केही साहित्यकारका अनौठो बानी

 लक्ष्मीप्रसाद देवकोटा उनी प्रकृतिप्रेमी थिए । ढुङ्गो टल्केको देख्दा हाँस्थे । पात हल्लेको देख्दा मलाई किन बोलायौ भन्दै पातसँग कुरा गर्न जान्थे । लगाउने कुरामा खासै वास्ता नगर्ने उनले मासु खुबै मन पराउँथे । पैसा पायो कि खसीको मासु -टाउको) लिएर जान्थे 352; वरपरका अरूहरूलाई पनि बोलाएर खुवाउँथे । चुरोट खान्थे र चुरोटले हातमा पोल्दा पनि लेख्न थालेको बेला थाहा पाउँदैनथे । रातभरि कवितै लेखेर बिताउन सक्थे । दानी र दयालु थिए । माग्नेलाई आˆनो कोटसमेत फुकालेर दिन्थे काउली र बन्दा किनी प्राण र इच्छा सबैको एउटै हो भनी गाईभैंसीलाई दिन्थे ।

बालकृष्ण सम
उनी बुद्धिबाट सञ्चालित थिए । उनका कविता जस्तै उनी आफैँ पनि जटिल र परिष्कृत थिए । हिँडाई, बोलाई, लगाई, खुवाई, हँसाई र बसाइलगायतका हरेक कुरामा उनी खुब ध्यान दिन्थे । सधैँ चिटिक्क र राम्रो परेर हिँड्थे । दाँत झरेपछि गाला खुम्चिने डरले नरिवल मुखमा राखेर गाला पुक्क पार्थे । देवकोटा र सम एउटै समयका थिए कहिलेकाहिँ यी दुईबीच ठाकठुक पनि पथ्र्यो ।
जनकलाल शर्मा
उनी यसरी हाँस्थे कि केटाकेटी उनको हाँसोदेखि डराउँथे । लेखपढमा रुचि भएका सबैलाई माया गर्थे, लेखपढमा रुचि नलिएमा श्रीमती -छोराछोरीको पनि वास्था गर्दैनथे, दराजबाट किताव झिकेर प्वाँखले पुछेपछि मात्र अरूलाई पढ्न दिन्थे । कसैले सामान्य प्रश्न सोध्यो भने पनि आठ/दशवटा पुस्तक पल्टाएर निश्चित अंश पढ्न लगाउँथे । त्यसैले कोही पनि प्रश्न सोध्न डराउँथे ।
पारिजात
उनको नाम विष्णुकुमारी वाइवा । उनी विद्रोही स्वभावकी थिइन् र साथीहरूसँग खुबै मिल्ने पनि गर्थिन् । सानो कुरामा चित्त नबुझेमा साथीसँग बोल्नै बन्द गर्दथिन् । साथीहरूलाई जम्मा गर्ने र मीठामीठा परिकार खाँदै मीठामीठा कुरा गर्ने उनको रुचिको विषय थियो । उनी बिरामी थिइन् र उनले जीवनमा विवाह गरिनन् । सरलमा अनि सरल र जटिलमा अति जटिल पारिजातको स्वभाव साच्चै अनौठो थियो ।
भूपि शेरचन
उनी रक्सी खान्थे र साथीहरूलाई पनि खुवाउँथे । कसैले रक्सी नखान आग्रह गर्‍यो भने त्यसैलाई कविता बनाउँथे । जस्तै मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउन झन् गाह्रो छ । उनी सानो हुँदै आमा खसिन् । गाउँलेले उनलाई आमा टोकुवा भने उनी चार/पाँच वर्षको हुँद 66; सल्लाको रूखमुनि बसेर आˆना दाँत छामी रहन्थे, "कसरी यी दाँतले आमालाई टोके हुँला भनेर, सीधा र सोझो भूपि जोक र रमाइलो पनि गर्थे । (Yuwamanch)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :