संसारकै अग्लो भवन : बुर्ज खालिफा

यी तस्वीरहरु ८२८ मिटर अग्लो भवन बुर्ज खालिफाको हो । दुबइमा बनेको यो भवन विश्वकै सवैभन्दा अग्लो भवनका रुपमा परिचय कायम गर्न सफल भएको छ । सन् २००४ देखि बनाउन सुरु गरिएको यो भवनको निर्माण भर्खरै सम्पन्न भएको हो । १ खर्ब रुपैयाको लागतमा बनेको यो भवनको सबैभन्दा अचम्म लाग्दो पक्ष, यो भवनको टुप्पोमा पुगेपछि तपाइले पृथ्वीको गोलाई आफ्नै आखाले देख्न सक्नुहुन्छ । त्यती मात्र होइन, यो भवनको भुइतलामा भन्दा माथिल्लो तलामा झण्डै ६ डिग्री सेन्टीग्रेड चिसो तापक्रम पाइन्छ । एउटै भवनमा ६ डिग्री सेन्टीग्रेड तापक्रम एउटै समयमा कम र बढी पाउन सकिन्छ । भएन त अचम्म । 
यो भवनको सीइओ महमद अलि अलब्बर हुन् । विश्वकै अग्लो भवन भएपछि यो भवनमा कोठा लिन चाहनेहरुको सँख्या समेत बढ्दै गएको छ । आवासको लागि यो भवनलाई खुला गरिएको छ । माग अनुसार कोठाको मुल्य समेत आकाशिएको छ । तपाइ यो भवनमा कुनैपनि कोठा लिन चाहनुहुन्छ भने तपाइले प्रतिवर्गफिट २ लाख ८० हजार रुपैया तिर्नुपर्छ ।
यो भवन बन्नु अघि ताइवानमा रहेको ५०८ मिटर अग्लो भवनलाई संसारको सबैभन्दा अग्लो भवन मानिदै आएको थियो । तर गगनचुम्बी भवन बनाउन संसारभर प्रतिष्पर्धा नै चलिरहेको छ र अहिले संयुक्त अरब इमिरेट्सले बाजी मारेको छ । यो भवनमा कुल १६० तला छ, जुन सेप्टेम्बर ११ मा ध्वस्त भएका दुई भवनमा रहेको कुल तला ११० भन्दा पनि बढी हो ।
यो भवनमा संसारकै अग्लो, तीव्रगतीको र ठूलो क्रेन समेत जडान गरिएको छ भने यो भवनले संसारकै अग्लो सिमेन्टको ढल भएको भवनका रुपमा समेत आफ्नो परिचय बनाएको छ । जुन ६०६ मिटर अग्लो छ । यो भवनमा संसारकै लामो दुरीमा चल्ने तीव्र गतीका ५७ वटा लिफ्ट समेत जडान छ । भवनको बाहिरि भागमा सिसा लगाइएको छ । सिसा सफा गर्नको लागि अटोमेटिक मेसिन समेत जडान गरिएको छ ।
यो भवनको डिजाइन तथा निर्माण दक्षिण कोरियाको कम्पनि, सामसुङ इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले गरेको हो । यो कम्पनिले मलेसियामा केही अघि अग्लो जुम्ल्याहा भवनको रुपमा रेकर्ड बनाएको पेट्रोनास टावर र ताइवानको ताइपेइ १०१ भवन समेत बनाइसकेको छ । यो भवनमा ३३०००० घन मिटरको कंक्रिट प्रयोग गरिएको छ जसको तौल १ लाख १० हजार टन हुन्छ । भवन निर्माणमा ४ हजार टन स्टिल प्रयोग गरिएको छ भने भवनलाई थेग्न बिच भागमा बनाइएको पाइनापल पाइप ३५० टन भारी छ ।
यो भवनमा ३० हजार घर छन् । नौ सुविधासम्पन्न होटल छन् । प्रशस्तै स्वीमिङ पुल समेत विभिन्न तलामा बनाइएका छन् । बुर्ज खालिफा एउटा सिंगो टावर मात्र होइन, सो क्षेत्रमा मानवनिर्मीत १२ हेक्टर क्षेत्रफलको बुर्ज खालिफा ताल र मानिस बस्न मिल्ने १९ वटा साना टावरहरु बनाइएका छन् । पार्किङको लागि नै तीन हेक्टर क्षेत्रफल छुट्याइएको छ । यी सबै संरचनाहरु बुर्ज खालिफा अन्तर्गतका हुन् । यसलाई डाउनटाउन दुबई नाम दिइएको छ । जसलाई पुरा गर्न करिब १४ खरब रुपैया लागेको छ ।
संसारमा अग्लो भवन बनाउने प्रतिष्पर्धा नै चलिरहेको छ । साउदी अरेबीयाका राजकुमार अल वालिद विन तलालले २० अर्ब अमेरिकी डलरको लागतमा १५०० मिटर अग्लो गगनचुम्बी भवन बनाउने उद्घोष गरिसकेका छन् । यो लागत भनेको नेपालको झण्डै पाँच वर्षको राष्ट्रिय बजेट हो । साउदीको राजधानी रियादमा बन्ने यो भवन जुन यो बुर्ज खालिफा भन्दा झण्डै दुई गुणा बढी अग्लो हुनेछ । 
बुर्ज खालिफाका विभिन्न तलाहरु विभिन्न कामका लागि उपयोग गरिएका छन् :
१५६–१५९ तला ः  सञ्चार तथा ब्रोडकास्ट सेन्टरको रुपमा प्रयोग गरिएको छ । 
१५५ तला ः मेकानिकल इपिसेन्टरको रुपमा प्रयोग गरिएको छ । टावरका विभिन्न यन्त्रको नियन्त्रण यसै तलाबाट गरिन्छ ।
१२३ तला ः यो टावरमा टिकट तिरेर चढ्न चाहनेले यही तलाबाट दुबई देख्न पाउँछन् ।
७७–१०८ तला ः यो तलामा मानिस बस्न सक्छन् । यी तलामा बनेका फ्ल्याटहरुको मुल्य माथि उल्लेख गरिसकिएको छ ।
१–८ तला ः होटल ।
Burj Khalifa

Burj Khalifa Tower



INAUGURATION PHOTOS

FROM TO TOP PHOTS – BURJ KHALIFA

photo-taken-from-burj-khalifa








प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :