१०० वर्षका धावक


imageउनी विश्वका सबैभन्दा पाका म्याराथन धावक हुन् । उनी सय वर्ष पुगे । तर, फौजा सिंह आराम गर्ने पक्षमा छैनन् । सिंहले ११ वर्षयता मात्र सात म्याराथन पूरा गरिसके । स्कटल्यान्डको इडेनबर्गमा २०१२ मा हुने दौडमा सबैभन्दा अगाडि उनले नै आफ्नो नाम दर्ता गराएका छन् ।
अहिले उनी दैनिक १० माइल दौड्छन् । अदुवाको तरकारी र प्रशस्त चिया खाएकाले आफू सय वर्षसम्म पनि तन्नेरीझंै दौडन सफल भएको उनी दाबी गर्छन् 'म पढेलेखेको मानिस त होइन  । तर, म सधै खुसी रहन्छु, केही च्यारिटी काम गर्छु, स्वास्थ्य र सकारात्मक रहन्छु,' उनी भन्छन् । कैयौँले आफूलाई नदौड्न भने पनि आफू नमान्ने उनी बताउँछन् । स्वास्थ्य रहन चिन्तामुक्त हुनुपर्ने उनको ठहर छ ।
'आफूले परिवर्तन गर्न नसक्ने विषयको चिन्ता लिएर के गर्नु ?' उनी प्रश्न गर्छन् । आफूसँग भएको जीवन, सम्पत्ति, अवसरमा खुसी हुन तर मिहिनेत भने गरिरहन उनी सल्लाह दिन्छन् । १९११ अपि्रल १  मा जन्मिएका सिंह नकारात्मक मानिसको संगत कम गर्ने गरेको बताउँछन् । भारतको पञ्जावमा हुँदादेखि नै उनी कुद्न मन पराउँथे । तर, बि्रटेन आएदेखि उनको दौडप्रतिको मोह थप बढेको छ ।
फौजा सिंहले कोच हरबिन्दर सिंहको सहयोगमा अन्य सेवानिवृत्त व्यक्तिलाई दौडमा चुनौती दिन थाले ।  उनले लन्डनमा पाँच, क्यानडाको टोरन्टोमा एक र न्युयोर्कमा एक म्याराथनमा भाग लिइसकेका छन् । टोरन्टोमा भएको म्याराथनमा सिंहले ९० वर्षमाथिका उमेर समूहमा विश्व रेकर्ड नै राखेका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :