केन्यामा एक करोड ७६ लाख वर्ष पुराना हाते बन्चरो भेटियो
Posted by
purwanews
Published on
Friday, September 2, 2011
आएको छ । केन्याको उत्तरी टुर्केनामा एक करोड ७६ लाख वर्ष पुराना पुरातात्विक वस्तु फेलापरेका छन् । टुर्केनामा अवस्थित एक पोखरीमा उत्खनन गर्ने क्रममा ती हात-हतियार भेट्टाएको बिबिसीले जनाएको छ ।
मानव संस्कृतिको 'होमो इरेक्ट्स'को समयमा बनेका हातेबन्चरोहरू उत्खननको क्रममा प्राप्त भएका हुन् । पुरातत्वविज्ञका अनुसार ती हातेबन्चरो काठ तथा मासु काट्का लागि प्रयोग गरिन्थे । 'त्यसवेलाका मानव पुर्खाहरूले जनावरलाई मार्ने तथा मासु काट्नमा ती हतियार प्रयोग गरेको देखिन्छ,' न्युजर्सीको रुट्गर्स विश्वविद्यालयका प्रोफेसर रोनाल्ड क्विमले बताए ।
'बन्चरोको दायाँ-बायाँको भागहरू निकै चुच्चो छ, बन्चरो समात्नका लागि तलतिर सामान्य गोलो बनाएको छ,' उनले भने । यता वैज्ञानिकले ती हातहतियारलाई 'स्विस चक्कु'को नाम दिएका छन् ।
'सम्भवतः यो हतियारहरू होमो इरेक्ट्सको पालामा बनेको हुनुपर्छ,' प्रो. क्विमले भने, 'मानवको पुर्खामध्ये पर्ने होमो इरेक्ट्सको केही समूह केन्यामा बसोवास गरेको पाइयो ।' प्राप्त बन्चरा औसतमा २३ सेन्टिमिटरका छन् ।
कतिपय हतियार मानव आकारका पनि छन् । अनुसन्धानकर्ताले सार्वजनिक गरेका चार फोटामध्ये दुईवटा मानवआकृतिका देखिन्छन् । एसिया तथा अपि|mकाका बसोवास गर्ने 'होमो इरिक्ट्स'को अस्तित्व करिब ७० हजार वर्ष पहिले समाप्त भएको प्रो. रोनाल्डले बताएका छन् ।
यता, लिभरपुल विश्वविद्यालयका जोन गोल्वेटले टुर्केनामा प्राप्त होमो इरेक्ट्सको हातहतियारले मानव संस्कृतिमा एक कोसेढुंगे सावित हुने दाबी गरेका छन् ।
'हुन त एसिया तथा अपि|mकामा बसोवास गर्ने ती प्रजातिका मानवबारे थप नयाँ कुरा बाहिर आउँदा इतिहासमा केही पाना थप्ने काम भएको छ,' जोनले भने । जोनको नेतृत्वमा रहेको टोलीले टुर्केनामा अनुसन्धान गरेको हो । उत्खननको काम पूरा भएपछि यसबारे थप नयाँ कुरा प्राप्त हुन सक्ने उनले बताए । 'हामीलाई विश्वास छ, होमोको समयभन्दा पनि अगाडिको सस्कृतिसम्म पुग्न सकिन्छ,' जोनले थपे ।
यता, केही प्राध्यापक तथा पुरातत्त्वविद्ले ती हातहतियार अरुलिय समयका हुनसक्ने दाबी गरेका छन् । उनीहरूका अनुसार हातेबन्चरोको आकार तथा बनावट सीधै अरुलियमा बनेकोजस्तो देखिन्छ । nayapatrika
प्रतिक्रिया दिनुहोस् >>
