नेपाल पर्यटन वर्ष फेल : लुम्बिनी भ्रमण वर्ष पास


कराडौं खर्चका वावजुद नेपाल पर्यटन वर्ष २०११ असफल भइसकेको बेलामा सरकारले फेरी सन् २०१२ लाई लुम्बिनि भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ ।
२०११ लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपनि नेपालका पर्यटकीय स्थानहरुमा कुनै खास काम भएनन् । भएका पर्यटकीय क्षेत्रको विकास गर्ने र सम्भाव्यहरुको खोजी र प्रचारप्रसार गर्ने भनेपनि छुट्याएको करोडौं रकम कर्मचारीहरुको भ्रमण र खानपीनमै सकिने क्रममा छ । सभा, सेमिनार र भ्रमण बाहेक पर्यटन वर्षलाई सफल बनाउन उल्लेखनिय काम केही भएनन् । तर विगतको कार्यको समिक्षा नै नगरी सरकारले आगामी वर्ष अर्को नयाँ नारा पारीत गरेको छ ।

साथै सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा 'उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति' गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लुम्बिनी क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाउन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी सहयोग जुटाउन समिति बनाउने निर्णय गरेको हो ।
तीन अर्ब डलर लगानीसम्बन्धी स्रोतको यथार्थ नखुल्दै बृहत्तर लुम्बिनी विकास गर्न दाहालको अध्यक्षतामा समिति बनाउने घोषणा भएको हो । सरकारको सहमतिबेगर तीन अर्ब डलर भित्र्याउन खोजिएको भन्दै विवाद उत्पन्न भएको थियो ।
दाहाल सहअध्यक्ष रहेको चिनियाँ संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसनले लुम्बिनी विकासका लागि नेपाल सरकारसित पूर्वसहमतिबिनै ३ अर्ब डलर लगानी गर्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ । त्यही संस्थाका माध्यमबाट लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन दाहालको अध्यक्षतामा निर्देशक समिति बनाइएको एक मन्त्रीले जनाए । संस्थाले लगानी गर्ने भनेको तीन अर्ब डलर रकम कसरी जुट्छ भन्ने आधार दिन सकेको छैन ।
निर्देशक समितिमा पूर्वसंस्कृतिमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, एमाले नेता मंगलसिद्धि मानन्धर, वनमन्त्री वकिल मुहम्मद, मनोजबहादुर श्रेष्ठ र लुम्बिनी विकास कोषका उपाध्यक्ष पेम्बा लामालाई राखिएको छ ।
लुम्बिनी विकासमा योगदान पुर्‍याउँदै आएका विज्ञ, समाजसेवी, विकासविद् र स्थानीय जनप्रतिनिधि गरी राष्ट्रिय निर्देशक समितिमा ११ जनासम्म सदस्य थप गरिने जानकारी सरकारका प्रवक्ता एवं पररराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
श्रेष्ठका अनुसार राष्ट्रिय निर्देशक समितिलाई ख्यातिप्राप्त विज्ञहरूको सहयोग लिई बृहत्तर लुम्बिनी विकासका लागि गुरुयोजना तयार गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने, बृहत्तर लुम्बिनी विकास परियोजना सञ्चालनका लागि आवश्यक सहयोग जुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल गर्ने जिम्मेवारी दिइएको छ ।
बृहत्तर लुम्बिनी विकास गुरुयोजना क्षेत्र विस्तार गरी तीनवटा जिल्ला रूपन्देही, कपिलवस्तु र नवलपरासीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत सरकारले गरेको छ ।
सरकारले विश्वसम्पदा सूचीमा रहेको र ऐतिहासिक महत्त्वको लुम्बिनीको प्रचारप्रसार संसारभर गरी यसप्रति विश्वकै ध्यानाकर्षण गरी विश्वभरका पर्यटकको आगमन वृद्धि गर्न सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउने निर्णय पनि गरेको छ । भ्रमण वर्षले लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन सहयोग पुग्ने विश्वास सरकारको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई छिमेकी राष्ट्र भारतले गिद्धेदृष्टि लगाउँदै आएको छ । नेपालको लुम्बिनीको ऐतिहासिकतामाथि धावा बोल्दै भारतमा उसले नक्कली लुम्बिनी समेत बनाइसकेको छ र बुद्धको जन्म भारतमा भएको भन्दै विश्व समुदायमा प्रचार समेत गरिरहेको छ । नेपालले मनाउने निर्णय गरेको लुम्बिनी भ्रमण वर्षले भारतको यस्तो बद्नियतपूर्ण कामलाई धक्का पुर्याउँछ । त्यस अर्थमा यो सह्रायिन काम हो । तर नेपाल पर्यटन वर्ष २०११ मा विभिन्न संस्था र व्यक्तिले पर्यटनको नाममा कराडौं हिनामिना गरेका छन्, त्यसको समेत छानविन गरिनुपर्छ । अन्यथा, लुम्बिनी भ्रमण वर्ष २०१२ र दाहालको अध्यक्षतामा गठित समिति त्यही अनियमितताको निरन्तरता मात्र हुनेछ ।
नेपाल सरकारका जिम्मेवार निकायले चासो नदिएको पनि अष्टेलियन सांसद तथा पेनरिथ सहरका मेयर नेपाल पर्यटन वर्ष २०११ को प्रचार प्रसारमा लागेका छन्। 


नेपाल पर्यटन वर्षको प्रचारगर्दै अष्टेलियन सांसद र मेयर

सोमवार सिड्नीको पश्चिममा रहेको पेनरिथमा आयोजित विशेष कार्यक्रममा सांसद डेभिड ब्रडबुरी र मेयर ग्रेग डेभिसले नेपाली पोशाक दौरा सुरुवाल र ढाका टोपी लगाएर नगरबासीलाई नेपालको भ्रमण गर्न आग्रह गर्दै हिँडेका थिए।
सांसद ब्राडबुरी र मेयर डेभिसले पेनरिथ काउन्सिलको बिभिन्न बजार क्षेत्र र पार्कहरुमा पुगेर नेपाल भ्रमण सम्बन्धी पोस्टर र पाम्प्लेट बाँडेर नगरबासीलाई नेपाल भ्रमण गर्न अनुरोध गरेका हुन्। मेयर डेभिसले स्थानीय पत्रकारहरुलाई सम्बोधन गर्दै भने- ' सुन्दर देश नेपालको भ्रमण गर्न म नगरबासीलाई अनुरोध गर्छु।' यस्तै सांसद ब्राडबुरी नेपालीहरु मेहनेती र इमान्दार मात्र नभइ सांस्कृतिक रुपमा पनि धनी भएको उल्लेख गरे।
पश्चिम सिड्नीमा आउने नेभेम्वर ५ मा आयोजना हुनलागेको "भिजिट नेपाल २०११" नाम दिइएको कार्यक्रमको बारे स्थानीयलाई जानकारी दिन पेन्रिथ काउन्सिलले यो प्रचारात्मक कार्यक्रम गरेको हो।
कर्यक्रम संयोजक कविन जोशीका अनुसार सरकारले सुरु गरेको नेपाल भ्रमण वर्ष २०११को प्रचार प्रसार गर्न यहाँका जिम्मेवार निकायले चासो नदेखाएपछि ब्यक्तिगत खर्च र स्वयंसेवक साथीहरुको सहयोग उक्त कार्यक्रम गर्न लागेको हो। सेन्ट मेरो मेमोरियल हल सेन्ट मेरीमा हुने उक्त कार्यक्रमाको मुख्य आकर्षणको रुपमा अष्टेलियका प्रथम सगरमाथा आरोही लिंकन हल, प्रखर वक्ता एवं लेखक क्रिस वाकार र समाजसेवी ग्यावी होलोको सहभागिता रहने छ।
purwanews, with the help of ekantipur and nagariknews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :