यस्तो रहेछ ११.११.११ को महत्व


सन् २०११, नोभेम्बर (११ महिना) ११ तारिख । छोटकरीमा ११.११.११ । विश्वकपका ५० भन्दा बढी राष्ट्रका मानिसले शुक्रबारको दिनलाई निकै सुखद र राम्रो रूपमा मनाए । धेरै शताब्दीमै एकपल्ट मात्र आउने यो दिनलाई विश्वका रहेका कुनामा फरकफरक रूपमा मनाइन्छ । किंवदन्तीअनुसार यो दिन शताब्दीमै आउने बिशेष दिन हो । यो दिनमा धार्मिक, सांस्कृतिक क्रियाकलापलाई विशेष मानिन्छ । दम्पती यो दिन आफ्नो बच्चाको जन्मका लागि कुर्ने गर्छन् । विवाहका लागि समेत यो दिनलाई विशेष मानिन्छ । यो गणितीय र धार्मिक रूपमा पनि विशेष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । यो मितिलाई धेरैले 'विशिष्ट' संज्ञा दिएका छन् । सन् २०१०, अक्टोबर, १० तारिखलाई विशेष मानिन्न । कारण, यो अघि र पछि दुवैतिरबाट पढ्दा एउटै हुँदैन । तर ११.११.११ लाई 'पलिनड्रोमिक -अघि र पछि दुवैपट्टबिाट पढ्दा उस्तै)' र वाइनरी -दुई उस्तै) नम्बर हुन् । जसले यो दिनको विशिष्टतालाई झन बढाएको छ ।
नम्बर ११ लाई गणितमा विशेष रूपमा हेरिन्छ । जुन मुख्य र सुरुआत नम्बर हो । यो मितिमा जन्मेका मानिस १ सय ११ वर्ष बाँच्ने पनि मानिन्छ । यो दिनलाई अमेरिकामा भेट्रान्र्स डे तथा अस्ट्रेलिया र क्यानडामा रिमेम्बे्रन्स डेको रूपमा मनाइन्छ । अमेरिकी, क्यानाडेली, अस्ट्रेलियाली जनाता यो दिनको ११ बजे बिहान मौन धारण गर्छन् । जुन उनीहरूले युद्धमा मरेका सेनाको चिरशान्तिका लागि मौन धारण गरेका हुन् । ११.११.११ विवाह, जन्मका लागि मात्र नभई नयाँ कामको सुरुआत गर्न राम्रो मानिन्छ । यो दिनको सम्झनाका लागि पनि सजिलो हुन्छ । अमेरिकामा यो दिन 'द ग्रेट ब्लु नर्थर अफ ११.११.११' भनेर चिनिन्छ । कारण सन् १९११, नोभेम्बर ११ को दिन मौसममा नाटकीय परिवर्तन भएको थियो । जुन अहिलेसम्म विश्वमा कहिल्यै परिवर्तन भएको छैन । त्यो दिनमा दिउँसो सबैभन्दा बढी ८० डिग्री फरेनहाइट -२७ डिग्री सेल्सियस) र बेलुकी सबैभन्दा कम १३ डिग्री फरेनहाइट मुनि -११ डिग्री सेल्सियस मुनि) तापक्रम भएको थियो । एउटै दिनमा भएको यो चमत्कारलाई अमेरिकीहरू विशेष मान्छन् । यो दिनमा जन्मेका बच्चाको डीएनएले सिर्जना गर्न सक्ने बताइएको छ । साथमा यो दिनमा जन्म लिनेको शरीर आधा मानिस र आधा देवताबाट बन्ने बताइएको छ ।
बच्चा शारीरिक, मानसिकलगायत अन्य थुप्रैमा बलियो हुने बताइएको छ । ११.११.११ दोहोरो नम्बरलाई 'मास्टर वा पावर नम्बर' का रूपमा लिइन्छ । जुन सबैमा पोख्त हुन्छ । यो अंकलाई सभ्यताको वृद्धि र अधोगतिको रूपमा लिइन्छ । धार्मिक मनोविज्ञ कार्ल जगले यो नम्बरलाई नौलो रहेको संज्ञा दिए । उनले धेरै नम्बर र त्यसका विशेषताका बारेमा अध्ययन गरेका थिए । तर हाम्रो संस्कृति यो नम्बरदेखि आकषिर्त भएकाको उनले पत्ता लगाए । ११ ले मान्छेको डीएनए माथिल्लो स्तरसम्म पुर्‍याउने छ । ११ नम्बरले सन्तुलन पनि जनाउँछ ।  ११ र ११ जोड्दा २२ हुन्छ । २ र २ जोड्दा ४ हुन्छ, यो 'विशेष' हो । नेपालमा पनि नेपाली तथा विदेशीले यो संयोगको दिनमा विवाह गरे । धेरैले महिलाले बच्चाको जन्मसमेत दिए । कसैले शुभ कामको थालनी पनि गरे । ११ मा गरेको कुनै पनि काम विशेष हुने गर्छ । जसले भविष्यमा पनि निरन्तरता पाउँछ । यो दिनमै फिनल्यान्डका युवा र युक्रेनकी युवती आएर पोखरामा विवाहसमेत गरे ।
यो दिनलाई लिएर 'द सर्च फर ११:११', एन द सर्भिस अफ ११:११' जस्ता किताब पनि लेखिएका छन् । पेरुका ११.११ विशेषज्ञ सोलराले ५० भन्दा बढी देशका मानिसले यो दिनलाई विशेष मान्ने बताए ।
फिल्म क्षेत्रले पनि यो दिनलाई नै लक्षित गरी फिल्म रिलिज गरेका छन् । सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजीका गणित शिक्षकले यो दिन गणितीय रूपमा विशेष रहेको बताए । अमेरिकास्थित सिलिकन भ्यालीका जनताले यो दिनलाई 'नेर्ड न्यु यर' का रूपमा मनाउँछन् । उनीहरूले ११ च्यारिटी शो गर्दै ठूलो पार्टी आयोजना गरेको लसएन्जलर्स टाइम्समा लेखिएको छ । २०६८ कार्तिक २६, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :