एप्पलका संस्थापक जब्सको निधन


एप्पलका संस्थापक स्टिभ जब्सको आज बिहान निधन भएको छ। प्रविधिको क्षेत्रमा आइफोनपछि आइप्याड सार्वजनिक गरेर नयाँ युगको घोषणा गरेका जब्सको निधनसँगै सूचना प्रविधिको एक युग समाप्त भएको छ। जब्स लामो समयदेखि क्यान्सरबाट पीडित थिए। पर्सनल कम्प्युटरदेखि माउसको परिकल्पनाकार उनी २१ वर्षको उमेरमा एप्पल कम्पनीको संस्थापक थिए।  उनको ५६ वर्षको उमेरमा निधन भएको हो।

'हामी दुखका साथ आज स्टिभ जब्सको निधन भएको जानकारी दिन चाहन्छौं,' कम्पनीको बोर्ड अफ डाइरेक्टरले विज्ञप्तीमार्फत भनेका छन्, 'स्टिभको क्षमता, धैर्य र उर्जाले नै हाम्रो जीवनमा यस्ता प्रविधिले आइपुगेका छन् जसले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ। स्टिभका कारण विश्वभर अतुलनीय सुधार ल्याएको छ।'
उनको निधनलगत्तै शोक ब्यक्त गर्नेहरुका वक्तव्य आउन थालेका छन्। सूचना प्रविधिका साम्राट मानिएका बिल गेट्सले उनको निधनमा दुख प्रकट गर्दै टुइट गरेका छन्, 'जब्ससँग काम गर्न पाएकोमा मलाई गर्व छ।'
सिलिकन भ्यालीका आइकन मानिएका संसारकै ठूलो प्रविधि कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत रहेका जब्सले गत अगस्टमा उक्त पदत्याग गरेका थिए।
पर्सनल कम्प्युटर, आइपड, म्याकबुक, आइफोन, आइप्याडजस्ता संसारकै लोकप्रिय उत्पादन उनकै कार्यकालमा भएका हुन्।
एप्पलका संस्थापकको निधनले भारतीय सफ्टवेयर निर्माताहरुलाई निक्कै धक्का लागेको छ। एप्पलका लागिमात्रै भारतबाट हजारौखाले एप्लिकेसन्सहरु तयार हुँदै आएको छ।
भारतको सबैभन्दा ठूलो मोबाइल एप्लिकेसन्स उत्पादक सोर्सबाइटका संस्थापक रोहित सिंघलका अनुसार एप्पलका लागि तयार पारिएका ५ लाख एप्लिकेसन्समध्ये १० प्रतिशत भारतमा तयार भएका हुन्। एप्पलका संस्थाप स्टिभ जब्सको निधनको भोलिपल्ट सिंघलले उक्त कुरा बताएका हुन्।
सिंघललेमात्रै एप्पलका लागि ३ सय एप्लिकेसन्स तयार पारेका छन्। उनले तयार पारेको नाइट स्ट्यान्ड र अलार्म क्लक आइफोन र आइप्याडमा मात्र तीन महिनामा ३० लाख भन्दा धेरैले डाउनलोड गरेका छन्। जब्सको निधनले यस्ता डेभलोपरहरुलाई धक्का पुगेको छ।
आइफोन र आइप्याडका कारण भारतीय डेभलोपरहरुले कम्प्युटरको एप्लिकेसन्स बनाउन छाडेर मोबाइल बजारमा हात हालेका हुन्। जब्सको एप स्टोरका कारण नै भारतीय डेभलोपरहरुले आफूलाई सक्रिय बनाउन सके। पूराना मात्र होइन नयाँ लगानीकर्तामा समेत यसले हौसला बढायो।
अमेरिकामा रहेको वर्ल्ड मोबाइल एप्लिकेसन्स मार्केटको अध्ययन अनुसार सन् २०१५ सम्म मोबाइल एप्लिकेसन्सको बजार २५ अर्ब डलरको हुनेछ। २०१० मा यसको बजार ७ अर्ब डलरको मात्र छ। यति ठूलो बजार हुनुमा एप्पल र त्यसलाई फलो गर्दै आएका स्मार्टफोन र टेबलेट्हरुको प्रमुख भूमिका छ।
असोज १९, nagariknews

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :