स्काइ फोन ६ सयमा पाइने
Posted by
purwanews
Published on
Wednesday, September 14, 2011
नेपाल टेलिकमले आगामी असोज १ गतेदेखि लागु हुने गरी सिडिएमए स्काइफोन सेवाको ग्राहक शुल्क परिमार्जन गरी रु ६०० कायम गरेको छ ।यसमा सेवाको टक भ्यालु रु पाँच सय बराबरको हुनेछ । यसअघि सिडिएमए स्काइफोन सेवाको टक भ्यालु रु पाँच सय बराबर र ग्राहक शुल्क रु १ हजार १३५ थियो ।
कम्पनीको आधारभुत टेलिफोन सेवा (पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटी) बाट अर्को अञ्चलमा रहेको कम्पनीकै मोबाइल सेवा (जिएसएम र सिडिएम) मा कल गर्दा लाग्ने विद्यमान दरलाई परिमार्जन गरी प्रति मिनेट रु एक (कर बाहेक) कायम गरिएको छ । यसअघि यो दर रु दुई रहेको थियो ।
यो व्यवस्थाबाट पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटीबाट कम्पनीको मोबाइल नेटवर्कमा कल गर्दा मुलुकभर एउटै महसुल कायम हुने प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए ।
कम्पनीको आधारभूत टेलिफोन सेवाबाट अर्को अञ्चलमा रहेको कम्पनीकै पिएसटिएन, सिडिएमए फिक्सड् र भिएसएटी सेवामा कल गर्दा लाग्ने विद्यमान महसुल दरलाई व्यावसायिक प्रवर्धनका लागि परिमार्जन गरी आइतबारदेखि शुक्रबारसम्म विजिनेस आवरमा (बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म) प्रतिमिनेट रु.१।५० कायम गरिएको छ । यससघि यो दर रु दुई थियो ।
आधारभूत टेलिफोन सेवाको २०६७ असार मसान्तसम्मको वक्यौता महसुल आगामी मङ्सिर मसान्तसम्ममा बुझाएमा सोमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गर्ने व्यवस्था गरिएको छ ।
व्यावसायिक प्रवर्धनका लागि कम्पनीको नेटवर्कबाट जिपिआरएस/पिएसडिएन/इभिडिओ/थ्रिजी डाटा सेवाको महसुल दर दशपैसा प्रति सय केबी (कर बाहेक) यही भदौ २३ गतेदेखि नै लागु गरिसकिएको छ । यसअघि उक्त दर १५ पैसा रहेको थियो ।
भाद्र २८, ekantipur
प्रतिक्रिया दिनुहोस् >>