नभेटिएको चिठी
Posted by
purwanews
Published on
Thursday, October 21, 2010
प्यारी मालश्री
भगवानको घर ।
श्लेष्मा र मालश्री, अब यो हाँसो फर्कने छैन
तिम्रो सम्झनालाई सबैको मनमा ताजै राख्ने विचार गरेर हिजो रातीमात्र सम्झनारुपी शब्दहरुको संगालो "मालश्री" लेखेर सकें । अनि तिमीलाई बताउन मनलागेर राती नै घरको बाहिर निस्केर यसो आकाशतर्फ हेरेँ । आकाशमा झलमल ताराहरु चम्किरहेका थिए । मन्द-मन्द चलेको सिरसिर हावाले नजिकैका रुखका पातहरु यताउता नाचिरहेका थिए । यसो हेरें, आकाशमा कत्ति पनि बादल थिएन अनि खुल्ला गाढा नीलो आकाशमा चमचम चम्केका ताराहरुलाई मनमनै सोधें "मालश्री कहाँ छिन् ?" ती ताराहरु कतै झुम्मिएका थिए भने कोही एक्लै नै चम्किरहेका थिए । उनीहरु मलाई हेर्दैछन् जस्तो लागिरहेको थियो । सायद उत्तर पनि दिन्छन् जस्तै लागेको थियो । म भने जबाफ सुन्न पर्खिरहेकी थिएँ । उनीहरु भने आफ्नै सुरमा चमचम गर्दै थिए । मैले सानो हुदाँ सुनेकी थिएँ, मानिसहरु भगवानको घरमा पुगेपछि तारा बनेर आकाशमा चम्किन्छन् रे । म आकाशका लाखौं ताराहरुलाई देखेर यति धेरै ताराहरु अटाउने भगवानको घर कत्ति ठूलो होला भनेर कल्पना गरिरहन्थेँ । त्यसैले त म रातको सुनसानमा आकाशमा हेर्दै मालुलाई भेट्ने प्रयास गरिरहेकी थिएँ । सायद आकाशका ती ताराहरुलाई पनि निधो थिएन होला कि लाखौं ताराहरुमध्ये मालश्री कुन चाहि हुन् । त्यसैले होला सबै तारा मौन थिए ।
धेरै बेरसम्म बाहिरै समय बिताएँ । कसैले पनि तिम्रो बारेमा बताउन सकेनन् । निराश भएर फर्कन लाग्दा खुट्टामा ठेस लाग्यो भूइँमा हेरेँ, अध्यारोमा पनि चिनिने ढुङ्गा रहेछ । खुट्टाको औलामा ठेस लागेर दुख्दै थियो तै पनि फेरि मनले झसक्क सम्झेँ आकाशका ताराहरुले दिन नसकेको जवाफ धरतीका ढुङ्गाले दिन्छन् कि । अनि फेरि शुष्क स्वरले ढुङ्गालाई सोधेँ "तिमीले मालश्रीलाई भेटेका छौं ?" ढुङ्गा पनि ताराहरु जस्तै मौन भइदियो । मालु साच्चै तिमीलाई न त धरतीका ढुङ्गा माटोले भेटे न त आकाशका लाखौं ताराहरुले देखे । तिमी कहाँ गयौं ? म भने जहाँको त्यहीँ नै उभिएकी थिएँ मेरो मन भने कर्णालीको तीरमा पुगेर कहिले छाल बनेर उर्लने अनि कहिले सलल बग्ने कर्णालीलाई सोध्दै रहेछ "मालश्रीलाई कहाँ लग्यौं ?" भनेर साँच्चै तिमीलाई बगाएर लग्ने कर्णालीका छालहरुले तिमीलाई कहाँ सम्म लगे होलान् ? आफूसंगै लगे कि कतै पहरामै अड्काएर छोडिदिए कि ? मेरो प्रश्नको जवाफ कसैले दिन सकेनन् न त आकाशका ताराहरुले दिए न त धरतीका ढुङ्गा माटोले नै दिए न त कर्णाली स्वयंले दिइन् । कसैले पनि जवाफ दिन नसके पछि म त्यसै कोठामा फर्कें । ठेस लागेको औलाबाट रगत बगिरहेको थियो अनि दुखिरहेको पनि थियो तर त्यो भन्दा बढी मेरो मन झन् धेरै दुखिरहेको थियो ।
हामी, तिमी बाँचेको हेर्न चाहन्छौं । त्यसैले मैले यो "मालश्री" कृति लेख्ने बहानामा तिमीलाई बचाई राख्न कोशिस गरेकी छु । मलाई आशा छ जब यो सम्झनाको संगालो बाहिर आउने छ, त्यस बेला सबैको मनमा तिम्रा यादहरु फेरि ताजा हुनेछन् अनि तिम्रो स्मृति सबैको मनमा अटाउने छ । यसका हरेक हरफहरुले तिम्रो उपस्थितिको आभास गराउने छ । आखाँ अगाडि दृश्यहरु ताजा भएर सलबलाउने छन् । म चाहन्छु फेरि एकपटक तिम्रो जन्म हुनेछ, तिमी बाँचेकी हुनेछौं । तिमीलाई बचाइराख्न मलाई हाम्रा साथीहरुले मद्दत गरेका छन् । बूढानीलकण्ठ स्कुलका गुरु-गुरुआमाहरुले आर्शीवाद दिनु भएको छ । तिम्रा अनि मेरा आमा-बाबुले पनि आर्शीवाद दिनुभएको छ । मेरा भाइहरुले पनि यसमा मलाई सहयोग गरेका छन् ।
यसरी सबैको कोसिसमा बनेको तिम्रो सम्झनाको संगालो "मालश्री" सायद तिमीलाई पनि मन पर्नेछ । बादल पारिको सुन्दर देश जहाँ प्रकृतिका सम्पूर्ण सौर्न्दर्यले भरिपूर्ण छ अनि स्वर्गीयहरु बस्ने र राम्रा-राम्रा कुराहरुको अनुभूति हुने स्थानमा रहेकी तिमीले त्यहींबाट हाम्रा विहृवल भावहरुलाई सजिलै देख्न सक्नेछौं भन्ने आभास हामीलाई भएको छ । त्यसैले हामी सबैजना यही प्रार्थना गर्दछौँ कि तिमी आज मात्र होइन युगौंसम्म बाँचिराख सबैको मनमा बसिराख । भगवानको घर, स्वर्गमा तिम्रो बास होस् अनि तिम्रो आत्माले शान्ति पाओस् ।
(childrensbook77), origional source: Malashree

प्रतिक्रिया दिनुहोस् >>