किन प्रदर्शनमा आएन देवयानी ?


चलचित्र सिलसिलापछि प्रदर्शनमा आउने भनिएता पनि चलचित्र देवयानी अकस्मात पछि सरेको छ । चलचित्र विकास वोर्डका सदस्य समेत रहेका वीजय वस्नेतले निर्देशन गरेको यो चलचित्र पछि सर्नुको मुख्य कारण रि सुटलाई वनाईएको छ । चलचित्र प्रदर्शन आउने मितिमा अर्को चलचित्र ठेगाना प्रदर्शनमा आएको थियो ।

आखिर देवयानी किन पछि सर्‍यो त ? के वास्तवमै चलचित्र रि सुट गर्नुपर्ने नै हो त ? चलचित्रको अन्तिममा एउटा दृश्य समावेश गरीएको छ, जसमा ९ वर्षिया एक वालिकाले नायक निखिल उप्रेतीलाई गुलाबको फूल दिएर, के छ विचार भन्ने प्रश्न गर्छिन ? यो कुरालाई देवयानी हेरेका केही व्यक्तिहरुले प्रेम प्रस्तावको रुपमा वुझेछन् । गुलावको फूल दिएर के छ विचार भन्दा प्रेम प्रस्ताव हुने ठहर गर्दै केही व्यक्तिहरुले यो दृश्य हटाउन आग्रह गरेपछि चलचित्रको रिसुट गर्न लागिएको वताईएको छ ।
यो दृश्यले वालमनोविज्ञानमा असर पुग्ने भनाई केही चलचित्र हेरेका व्यक्तिले प्रतिक्रिया दिएपछि यसका निर्देशक तथा निर्माता वीजय वस्नेत चलचित्रको रिसुट गर्ने सोचमा रहेका छन् । तर, अचम्मको कुरा के छ भने, चलचित्रको यो दृश्यमा सेन्सर वोर्डले कुनै आपत्ति जनाएको थिएन, र यो चलचित्र विना रोकवाट सेन्सर पास भएको थियो । सेन्सर वोर्डले नरोकेको यो दृश्यलाई केही व्यक्तिको भनाईलाई आधार मान्दै रिसुट गर्न तर्फ लाग्नु आफैमा अचम्मको विषय रहेको छ ।
चलचित्र सिलसिला पछि प्रदर्शनमा आउने भनिएको थियो । तर यसका निर्माता समेत रहेका विकास वोर्डका सदस्य रहेका वीजय चलचित्र चलाउने मनस्थितीमा थिएनन् । कारण यो चलचित्र सोह्र सराद्धे परेको समयमा प्रदर्शनमा आउने निश्चित थियो । तर सोह्र सराद्धेको समयमा चलचित्र चलाउदा राम्रो चल्दैन भन्ने आम चलचित्रकर्मीको धारणा छ ।
यसैले सोह्र सराद्धेमा चलचित्र चलाउने मनस्थितीमा थिएनन् वीजय । यसैले पनि वीजय चलचित्र पछि सार्न खोज्दै थिए । चलचित्रको ईजरायलमा पि्रमीयर पनि गरीयो, जहाँ यो दृश्य हटेन । चलचित्र देवयानीको विहीवार काठमाण्डौमा च्यारेटी शो पनि हुदैछ, जहा पनि पुरानै दृश्य राखेर चलचित्र देखाउने तयारीमा रहेको छ, यसको निर्माणपक्ष । पि्रमीयर र च्यारेटी शोमा समेत पुरानै दृश्य राखेर चलचित्र चलाएको र चलाउने तयारी गरीरहेको यसको निर्माणपक्षले आखीर किन यो दृश्य हटाएर रिसुट गर्नुपर्ने आवश्यकता ठानेन ?
तर, हलमा चलाउदा रिसुट गर्नु पर्ने कुरा आफैमा अचम्मको छ । चलचित्र क्युमा आएकाले सोह्र सराद्धेको समयमा नचलाउन रिसुटको नाटक त गरीएको होईन भन्ने प्रश्नमा यसका निर्देशक विजय वस्नेतले यसो नभएको प्रतिक्रिया दिए । रिसुटमा के कुरा छायांकन गरीन्छ त, चलचित्रमा ९ वर्षिया वालीकाले गुलावको फूल दिएपछि नायक निखील उप्रेती कुनै जवाफ नदिईकन त्यहावाट हिड्छन् । यत्ति दृश्य छायांकन गर्ने तयारी गरिरहेको छ, यसको निर्माणपक्ष । चलचित्र यदि रिसुट गर्नु नपरेको भए, असोज ६ गतेवट चल्ने सम्भावना पनि थियो । तर, यसको होल्डओभर असोज २० गतेपछिवाट मात्र गठना हुने थियो ।
हल संचालक र वीजयविच यो विषयमा पनि सम्झौता भैसकेको रहेछ । २ हप्ता चलचित्र हलमा राम्रो नगएपनि हलवाट भने उत्रदैनथ्यो देवयानी । तर, रिसुटकै कारणले चलचित्र नचलाएको रहस्य पनि खोले यसका निर्देशकले । जे होस्, चलचित्र देवयानीको प्रदर्शन मिति अव भने अनिश्चित वनेको छ । चलचित्र देवयानी भनेको समयका नचल्दा यसका निर्देकलाई भने, के खोज्छस् काना आखा झै भएको छ । सोह्र सराद्धको भुतवाट पन्छिन खोजेका विजय राम्रैसग उम्केका छन् । आखिर जमाना नै चलाख मान्छेको त हो । onlinekhabar

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :