‘गरिब’ लामा दाजुको जाँड पार्टी
जब राती अनि बुढी ताती भन्ने नेपाली उखानको सान्र्दभिकता झल्कँदै छ इटहरीमा । विषेशतः सवारी दुर्घटनाको विषयलाई नै जोडौ यो सबैको लागी दुख कुरा हो । इटहरी क्षेत्रमा निक्कै नै सवारी दुर्घटनाहरु हुने गरेका छन् त्यो पनि दैनिक जसो । तर इटहरी नै पूर्व क्षेत्रिय कार्यालय बनाएर बसेको ट्राफिक प्रहरीले खासै कुनै पनि उल्लेख्य काम गर्न सकेको छैन् ।
दशै पनि नजिकिनु र बाटोमा सवारी चेक जाँच पनि बढाइनुलाई राती तब बुढी ताति भन्ने उखानसँग मिल्दो जुल्दो छ भन्न सकिन्छ । हिजोसम्म यस क्षेत्रमा गम्भीर प्रकृतिका ट्राफिक नियमहरु उलंघन हुदा“ पनि यहा“का ट्राफिकहरु आँखामा अपारदर्शक चस्मा लगाएर बसेका थिए । तर दशै नजिकै आइसकेपछि माइनस ७ को पावर थपेर सवारी चेकजाँच थालेका छन् ।
पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रकाश लामाले केही दिन अगाडी इटहरीमा एक कार्यक्रम आयोजना गर्दै सबैलाई ट्राफिक व्यवस्थापनको.लागी निर्देशन दिए । उनले निर्देशन दिँदै गर्दा कार्यक्रममा उपस्थित प्रभुत्व व्यक्तिहरु भने खासखुस कुरा गर्दै थिए, ‘ताइ न तुइको कार्यक्रम । दशै खर्च असुल्ने तयारी हो यो सब ।’
त्यही कार्यक्रम मार्फत् इटहरीमा ट्राफिक व्यवस्थापन गर्नका लागी असोज १३, १४ र १५ गते इटहरीमा ट्राफिक जनचेतना कार्यक्रम आयोजना गर्ने निधो गरियो ।
अरु दिन सडकमा सिटि बजाएर दिन काट्ने ट्राफिक प्रहरीहरुको पनि दैनिकी पर्लक्कै पल्टीएको छ । गोजीमा सिटि हातमा अर्धकट्टी विनाको विल र पाँ“च रुपैयाको युज एण्ड थ्रो पेन । व्यस्त देखिन्छन्, बिल काट्न । बिचरा सवारी चालकहरुलाई पनि हैरानी, सरकारी गुण्डाहरुलाई कर तिर्दा तिर्दा । धरान काँकडभिट्टाको रुटमा चल्ने एक बसका चालकले हैरानीमा कुरा सुनाउँछन् । खुल्मखुल्ला लुट र भ्रष्टाचार, त्यो पनि सवारी दुर्घटना न्यूनिकरण गर्ने बहानामा । लाज पनि नलाग्या ।
असोजे विहानीमा प्लेकार्ड बोकेर दिक्क लाग्दो लाममा हिड्न फोन गरेर बोलाउँछन् ट्राफिक प्रहरी प्रमुख लामा, ‘हजुर भोली जसरी भए पनि आउनु प¥र्यो ।’ ताइ न तुई । बाटोमा प्लेकार्ड बोकेर हिड्दैमा सवारी दुर्घटना न्यूनिकरण हुन्छ र ?
ट्राफिकले आयोजना गरेको जनचेतना अभियानमा सहभागी नागरिक समाज इटहरीका अध्यक्ष राजेश श्रेष्ठ चेतनाको कार्यक्रम अघिल्लो दिन नभइ ५ महिना अघिदेखि तयारी गर्नुपर्ने बताउँछन् ।
के सवारी दुर्घटना न्यूनिकरण गर्ने उपाय अनि तरिका यहि हो त ? प्लेकार्ड बोकेर सडकमा नारा लाउँदैमा सवादी दुर्घटना कम हुन्छ ? ट्राफिक प्रहरीले जनताको आखामा छारो हाल्ने काम मात्र गरिरहेको छ । यो जनाताको ठहर हो । संसारमा नभएको प्रकृया अपनाएर सवारी दुर्घटना न्यूनिकरण गर्ने प्रयत्नमा छन् प्रमुख लामा ।
झनै चाख लाग्दो कुरा के हो भने अचेल पूर्व क्षेत्रिय ट्राफिक कार्यालय इटहरी जाँड खाने भट्टी रुपमा परिणत हुँदै गएको छ । लामा दशै शुभकामनाको बहानामा दैनिक जसो कार्यालयमै जाँड पार्टी आयोजना गरिरहेका छन् । शुभकामना आदानप्रदान कार्यक्रमको रुपमा निमन्त्रण भयो । म पनि पुगँे । तर माहोल बुझ्दा जाँड पार्टी रहेछ । विस्तारै कुनै वहाना बनाएर निस्किएँ । स्रोतका अनुसार यस क्षेत्रका ठूला कम्पनिहरु तथा संघ संस्थाहरुसंग पार्टी आयोजना गर्दै दशै खर्च मागिरहेका छन् । सरकारले दशैको वहानामा कुनै पनि प्रकारको खर्च नमाग्न उर्दी जारी गरेको छ ।
लाज लाग्छ भेट हुदाँ । लामा दाई खर्चको अभावमा कार्यालय सञ्चालनमा समस्या भएको बताउने गर्छन् । तर दशैको चहलपल सुरु भएको केही दिन यता प्रत्येक दिन जार्ड पार्टी आयोजना समेत गर्छन् । कार्यालय सञ्चालन गर्ने खर्च अभाव भएको गुनासो गर्ने र हरेक काम र ट्राफिक सचेतनाका सामाग्रीको प्रायोजक खोज्ने पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी लामा दाइले दिनहुँजसो पत्रकारको लागि जाँड पार्टी आयोजना गर्ने खर्च कहाँबाट जुटाउँछन् ? यो खोजनिय विषय बनेको छ ।
हाल ट्राफिक प्रहरीले गर्दै आएको विभिन्न कृयाकलापहरुलाई हेरेरै सर्वसाधारणले आरोप लगाएको हो की जस्तो लाग्ने गर्छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने वहानामा दशै खर्च उठाउने योजना मात्र बनाउँदैछ, ट्राफिक प्रहरी कार्यालय । मिलन लिम्बू
प्रतिक्रिया दिनुहोस् >>