेरो आँखा अगाडि नाच्न थाल्यो । म टोल्हाउन थालें । सम्झें जेनीका रित्ता आँखाहरु अनि दाँजे हिजोको उसको चन्चलेपनासँग आजको निरश मरुभूमिलाई । कहाँ हिजोकी वसन्तमय जेनी कहाँ आजकी उजाड मरुभूमी । कहाँ हिजोकी सुन्दर भविष्य कहाँ आजकी आशा मारिएकी वर्तमान !यती सोच्दासोच्दै सलोनीले कतिखेर फोन राखी थाहा पाइँन । आमाले खाजा खान बोलाउँदा पो म झसंग भएँ । जेनीको जीवनमा घटेको यो घटनाले धेरै दिनसम्म म निदाउन सकिँन । जतिखेर पनि उसको त्यही अनुहार झल्झली याद आउँथ्यो । जेनी केही दिनसम्म उदासिइ । मानसिक आतंक लिएर कोठामा गुम्सिई । म आफै पनि कति रात कहालिँदै ब्युझेँ रे ।
एकदिन जेनीको घरमा पुगेर उसलाई बोलाएँ- "जेनी ।" तर उसले सुनिन । या भनौं, सुनेर पनि प्रतिक्रिया दिइन । एकोहोरो झ्यालबाट बाहिर हेरिररही । नजिकै गएर झक्झक्याएँ । मेरो अनुहारमा पिर्लिक्क हेरी; । केही तर्सी नछोइयोस् झै गरी । मेरो मुटुमा तिखो सुइरोले रोप्यो । ऊ भने पूववत् झ्यालबाट बाहिरको संसार नियाल्नतिर लागि । मानौं झयालमा कुनै फिल्म प्रदर्शन भइरहेको होस् । उसको पट्यारलाग्दो स्तब्धता देखेर मलाई दिक्क लाग्यो । भन्थी- "मलाई बोलिराख्न मन लाग्छ । कुरा गुम्स्याएर बस्नै सक्दिँन ।" स्कूलमा पनि साथीभाइहरु माझमा छुचीको पृष्ठ नाम पाएकी थिई उसले । जुन नाम ऊ पटक्कै मन पराउदिनथिई । तर हामी सबै उसलाई त्यही नामले जिस्काउँथ्यौं । तर उसको त्यो छुचोपना हावामा विलिन भएको थियो । उसको चकचकेपनले कहिलेकाही हामी दिक्क मान्थ्यौं तर आज ... आज त्यही चकचकेपन चाहिएको छ ।मैले उसका हत्केलामा आफ्नो हत्केला राखेर उसको अनुहारमा हेरें । उसले दिक्दारी र डर मिश्रति भावले मलाई हेरी अनि विस्तारै आफ्नो हात तानि । उफ् ... मलाई उकुसमुकुस हुन थाल्यो । घर फर्केर सीडी प्लेयरमा एभ्रिल बजाएँ । सधै उत्साह जगाउने एभ्रिलका गीतहरुमा त्यो क्षण क्रन्दन र चिच्याहट मात्र पाएँ । उसको त्यो अवस्थाले चित्त दुःखाउने गरेपनि उसलाई दिनमा एकपटक नभेटी रहन सक्दिनथेँ । घरतिर र्फकदै गर्दा बाटोमा हिड्दा हिड्दै बन्दनाले सोधी- "जेनी फेरि र्फकली - के सोच्छेस् तँ ?""आशावादी हुनुपर्छ । निराशाले असफलता दिन्छ । म आशावादी मात्र होइन, विश्वस्त पनि छु । ऊ फेरि हिजोको जस्तै हाँस्न खेल्न थाल्नेछे ।" त्यस समयमा मेरो पाइला र बोली दुवै दह्रा थिए । जाडो मौसमको त्यो साँझमा हाम्रा दुवै हात गोजीभित्र थिए । ऊ के सोच्दैथिई, त्यो त मैले थाहा पाईँन । तर मेरो आशाले आकाशमा कावा खाँदै थियो । म देख्दै थिएँ, सुनौलो प्रकाश छरिएको क्षितिज । तर किन हो, क्षितिज मदेखि भाग्दै थियो । तर मैले भेट्नै पथ्र्यो क्षितिजलाई । जहाँ करोडौं मुटु नाचिरहेकाछन् । र्सूयको देश हो त्यो । बिहानीको साम्राज्य हो क्षितिज । मलाई हतार पर्यो । छिटो भेट्नको लागि कुद्न थालेछु । "ए विस्तारै हिड् न ।" बन्दनाले रोकी । मलाई अनायासै रिस उठ्यो । मैले ऊतिर हेरेँ । हाम्रा आँखा जुधे । उसले मेरो रिसाएको अनुहार देखिछ । हिड्दा हिड्दै मेरो अगाडि टक्क रोकिइ अनि उभिएर सोधी- "ए शिक्षा, के भो तलाईँ ? किन रिसाएकी ?"
Somnath Bastola likes this.
Krishna Wasti
yasko pura amsha padhna book pau / ramro 6 /nepali sahityaka pathak ghatnu ko karan star girera ho /yasto shaili ra bhav 6 bhane pathak kina ghat 6n ?
Somnath Bastola
bhai ramro prayas, pura gara adhuro sapanalai, we r with u.timima dherai sambhawana 6.u can do more for nepali literature.
Himal युगपथ
Thank you. pura garne prayas garne chhu.
Sabina Baniya
Will waiting to read the complete one!!!!!


 

भुल्न नसकेको एउटा मान्छे
यात्राकै क्रममा हामीले बाटोमा सुन्तला किनेका थियौं । ठूलाबाले मेरो दुवै हातमा सुन्तला थमाइदिनुभएको थियो । म सुन्तला हातमा लिएर हाँसेको थिएँ । म हाँसेको देखेर ठूलाबाले मलाई हिहिहि गर्दै जिस्काउनुभएको थियो । दुवै हात सुन्तलाले भरीएपछि मैले आफ्नो दुवै हात हेरेको थिएँ । सुन्तला खानको लागि सुन्तलालाई ताछ्नुपथ्र्यो । तर मेरा दुवै हातमा सुन्तला थिए । अनि एउटा राखेर अर्को ताछेर खान्छु भन्दाभन्दै राख्न खोजेको सुन्तला भीरबाट गुड्किएर तल खोचमा झरेको थियो । त्यसपछि म तलतिर हेर्दै रोएको थिएँ । ठूलाबाले गएर सुन्तला ल्याइदिएपछि बल्ल म हाँसेको थिएँ । म हाँसेको देखेर ठूलाबाले मेरो दुवै गाला चिमोट्नुभएको थियो । यो कुरा सोच्दा म त्यही ठाउँमा थिएँ । जहाँ हामी १२ वर्षअघि थियौं । त्यो त्यही ठाउँ हो, जहाँ मैले सुन्तला झारेको थिएँ । बाह्र वर्षपछि पनि त्यो ठाउँ उस्तै थियो । त्यही चिया पसल, त्यही गोरेटो, त्यही खोला । बुवाले चिया पसलका साहुलाई नमस्ते गर्नुभयो । उनले पनि चिनेछन् । ठूलोबुवाको दुघटनाको बारेमा छलफल भयो । ठूलाबालाई मध्यरातमा घिसार्दै लगेर मारे अरे । मारेर गाड्न लागेका थिए रे । तर गाउँलेले गाड्न दिएनन् रे । यो सुनेपछि मेरो मन झनै फाट्यो । चरक्क गर्यो । मैले सुन्न सकिँन । मैले यो पनि सुने कि ठूलाबाले उनीहरुले मागे अनुसारको चन्दा दिनु भएन रे । त्यसैले रिसाएर उनीहरुले मारे रे । उफ् ...। हामीले एकदिनको बाटो काटेका थियौं । तर शारीरिक थकाइभन्दा पनि हामीलाई मानसिक थकाइले ग्रस्त पारेको थियो । राती थकाइले चुर भए पनि आँखामा न्रि्रा आइरहेको थिएन । सोच्दा सोच्दै निदाएछु । मेरो पैतालामा कसैले काउकुती लगाएझै गर्यो । मैले खुट्टा हल्लाएँ र पनि छोड्दैन । दिनभरीको थकाई र न्रि्राले ग्रस्त पारेको बेलामा कसले उपद्रो गरेको होला - मलाई रिस उठ्यो । तर पनि छाडिदिएँ । फेरि अनि फेरि । लगातार काउकुती लगाइरहेपछि मैले आफ्नो खुट्टातिर हेरेँ । त्यही हाँसिरहेको अनुहार । त्यही मोटो जुँगा अनि डरलाग्दो शरीर भएको व्यक्ति अर्थात् मेरो ठूलो बा । मैले वहाँलाई हेरे । वहाँ हाँसिरहनु भएको थियो । "अरे ठूलो बा, तपाई कताबाट ?"... मेरो प्रश्न पूरा भएकै थिएन । वहाँले स्स्स्स् गर्दै चुप लाग्न भन्नुभयो ।अनि मलाई इशाराले बोलाउनुभयो । म वहाँसँगै उठेर अलिपर गएँ । यहाँसम्म आइपुग्दा चाहि बोलेको सुनिँदैन भन्ने लागेपछि मैले वहाँलाई हेरे । वहाँले भन्नुभयो- "मलाइँ यहाँ देखेर अचम्म लाग्यो होला होइन ?"मैले स्वीकृति सूचक टाउको हल्लाएँर भने- "तपाईलाई मारेको भन्ने सुनेको थिएँ । तर तपाई त जीवितै हुनुहुन्छ त ।"वहाँले भन्नुभयो- "मलाई काटेर फालेको त हो । तर म धन्नले बाँचे । तर यो कुरा कसैलाई थाहा छैन । यहाँसम्म कि तेरी ठूलीआमालाई पनि । म तँसँगै घर जान्छु अनि उसलाई अचम्ममा पारिदिन्छु ।""तर तपाईलाई भेटे भने फेरि उनीहरुले चन्दा माग्दैनन् - फेरि तपाईलाई काट्दैनन् ?" मैले सोधे । "अहँ ।" वहाँले भन्नुभयो ।"किन ?" मैले सोधे ।तर वहाँ हाँसिरहनुभयो । बोल्नु भएन । मैले "किन ठूला बा" भनेर फेरी सोधे । तर पनि वहाँ बोल्नुभएन । त्यतिबेलै कसैले मेरो अनुहारमा चिसो पानी खन्याइदियो । म झँल्याँस्स ब्युँझे । ठूलाबा हुनुहुन्थेन । वरिपरी बुवा आमा अनि घरबेटी आमै थिए । म बर्बराएपछि वहाँहरुले ब्युँझाउनुभएको रहेछ । बुवाले घरबेटी आमैलाई घटनाको बारेमा भन्नुभयो । घरबेटी आमैले लामो श्वास फेर्दै भनिन्- "त्यही त नानी के गर्ने ? कस्तो थियो देश कस्तो भयो । केही सुध्रेला जस्तो हुन्छ । फेरि उस्तै ।" म रुन थालेछु । आमाले मेरो अनुहार पुछिदिँदै गर्दा बुवाले आमालाई हकार्नुभयो । मलाई किन ल्याएको भनेर । अनि तुरुन्तै म चुप लागे । तर रातभरी ननिदाउञ्जेल सुँक्क सुँक्क गरिरहे । काकाको याद र वहाँसँग बिताएको बाल्यकाल मेरो आँखा र मस्ष्तिकमा नाचिरहेका थिए । फेरि पैतालामा काउकुती लाग्छ र ठूलाबासँग साक्षात्कार हुन्छ भन्ने आशमा म बसिरहे । तर त्यो त केवल सपना थियो । कस्तो अचम्म ? मानिसले आफूले चाहेको बेलामा चाहे अनुसारको सपना भने देख्न नपाउने रे ?भोलिपल्ट भाले नबास्दै हामी बाटो लाग्यौं किनकि हामीलाई छिटो पुग्नु थियो । छिटो पुगेर ठूली आमालाइ र्र्सान्त्वना पनि त दिनु थियो । दुधकोसीको किनारै-किनार हिड्दा हामीले ठूलोबालाई सम्झ्यौं । आमा बुवाले वहाँको कुनै विषयमा कुरा गर्नुभयो । तर मैले ठूलोबासँग त्यो ठाउँमा बिताएको क्षणलाई सम्झे । कोसीको पानीमा खुट्टा चोबेको क्षण सम्झे । चिसो पानीबाट मैले आत्था भन्दै खुट्टा निकालेको थिएँ । मैले चिसो मान्दै आत्था भनेको सुनेर ठूलाबाले मलाई भन्नुभएको थियो, 'चिसोमा आत्था हैन आछु भन्नुपर्छ नानु ।'
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :