गठबन्धन
Posted by
purwanews
Published on
Monday, October 11, 2010
लेख्दा लेख्दै हसिँया हतौडा बोकेका एक व्यक्ति उङ्न थाल्यो । आफूले पटुकातिर लुकाएको बन्दुक देखिन्छ कि भनेर बडो सतर्क हुँदै अर्को चाहिँले अलि तन्केर उङ्ने मान्छेको टाउकोमा प्याट्ट हान्यो ।
एक्कासी आफूमाथि आक्रमण भएपछि उक्त व्यक्तिले हसिँया झिक्यो र हातमा लिएर गज्र्यो, ‘को हो ? को हो त्यो ? कल्ले मलाई कुट्यो ? काट्छु म ।’
कल्याङ मल्याङ सुनेर छेउको रुखमुनिको छहारीमा मस्त निद्रामा रहेको मजदुर जस्तो देखिने तेस्रो व्यक्ति ब्युँझियो र दुवैलाई हका¥यो, ‘चुप लाग् बामे हो । सुत्न पनि दिँदैनन् डाँकाहरु ।’
‘म जान्छु । अब तैंले पनि मलाई हकार्ने ?’ हसिँया हतौडा डोको भित्र हाल्दै पहिलोले भन्यो ।
‘तँ गएर हुन्छ, कलम छोडेर जा तेसो भे ।’ दोस्रो बन्दुकेले हका¥यो ।
‘इस् दिन्छु ।’ उसले फेरी भन्यो, ‘पैले चन्द्रे (रुखमुनीको मानिसलाई देखाउँदै) लाई सोध् ।’
‘किन सोधुँ तेल्लाई?’बन्दुकेले ठूल्ठूला आँखा पार्दै सोध्यो, ‘त्यो तेरो बाउ हो ?’
‘चुप् ।’ अलि सतर्क हुँदै पहिलोले आदेश दियो, ‘तँ ऊ त्याँ पर बसेर लेख् । यो ठाउँ हाम्रो हो ।’
‘इस् नापिस् ।’ बन्दुकेले नका¥यो, ‘दौडमा जितेर पहिलो हुने म, अनि अगाडी बस्ने तिमी हरुवाहरु ?’
चन्द्रे निदाएकै रहेनछ । हरुवा भनेको सुन्ने बित्तिकै जुरुक्क उठ्यो र बन्दुके तिर औंला ठड्याउँदै हका¥यो, ‘तँ मुसेले नसकेर पछि हटेको होइन ? कि कसो माधपे ?’
‘तै त । पछि सर्ने तँ कि म ? तँ आफै त पछि सरेको होस् नि । भगौडा भएर फुँई लाउँछस् पचपन्ने ?’ माधपेले पनि हकारेपछि पचपन्नेलाई खपिसक्नुभएन । पé5;ुकाभित्र लुकाएको बन्दुक झिक्न खोज्दै तर्सायो, ‘झिकुम् ?’
पचपन्नेले बन्दुक झिक्न लागेको थाहा पाएपछि चन्द्रे र माधपे अलि हच्किए । तर निकै समयसम्म पनि ननिकालीसकेपछि पचपन्नेले पटुकाबाट हात झिक्यो ।
‘बलजफ्ती हुन्छ ?’ पचपन्नेले बन्दुक नझिकीसकेपछि अलि आँटिलो भएर चन्द्रेले भन्यो, ‘मेरो चारआना पैसा फिर्ता दे ।’
‘कुन चार आना ?’ पचपन्नेले बुझ पचायो ।
‘त्यै अस्तिन तैले मसँग खोसेको होइन ?’ चन्द्रेले भन्यो, ‘फिर्ता दिइस् भने मात्र तँ अगाडी आउँछस् । नत्र त त्यस्तै हो ।’
प्रस्ताव आएपछि पचपन्नेले सोच्यो । अनि गोजितिर हात हाल्यो । केही खोजेजस्तो स्वाङ पा¥यो, ‘थाप् ।’
चन्द्रेले हात थापेपछि उसले गोजीबाट हात निकाल्यो अनि चन्द्रे र माधपेलाई लोप्पा खुवाउँदै भन्यो, ‘इस् दिन्छु । तँलाई फिर्ता दिएसी मेरा साथीहरुले के भन्छन् अनि मेरो खेतका हलिहरुले के गर्छन् ?’
‘हाम्लाई के मतलब ?’ राजनीतिमा पनि दिगो साथी हुन्छ ? साथी दुई दिनको लागि बनाउने हो । ऊ त्यो फोर्मेले जस्तो ।
नरम घाँसमा मस्तसँग मुख मिठ्याउँदै सुतेको फोर्मे ब्युँझिएकै थिएन ।कागज र कलम सिरानी लाएर बसेको फोर्मेलाई पचपन्नेले ब्युँझायो ।
‘कौन ?’ फोर्मे उठ्यो । छेउमा पचपन्नेलाई देख्यो । रिसायो, ‘क्या हुवा ?’
‘कान थाप् ।’
‘नहीं ।’
‘थाप् न ।’
‘नही । तुझ्से कोही बात नहीँ ।’
‘फाइदो है ।’
फाइदा भन्ने बित्तिकै फोर्मेले कान ठाडो पा¥यो, ‘बता ।’
‘तँ र म मिलुम् । यी दुईलाई लात हानुम् । त्यो गाम आधा तेरो आधा मेरो ।’
‘हो ?’ फोर्मेका आँखा तन्किए । आधा गाउँ कति हुन्छ भनेर यसो अनुमान गर्न खोज्यो । उसले केही प्रतिक्रिया दिन खोज्दै थियो, तुरुन्तै चन्द्रे र माधपे आएर उसलाई ताने । उनीहरुले पनि फोर्मेको कानमा केही खासखुस गरे । फोर्मे अलमलमा प¥यो । फोर्मेको एउटा हात पचपन्नेले समात्यो । अर्को हात चन्द्रे र माधपेले अठ्याए र दुई तिरबाट उसलाई तान्न थाले । तानातान चलिरहँदा उनीहरुले लेख्दै गरेका कागज र कलम चउरभरी अलपत्र परेका देखिन्थे ।
यसरी तानातान चलेको दृश्य र समाचार टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा अनलाईनले प्रकाशन तथा प्रशारण गरिरहेका थिए । टेलिभिजनमा त्यो घटना हेरीरहेका एक किसानले थाप्लोमा हात राख्दै प्रतिक्रिया दिए, ‘गाइजात्रा हेर्दा हेर्दा अब त हाँस पनि उठ्न छोड्यो ।’

प्रतिक्रिया दिनुहोस् >>