ट्रकसाहित्य अब पुस्तकमा


फूल राम्रो गुलाफ काँडा भए पनि,
माया र सम्झ्ना तिम्रै टाढा भए पनि।

यी पङ्क्ति कुनै प्रेमपत्रबाट होइन, ना४ख ४९५ नम्बरको ट्रकबाट साभार गरिएको हो। सडकमा गुड्ने प्रायः ट्रक-बसमा यस्ता अनेक सायरी, उक्ति र सुझ्ाव लेखिएका हुन्छन्, जसलाई आजभोलि ट्रकसाहित्य भनिन्छ। बबन मियाँ नामका पेन्टरले कुनै एउटा ट्रकको पछिल्लो भागमा बुरी नजरवाले तेरा मुह काला लेखेर भारतबाट शुरु गरेको मानिने ट्रक साहित्य आज भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, फिजी लगायतका देशमा लोकप्रिय छ। रङ्गीचङ्गी ट्रकका पछाडिको भागमा लेखिने यस्ता हरफमा उति ध्यान जाँदैन, गइसकेपछि जो पनि मुस्कुराउँछ या गम्भीर बन्छ।
वर्षौंदेखि चलेको, तर ट्रकमै सीमित यो साहित्यलाई सुनसरीका पत्रकार सुविद गुरागाईंले पुस्तकको रुप दिएका छन्। ट्रकसाहित्यबारे यसअघि केही लेख प्रकाशित भए पनि बृहत् अनुसन्धान र विस्तृत विवरणसहित किताबै निस्केको संभवतः पहिलो पटक हो। पुस्तक तयार पार्नुअघि स्थानीय दैनिक तथा साप्ताहिक पत्रिकामा ट्रकसाहित्यबारे लेख्दै आएका सुविदले यसका लागि करिब एकदशक ट्रकहरूलाई पछ्याएको किताब पढ्दा थाहा हुन्छ। पुस्तकले कतै भगवानको भरोसा, कतै मातापिताको आशीर्वाद, कतै कान्छीको अधुरो माया त कतै यातायात मजदुरहरूको भावनाको अन्वेषण गरेको छ।
ट्रकसाहित्यमा विषयगत बौद्धिकता वा सैद्धान्तिक स्पष्टताको कुनै गुञ्जाइस हुँदैन। हल्काफुल्का हुँदाहुँदै पनि सन्देशमूलक र अनुभूतिपूर्ण हुनु यसको विशेषता हो। नेपालका ट्रकहरू प्रेम, यौन, घृणा, व्यावहारिक सुझ्ाव र सामाजिक चेतनादेखि मा'वाद र गान्धीवादसम्मका हरफहरू ब्ाोकेर गुडिरहेका छन्। पुस्तकमा सङ्ग्रहित ना३ख ५७५५ नम्बरको ट्रकको यो हरफ हेरौं:
पत्रकार मुलुकका सचेतक हुन्, यिनलाई मार्न पाइँदैन।
सञ्चारकर्मीप्रति सम्मान र भलो चिताउने यस्ता आवाज हुन् या यातायात मजदुरको हितका लागि जारी गरिएका सन्देश, नेपालका ट्रकहरू सर्वसाधारणलाई साहित्यको रससँगै चेतना दिने खुला विज्ञापन बनेका छन्। केही उदाहरणः
ढिलो गए साहुजीले पैसा कमाउँछन्
छिटो गए त्रिशूलीका माछा रमाउँछन्  ना४ख ४५०५ 
विस्तारै आउनुहोस्, स्वर्गमा ठाउँ खाली छैन। बा१ख ५४९३ र ना४ख ६०६१
हरेक पेजलाई ट्रककै पेन्टिङका फरक-फरक प्रतिलिपिले सजाइएको पुस्तकमा यस्ता ७०० भन्दा बढी अभिव्यक्ति छन् । Himalkhabarpatrika

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :