सर्पसँग खेल्छन् प्रेमकुमार बिष्ट

सपेराले विष झारेको सर्प बजार नचाएको त देखिएकै होला । विज्ञहरुले आधुनिक प्रविधिको प्रयोग गरेर सर्प समाती अनुसन्धान गरेका पनि छन् । तर विराटनगर-१६ बस्ने ४१ वर्षका नेपाल प्रहरीका हवल्दार प्रेमकुमार बिष्ट खाली हातखुट्टामै विषालु सर्प समात्ने मात्र होइन, सर्पसँगै सधै खेल्ने पनि गर्दछन् ।
आफूले सात वर्षकै उमेरदेखि सर्प समात्दै र खेल्दै आएको प्रेम बताउँछन् ।
उनले हालसम्म गोमन, धामन, करेत, गनगुहालीलगायतका दुई हजारभन्दा बढी सर्प समाइसकेको दाबी गरेका छन् । उनी आफूले समातेका सर्प मार्दैनन, केही दिन आफूसँग राखेर सुरक्षित स्थानमा लगेर छाडिदिने गर्दछन् ।
आˆनो घरमा सर्प राख्न उनले एउटा खोर बनाएका छन् । गाउँलेले घरमा सर्प पस्यो भनेपछि बोलाएमा रात बिहान नभनी उनी जहाँ पनि पुगेर सर्प समातेर आफ्नो घरमा ल्याउने गर्दछन् । समातेको गोमन सर्पले तारको जाली भएको खोरलाई काट्ने भएकाले उनले मोटो कपडाको झोलामा राख्ने गरेका छन् । उनी हरेक बिहान आफूले समातेका सर्पलाई सुरक्षित स्थानमा लगेर नछाडुञ्जेल चौरमा निकालेर घुमाउने गर्दछन् ।
कुन सर्प कति विषालु हुन्छ र कस्को कस्तो स्वभाव हुन्छ भन्ने पनि उनलाई हेक्का छ । यसैले सर्प समात्दा उनी सोहीअनुसार समात्ने गर्दछन् । तर सर्प समात्दा उनी कुनै पनि सुरक्षाका सामान प्रयोग गर्दैनन् । उनी आफ्नो गाउँ घरमा मात्रै नभएर प्रहरी सङ्गठनमा पनि सर्प समात्ने सीपकै कारण निक्कै लोकपि्रय छन् ।
उनले सर्प समात्ने गरेको थाहा पाएर धेर 76; सपेरा उनको सर्प किन्न भन्दै आउने गरे पनि आफूले उनीहरुलाई सर्पलाई दुःख दिएर पैसा कमाउने काम गर्नुहुँदैन भनेर सम्झाएर पठाउने गरेका छन् । हाल समातेका विषालु सर्प उनले संरक्षणका लागि सर्प संरक्षण केन्द्र दमकमा बुझाउने गरेका छन् । उनी आफूले विषालु सर्प समातेमा केन्द्रलाई खबर गर्ने गर्दछन् र केन्द्रले आफै आएर सर्प लाने गरेको बिष्ट बताउँछन् । (Yuwamanch)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :