बिराटलक्ष्मीले शाखा संख्या १२ पुर्यायो

विराटलक्ष्मी विकास बैक लि.ले आफ्नो बाह्रौ शाखा कार्यालय मोर¨ जिल्लाको टंकिसिनवारी तथा विराटनगरको सिमानामा रहेको पुष्पलालचोकमा स्थापना गरेको छ ।
वुधवार बैंकको वाह्रौं शाखा कार्यालयको उद्घाटन गर्दै बैंकका कार्यकारी अध्यक्ष प्रभुप्रसाद पराजुलीले बैंकले शहर, शहरउन्मुख तथा ग्रामिण क्षेत्रका जनताहरुलाई आधुनिक तथा सरल बैंकिङ सुविधा उपलब्ध गराउने नीति अनुरुप बैंकको शाखा कार्यालय मोरङको टंकिसिनवारी ३ पुष्पलालचोकमा विस्तार गरिएको बताए ।
बैंकको शाखा स्थापना संगै टंकिसिनवारी, वैजनाथपुर, झोराहाट, लखन्तरी क्षेत्रका सेवाग्राहीहरुले कम्प्युटराईज्ड् प्रविधिबाट सरल तथा सुलभ आधुनिक बैंकिङ सेवा पाउने बैंकले जनाएको छ । विराटलक्ष्मी विकास वैंकले नगर क्षेत्रका साथै ग्रामिण क्षेत्रका जनताहरुलाई समेत वैंकिङ सेवाको पहुंच पु¥याउने लक्ष्य लिएको छ ।
आ.व.२०६८।०६९ को कात्र्तिक मसान्तसम्ममा बैंकले रु.१ अर्व ८६ करोड भन्दा वढी निक्षेप संकलन  तथा रु. १ अर्व ४४ करोड भन्दा वढी कर्जा लगानी गरि सकेको बैंकका कार्यकारी अध्यक्ष पराजुलीले बताए । बैंकले गत आ.व.०६७।०६८ मा रु. ३ करोड ०३ लाख ०६ हजार खुद मुनाफा गरेको छ । शेयरधनीहरुलाई १०% नगद लाभांस तथा ५% बोनश शेयर वितरण गर्ने प्रस्ताव बैंकले गरेको छ । गत आ.व.०६७।०६८ मा बैंकले १:१.५ का दरले हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी रु. १५ करोड भन्दा बढी पुगेको बताइएको छ ।
साना, मझौला तथा ठूला उद्यमी, व्यापारी, व्यवसायीहरुलाई व्यापार, व्यवसाय, उद्योग संचालन, कृषि, पशुपालन, कृषियन्त्र, आवास निर्माण व्यावसाय, हायरपर्चेज, अधिविकर्ष कर्जा सेवा व्यवसाय तथा सामाजिक कार्यका लागि समेत विभिन्न प्रकारका कर्जा सुविधा उपलब्ध गराउंदै बैंकले गएको वर्षदेखि घरेलु तथा साना उद्योग, दुग्ध व्यवसाय, तरकारी तथा नगदेबाली, महिला उद्यमी तथा शिपविकास जस्ता उत्पादनशिल कार्यक्रमहरुमा समेत लगानी गर्न थालेको छ । बैंकले सुन धितो राखी कर्जा दिने व्यवस्था समेत केही शाखाहरुवाट शुरु गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले बैंक ग्यारेन्टी, भा.रु.सटही, ब्त्ः सेवा ब्द्यद्यक् सुविधा, चेक क्लियरिङ, बजार निर्माता तथा आन्तरिक तथा बाह्य रेमिटेन्स सुविधासमेत उपलब्ध गराएको छ । मंसिर ११ गते बैंकले झापा जिल्लाको विर्तामोडमा तेह्रौं शाखा उद्घाटन गर्नेछ । २०६२ सालदेखि विराटनगरमा केन्द्रिय कार्यालय रही कारोवार शुभारम्भ गरेको बैंकले यस भन्दा अघि आफ्ना शाखाहरु पुर्वको दमक, विराटचौक, सुरुङ्गा, ईटहरी, वुधवारे, इनरुवा, गौरादह, लेटाङ्ग र कंचनवारी , चकरघट्टी र चन्द्रगढीमा स्थापना गरि सफलतापुर्वक कारोवार संचालन गर्दै आएको छ ।
बैंकका कार्यकारी अध्यक्ष प्रभु प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा शिक्षाविद् तथा समाजसेवी जगतबन्धु कार्की, बुद्धिजिवी पं. कृष्णप्रसाद गुरागाई, स्थानिय समाजसेवी भानुभक्त घिमिरे तथा मानगढ वचत तथा ऋण सहकारी संस्थाका चेतराज रेग्मी लगायतले बैंकको उन्नतीको कामना गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन बैंकका सञ्चालक प्रा.डा. खगेन्द्र आचार्यले स्वागत मन्तव्य बैंकका शाखा प्रवन्धक विदुर पोखरेलले तथा कार्यक्रम संचालन कम्पनी सचिव हेमन्तराज न्यौपानेले दिएका थिए । मंसिर ८, हेमन्त न्यौपाने


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :