गिनिज बुकमा अग्ली कुकुर्नी
Posted by
purwanews
Published on
Wednesday, September 28, 2011
यो भिमकाय कुकुर, मालिक्नी साहेब जस्तो गरी निकै राम्रो बिछौनामा सुत्ने गर्छ । यो कुकुर आफ्नी आमाभन्दा ८ इन्च तथा बाबा भन्दा ४ इन्च अग्लो रहेको बताइएको छ ।
अमेरिकाको इलिनोइसमा रहेको झण्डै ६ फिट अग्लो कुकुरले विश्वकै सबैभन्दा अग्लो पोथी कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । ‘सुपर नोभा’ नामको उक्त कुकुर ५ फिट ११ इन्च अग्लो रहेको समाचार छ । स्थानीय एन सप्लीले पालेको यो कुकुरको तौल झण्डै ७० किलो छ र यसले एक हप्तामा साढे १३ किलो खाना खाने गर्छ ।
कुकुरलाई विश्वकै सबैभन्दा अग्लो पोथी कुकुर बनाउन आफुले ठूलै मेहेनत गरेको भन्दै कुकुरकी मालिक्नी सप्लीले अहिले आफुलाई निकै रमाइलो लागेको बताउँछिन् । कुकुरले खरबुजा निकै मीठो मानेर खाने गरेको उनको भनाइ छ ।
कुकुर यति ठूलो भएपनि निकै डरछेरुवा छ । साना साना कुकुरहरु भुक्दा पनि सुपर नोभा निकै डराउँछ ।
onlinekhabar
प्रतिक्रिया दिनुहोस् >>

