क्लाउडिया: कथा

 
"उसको नाम ड्‍यानियल हो ।" चुरोटको बट्‍टाबाट एउटा खिल्ली चुरोट भिmक्दै उसले भनी– "मेलवर्नबाट आएको । उm व्यापारी हो ।"
"त्यो...।" टेबलमा रहेको लाइटरले चुरोट सल्काएर मुखबाट सेतो धुँवा निकाल्दै उसले भनी– "वास्तवमा मैले नै उसलाइ बोलाएको थिएँ ।"
अर्को एक सर्को तानेपछि एस्ट्रेमा खरानी टक्टक्याउँदै उसले भनी– "च्याटबाट भएको चिनजानले हामीलार्इ घनिष्ठ बनाएको थियो र भेट्‍न बाध्य भयौं हामी । उसले नेपाल आउन मन लागेको बताएपछि मैले स्वागत गरेकीँ थिएँ ।"
उसले मसँग यसरी आफ्‍ना कुराहरु राखिरहेकी थिइ । गर्मी मौसमको मध्यान्न एअर कन्डिसनरको शीतल हावाभित्र चिया पिउँदै मैले उसको कुरा सì9;निरहेको थिएँ । आधुनिकताको प्रष्ट भmल्को दिê4;ेगरी सम्पूर्ण सुविधाहरु भएको उसको त्यो कोठाको एक कुनाबाट अत्तरको वास्ना फैलिएर सम्पूर्ण कोठालाइ सुगन्धित बनाइरहेको थियो ।
"भाइलाइ दिक्क लाग्यो कि क्या हो ?" उसले सोधी ।
"हैन, छैन । भन्नुस् न ।" मैले भनेँ । ओठमा लपक्कै लिपिस्टक लगाएकी त्यो केटीको अनुहार बढी मेकअपले गर्दा बिगि्रसकेको जस्तो लाग्थ्यो । उमेरले पच्चीस नकटेकी उसले केही महिना अघि एउटा विदेशीसँग विवाह गरेर भर्खरै छुटि्‍टएकी थिइ । उmसँग मेरो पहिलादेखि नै सामान्य चिनजान थियो । र त्यो दिन बाटोमा हिड्‍दै गरेको बेलामा आफ्‍नो कारमा लिएर आएकी थिइ मलाइ ।
"अँ साँच्ची तपाइ के लिनुहुन्छ ? तातो, चिसो ?" उसले सोधी ।
"नो थ्याङ्‍क्‍स् । बरु मलाइ अलि हतार छ ।" मैले भनेँ ।
"तपाइहरु सधैं हतारमै हुनुहुन्छ । फुर्सद यहाँ कसैलाइ छैन । मलाइ पनि ।" हाँस्दै उसले भनी– "यी यसरी चुरोट तान्नै भ्याइनभ्याइ छ आफूलाइ त । एक छिन बस्नुहोला । आज म तपाइलाइ मेरो जीवन कहानी सुनाउँछु । हतार छ भन्नुभयो छोटकरीमै भएपनि । उपयुत्तm लाग्छ भने यसको आधारमा तपाइ कथा वा उपन्यास पनि लेख्न सक्नुहुन्छ । म तपाइलाइ सक्दो मदत गछर्ु । म तपार्इको लागि बियर ल्याइदिन्छु । एकछिन पर्खनुहोला ।" अनि भान्सातिर लागी । एक प्लेट अमलेट र एकबोतल बियर ल्याएर मेरो अगाडी राखिदिइ । मैले बियर गिलासमा खन्याएर पिउन थालेँ ।
एस्ट्रेमा चुरोटको खरानी टक्टक्याउँदै फेरी भनी– "ड्‍यानियल मेरो पहिलो प्रेम थियो ।" लिपिस्टीकले लपक्कै ओठले चुरोट च्याप्दै एकसर्को तानेर सेतो धुँवा फालिसकेपछि उसले भनी– "किनकी सानैदेखि म अलि हक्कि स्वभावको थिएँ । पढाइमा पनि राम्रै थिएँ । केटी थिएँ तर व्यवहार र स्वभाव भने केटाको जस्तै । एकदमै जिद्दि र आँटेको काम गरिहाल्नुपनर्े । थाहा छ, मदेखि स्कुल अनि क्याम्पसका केटाहरु पनि डराउँथे । त्यसैले मैले कहिल्यै प्रेमका बारेमा सोचिँन । तर जब ड्‍यानियलसँग कुरा भयो, तब म किन किन आकषित भए उm प्रति । कुरैकुरामा विवाहको कुरा भयो । अनि हामी विवाह गने भयौं । नेपाल हेने र मसँग विवाह पनि गने मनशायले उm नै नेपाल आउने भयो । हामीले नेपाली परम्पराअनुसार विवाह पनि गर्‍यौं ।"
मलाइ थाहा थियो । उनीहरुले विवाह गरेका थिए । उनीहरुको विवाहको टोë4;भरी अनि वरीपरीका टोलहरुमा पनि हल्ला चलेको थियो । तर उसको विवाहबारे मैले खासै चासो राखेको थिइँन । किनकी मलाइ त्यो विवाहमा बोलावट नै थिएन ।
"विवाहको केही समयसम्म हाम्रो सम्बन्ध राम्रैसँग अगाडी बढ्‍यो । तर अकस्मात एकदिन मैले उसलार्इ बाटोमा कुनै केटीसँग भेट्‍टाएँ ।" उसले अर्को चुरोट भिmकी अनि सल्काएर उसैगरी धुवाँ उडाउँदै भनी– "सुरुमा त मैले कुनै शंका गरिँन । साथी बनायो होला भन्ने ठानेँ । तर म गलत रहेछु । उसलाइ नेपाल ल्याउनु गलत थियो । अभm उmसँग विवाह गनर्ु भmन् गलत थियो ।"
"एकदिन त त्यस्तै अवस्थामा यही घरमा मैले उसलाइ भेट्‍टाएँ । त्यसपछि हामी बिचको सम्बन्ध बिगि्रयो ।..." हात हल्लाउँदै उसले भनी– "...मैले उसलाइ सम्भmाएँ कि यो उसको मेलवर्न होइन । यो त नेपाल हो । तर उसले मेरो कुरा मानेन । अनि यस्तोमा म के गर्न सक्थेँ तपाइ नै भन्नुस् ।"
मुखसम्म लगेको गिलास रोक्दै उसको प्रश्नको उत्तर दिन खोज्दै थिएँ । तर फेरी उm बोली– "अनि मैले उसलार्इ छाडिदिएँ । उm फर्कियो । जाओस् । त्यस्तो मानिस जीवनसाथी भएको भन्दा नभएकै जाती । बरु एक्लै बाँच्नु जाति ।" मैले गिलास फेरी मुखसम्म लगेँ । "...के आफूलाइ अरुसँग बाँड्‍ने पुरुषले मलाइ अरुसँग बाँडिएको हेर्नसक्छ ? यस्तो अन्याय म कसरी सहनु ?"
उसले मेरो विचार जान्न खोजेकी हो जस्तो लागेर केही भन्न खोज्दैथिएँ । फेरी आफै भन्न थाली– "मैले मेरो जीवन उसैलाइ सुम्पेकी थिएँ । तर उm भने...छि: । सोच्दा पनि घिन लाग्छ ।" उसले भनी । मैले सोधेँ– "अब के गनुहुन्छ त ?"
एकछिन चुरोट तानेर भनी– "अब आफ्‍नै नयाँ जीवन सुरु गछु । मलार्इ बुभm्‍ने मानिसको खोजीमा छु । विदेशी होइन अब मलाइ नेपाली माया चाहिन्छ ।... मैले अघि तपाइलाइ मेरो जीवनी लेख्न भनेकी थिएँ नि । मेरो जीवनी यही अर्थमा पनि उदाहरणीय छ कि म नेपाललाइ र नेपालीलाइ माया गछु । मेरो जीवनीमा आधारित किताबको शीर्षक 'एउटी नेपाली नारीको देशभत्तmी' भनेर राख्न सक्नुहुन्छ ।"
उसको कुराले मनमनै हाँसे म ।
त्यत्तीनै खेर उसको मोबाइल बज्यो । नंबर हेर्दै उसले उफ्‍ भनी अनि दिक्दारी मिश्रित स्वरमा भनी– "हेलो ।"
"हेलो, क्लाउडिया डार्लिङ्‍, आइ ह्याभ डन अ मिस्टेक । आइ वाज रè9; । आइ एम भेरी सरी । यु क्यान डु इभरी थिङ्‍ग ह्वाट यु वान्ट । आइ वोन्ट इन्टरप्ट यु ।" (मैले गल्ती गरेँ । म गलत थिएँ । मलाइ माफ गर । तिमी जे चाह्यौ त्यही गर्न सक्छौ । म तिमीलाइ बाधा पुर्‍याउने छैन ।) उसको फोनको भोल्युम ठूलो रहेछ । मैले उताबाट बोलेको पनि प्रष्ट सुनेँ र थाहा पाएँ कि उसको नाम क्लाउडिया राखेकि रहीछ । पहिला उसको नाम कल्पना थियो क्यार ।
"हाउ क्यान यु कन्भ;िन्स मि ?" (तिमी मलाइ कसरी विस्वास दिलाउन सक्छौ ?)
"प्लिज ट्रस्ट मि । कम हियर । आइ एम वेटिङ फर यु । आइ विल सेन्ड यु योर भिसा । यु क्यान लिभ विथ एनीवन बट आइ कान्ट लिभ विदाउट यु ।" (कृपया मलार्इ विश्वास गर । यहाँ आउm । म तिमीलाइ पर्खिरहेकोछु । म तिमीलाइ तिम्रो भिसा पठाइदिनेछु । तिमी जोसुकैसम्ग बस्न सक्छौ । तर म तिमीबिना बस्न सत्तmिँन ।)
"ओके आइ विल थिङ्‍क ।" (ठिक छ । म सोच्नेछु ।)
उनीहरुको वार्तालाप सकिएपछि म रनभुल्लमा परेँ । मैले क्लाउडियालाइ सोधेँ– "तपाइहरुको कुरा मैले एउटै पनि बुभिँmन त । अर्की केटीसँग ड्‍यानियल बसेको हो कि अर्को केटासँग तपाइ ? कुराकानीले त तपाइले ड्‍यानियललाइ धोका दिएजस्तो देखियो नि ।"
उसले ओठमा फिक्का हाँसो ल्याउँदै मलाइ हेरी अनि केही भन्न खोजेजस्तो गरी हेरी तर केही भन्नुको साटो उल्टो हाँस्न थाली । हाँसोलाइ बल्लतल्ल रोक्दै उसले भनी– "वास्तवमा मैले नै हो ड्‍यानियललाइ धोका दिएको । उm अर्की केटीसँग हैन । बरु म नै मेरो व्याइ फ्रेन्डसँग थिएँ ।"
मैले अचम्म मान्दै सोधेँ– "अनि फेरी तपाइले किन मलाइ ढाँट्‍नुभयो ?"
खितिती हाँस्दै उसले भनी "अनि पागल मान्छेले काही साँचो कुरा भन्छ ? मानिस भन्छन् कि म पागल भइसकेँ । अनि म किन साँचो कुरा भनुँ ? मैले तपार्इलार्इ भुmक्याएँ ।" अनि उm उठेर थप्पडी बजाउँदै उफ्रिन थाली ।
आश्चर्यले भmण्डै ओठ टोकेको म उसले थाहा नपाउनेगरी सुटुक्क त्यस घरबाट भागेँ । पछि मैले थाहा पाएँ क्लाउडियाका कतुतहरुको बारेमा उसको लोग्ने अर्थात् ड्‍यानियलले थाहा पाएपछि उसलाइ छाडेको रहेछ । 46;छि उसको नेपाली केटा साथीले पनि धोका दिएपछि उसले मानसिक सन्तुलन गुमाएकी रहिछ ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :