यौन क्लब सञ्चालनको धन्दामा प्राध्यापक

समाजको पथ प्रदर्शक बन्नुपर्ने प्राध्यापक नै नैतिकरूपले भ्रष्ट भएपछि कसको के लाग्छ ? चीनको बेइजिङ्ग निवासी एकजना कलेज प्राध्यापक अनैतिक धन्दामा सक्रिय भएको घटनाले यतिबेला सबैलाई आश्चर्यमा पारिदिएको छ ।
बेइजिङ्गस्थिति एक प्रतिष्ठित कलेजमा कम्प्युटर साइन्स अध्यापन गराउने प्राध्यापक मा यायोहाईले प्राध्यापन पेसाका अतिरिक्त लामो समयदेखि यौन क्लबसमेत सञ्चालन गर्दै आएको रहस्यको पर्दाफास भएपछि यतिबेला उनी प्रहरी खोरमा जाकिएका छन् ।

त्यसो त यायोहाईको कार्य-व्यवहारप्रति धेरैले आशङ्का जनाउँदै आएका थिए तर प्राध्यापन जस्तो मर्यादित पेसाको संलग्नता उनका निम्ति आˆना गलत चरित्रको आवरण बन्दै आएको थियो । गएको जुन ३ तारिख उनी कलेज परिसरमै अचानक पक्राउ परे । बुझ्दै जाँदा उनी बेइजिङ्गस्थित भूमिगतरूपमै सञ्चालित एउटा कुख्यात यौन क्लबका मुख्य सञ्चालक पो रहेछन् । उनले अनलाइनमार्फत सदस्यहरू विस्तार गर्दा रहेछन् र क्लबमा यौन धन्दा सञ्चालन गर्दा रहेछन् । प्रहरीले लामो अनुसन्धानपछि उनको यो भूमिगत धन्दाबारे पत्ता लगाएको रहेछ ।
पक्राउ परेपछि यायोहाईले आफू सो क्लबको सञ्चालक रहेको कुरा त स्वीकार गरे नै सँगसँगै प्रतिक्रियामा यसो पनि भने कि- हरेक मानिसले इच्छा र आवश्यकता अनुसार यौन प्यास मेटाउन पाउनुपर्दछ, मैले त्यसै प्रयोजनका निम्ति क्लब सञ्चालन गरेँ भने के अपराध गरँे त ?(Yuwamanch)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :