जन्म मितिमा किर्तिमान
Posted by
purwanews
Published on
Tuesday, October 19, 2010
तपाइको जन्म कहिले भएको हो ? एक पटक सोच्नुहोस् त । आफ्नो जन्ममितिको बारेमा ख्याल राखेपनि नराखेपनि मैल चर्चा गर्न गइरहेका तीन जना बालकहरुको जन्ममिति तपाइले अब जिन्दगीमा बिर्सनुहुने छैन । अमेरिकाको मिचिगनमा बस्ने चाड र बार्बरा दम्पतीले लगातार तीन वर्ष बच्चालाई जन्म दिए ।
उनीहरुले २०१० अक्टुबर १० तारेखका दिन (१०/१०/१०) आफ्नो तेस्रो सन्तान सेरा निकोललाई जन्म दिए । १० नै १० को कस्तो संयोग ? अब तपाइ यतिमै अचम्म मान्दै हुनुहुन्छ भने थाहा पाउन बाँकी कुराले तपाइ हैरान हुनुहुनेछ ।
यी दम्पत्तीले गत वर्ष अर्थात् २००९ सेप्टेम्बर ९ तारेखका दिन (०९/०९/०९) मा क्यामरुन नामका आफ्ना छोरालाई जन्म दिएका थिए भने २००८ अगस्ट ८ तारखका दिन (०८/०८/०८) क्लोइ नामका पहिलो सन्तानलाई जन्म दिएका थिए ।
आफ्ना सन्तानहरुको यस्तो जन्मक्रमलाई देखेर अचम्मित भएका श्रीमती बार्बराले भनिन्, यो योजनाबद्ध रुपमा भएको होइन । उनका अनुसार दोस्रो सन्तानका रुपमा जन्मिएका क्यामरुन दुई साता अगाडी नै जन्मिएका हुन् ।
तीन वटा सन्तानका धनी यी दम्पत्तिकोे अर्को वर्षको नोभेम्बरमा अर्को सन्तान जन्माउने इच्छा छ कि ? श्रीमती बार्बराले हाँस्दै भनिन्, भयो भयो । पेनाल्टी भयो । अब अर्को योजना छैन ।

प्रतिक्रिया दिनुहोस् >>