फिटनेसमा तन्नेरी

मानिसलाई तन्दुरुस्त रहन सन्तुलित भोजनसँगै शारीरिक व्यायामको समेत आवश्यकता पर्छ । व्यस्त जीवनशैली, सवारी साधनमा हुइँकिने र कार्यालयमा घुमाउने कुर्सीमा बसेर काम गर्ने प्रवृत्तिले सहरिया जीवन शारीरिक व्यायामबाट बिमुख हुँदै गएको छ । यसलाई ध्यान दिएर उत्पादन गरिएका फिटनेसका सामग्रीले सहरिया उपभोक्तालाई आकषिर्त गर्दै लगेको छ ।
आफूलाई मोटाउँदै गएको अनुभव हुन थालेपछि सुकेधाराका हरीश लामिछानेले भर्खरै ट्रेड मिल किनेर ल्याएका छन् । 'बिहान सडकमा दगुर्दा धूलो, धूवाँ र सवारीसाधनको चापले अप्ठ्यारो महसुस हुन थाल्यो,' उनले भने, 'घरमै दगुर्ने अभ्यास गर्न सकिने देखेर ल्याएँ ।' उनलाई यो मेसिनले शरीरको बोसो घटाउँदै लगेजस्तो लागेको छ ।
'बढी पोषणले मानिस मोटाउँदै जान थालेका छन्,' शारीरिक व्यायामका सामग्रीको नेपालमा कारोबार गर्दै आएको फिटनेस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवाल भन्छन्, 'मोटोपनालाई चिकित्सकहरू रोगको घर भन्छन् । त्यसलाई हटाउन फिटनेसका सामग्री उपयोगी हुन्छन् ।' हिँडडुल, खेतबारीमा शारीरिक श्रम गर्दा मानिसलाई शारीरिक अभ्यास पुग्छ । 'हाम्रो शरीरलाई आवश्यक पर्ने क्यालोरी -शक्ति) शारीरिक श्रम गर्दा जलेर नष्ट हुन्छ,' सिलवाल भन्छन्, 'श्रम नगर्नेको क्यालोरी बोसोका रूपमा शरीरमा थुपि्रँदै जान्छ ।'
फिटनेसका सामग्रीमा केहीबेर अभ्यास गरेपछि त्यो क्यालोरी जलेर पसिना हुँदै निस्कन्छ । फिटनेसका सामग्रीमा अभ्यास गरेपछि हत्तपत्त रोग नलाग्ने उनी दाबी गर्छन् ।
नयाँ पुस्तामा तन्दुरुस्त हुने चाहना बढ्दै गएकाले फिटनेसका सामग्रीको माग उच्च हुँदै गएको स्पेक्ट्रम मर्चेन्डाइजका सुजन श्रेष्ठ बताउँछन् । धर्मश्री, मिस्टर नेपाललगायत विभिन्न शारीरिक सुगठनका प्रतियोगिता हुने क्रम बढेकाले शरीरलाई सुगठित बनाउने चाहना युवाहरूमा देखिएको छ । समय बचत हुने, सडकमा दगुर्दा ट्राफिक चाप, धूलो, धूवाँको समस्याबाट समेत मुक्ति पाइने भएकाले घरमै फिटनेसका सामग्री राखेर अभ्यास गर्ने क्रम बढेको उनले बताए ।
सर्वसाधारणको स्वास्थ्यप्रति सचेतना बढेको देखेर टोलटोलमा हेल्थ क्लब, जिमखाना, फिजियो थेरापी केन्द्र खुल्ने क्रम पनि बढेको छ । ठूलो लगानीमा खुल्ने होटलहरूले छुट्टै हेल्थ क्लब सञ्चालन गर्ने गरेका छन् । यस्तै करोडभन्दा बढी लगानी गरेर बनाइएका घरमा फिटनेसका लागि छुट्टै कोठाको व्यवस्था गर्ने क्रम बढेको फिटनेस च्वाइसका प्रबन्ध निर्देशक सिलवाल बताउँछन् ।
बजारमा शरीरका सबै अंगलाई दुरुस्त राख्न आवश्यक पर्ने सामग्री उपलब्ध छन् । 'टाउकोदेखि पैतालासम्म शारीरिक अभ्यासका लागि आवश्यक सामग्री उपलब्ध छन्,' सिलवालले भने, 'सडकमा दगुर्दा, साइकल चलाउँदालगायत अरू शारीरिक श्रम गर्दा हुने अभ्यास फिटनेसका सामग्रीबाटै गर्न सकिन्छ ।'
बजारमा व्यापारिक र घरमा व्यक्तिगत प्रयोजनका लागि आवश्यक फिटनेसका सामग्री उपलब्ध छन् । घरमा प्रयोग गर्ने सामग्री थोरै क्षमताका र सस्ता छन् । जिमखाना, हेल्थ क्लबलगायत व्यावसायिक संस्थामा भने एकै पटक धेरैजनाले अभ्यास गर्न मिल्ने  सामग्री राखिन्छ । व्यापारिक प्रयोजनका त्यस्ता सामग्री भने निकै महँगा हुने फिटनेस च्वाइसका सिलवाल बताउँछन् । फिटनेसका सामग्री विद्युत्ले चल्ने -इलेक्टि्रक) र आफैंले चलाउनुपर्ने स्वचालित हुन्छन् । इलेक्टि्रकमा शारीरिक अभ्यास गर्दा बटन दबाएर आफूलाई चाहिएअनुसार गति बढाउन/घटाउन सकिन्छ । म्यानुअलमा भने आफंैले बल लगाएर चलाउनुपर्ने हुन्छ । इलेक्टि्रकमा संगीत सुन्दै अभ्यास गर्न मिल्ने, आपmनो अभ्यासको गति डिस्प्लेमा हेर्न मिल्ने, मुटुको गति देखाउने सुविधा हुने स्पेक्ट्रम मर्चेन्डाइजका श्रेष्ठ बताउँछन् ।
बजारमा रहेका फिटनेसका सामग्रीमध्ये मोटराइज्ड ट्रेड मिल बढी चल्तीमा छ । व्यापारीका अनुसार यसमा एलसिडी टिभी डिस्प्लेसहित भएका इलेक्टि्रकदेखि मेनुअलसम्म उपलब्ध छन् । यसमा खासगरी दगुर्ने अभ्यास गरिन्छ । इलेक्टि्रक ट्रेड मिलमा विद्युतीय गतिमा आफूलाई चाहिएअनुसार दगुर्न सकिन्छ । म्यानुअलमा भने आफैं दगुर्नुपर्छ । कुन गतिमा दगुरेको छु भन्ने डिस्प्लेमा देख्न सकिन्छ ।
बिहान हिँड्नेहरूका लागि भने यो मेसिन आवश्यक छैन । हिँड्न समय नपाउनेहरूका लागि भने यो निकै उपयोगी छ । यसमा आधा घन्टा अभ्यास गरेपछि शरीरका सबै अंग तन्दुरुस्त हुने फिटनेस च्वाइसका सिलवाल बताउँछन् । यसको मूल्य घरायसी प्रयोजनका लागि १५ हजारदेखि १ लाख ८५ हजार रुपैयाँसम्म पर्छ । व्यावसायिक प्रयोजनका लागि आवश्यक ट्रेड मिलको भने ४० हजार रुपैयाँदेखि ८ लाख ५० हजार रुपैयाँसम्म पर्छ।
त्यसपछि अर्को चलेको फिटनेस सामग्री साइकल हो । बसेर चलाउन मिल्ने यसले हात र खुट्टाको अभ्यास गराउँछ । यसमा संगीत सुन्दै आफूले चलाएको गति हेर्न मिल्ने सुविधासमेत हुन्छ । यो मेसिन पनि १५ हजार देखि १ लाख ४५ हजार रुपैयाँसम्मको पाइन्छ ।
त्यसपछि धेरै शारीरिक सुगठनका सामग्री आउँछन् । जिम स्टेसनमा बसेर शरीरका विभिन्न भागको अभ्यास गर्न सकिन्छ । यसमा फरकफरक अभ्यास गर्ने छुट्टाछुट्टै स्टेसन हुन्छन् । यसमा ४ देखि १६ जनासम्मले एकै पटक अभ्यास गर्न मिल्छ । स्टेसनको संख्याअनुसार यसको क्षमता हुने फिटनेस च्वाइसका सिलवाल बताउँछन् । जिम स्टेसन २० हजारदेखि ५ लाख रुपैयाँसम्मका उपलब्ध छन् ।
यसबाहेक शरीरका विभिन्न भागका अभ्यास गर्ने जिमका सामग्री बजारमा उपलब्ध छन् ।
हातपाखुराको अभ्यास गर्ने डम बेलदेखि चेस्ट प्रेस, चेस्ट ट्रेनर, लेग प्रेस, सोल्जर प्रेस, चिनअप ट्रेनर, पुल डाउन एक्स्टेन्सन, इन्क्लाइन बेन्च प्रेस, डिक्लाइन बेन्च प्रेस, ल्याट मेसिन, पुलअप ट्रेनर, इनर थाइ एब्डक्टर, लेग एक्टेन्सन, अपलिपmटिङ मेसिन, ब्याक ट्रेनर केवल क्रसरलगायत जिमका सामग्री बजारमा उपलब्ध छन् । यस्ता सामग्री ५ सय रुपैयाँभन्दा माथि तिर्दा पाइने व्यापारीको भनाइ छ ।
पछिल्लो समय साउना, ज्याकुजीलगायत स्नानका सामग्रीलाई समेत फिटनेसकै लागि प्रयोग गर्न थालिएको फिटनेस च्वाइसका सिलवाल बताउँछन् । उनका अनुसार यसमा विद्युतीय माध्यमले तातो चिसो पानीको फोहरा र बाफले शरीरलाई थेरापी दिइन्छ । यसले छालामा रहेका अवरोधहरू हटाएर शरीरलाई स्वस्थ बनाउने उनको भनाइ छ । साउना र ज्याकुजीको क्षमताअनुसार मूल्य पर्छ । साउनाको ७० हजारदेखि ५ लाख रुपैयाँसम्म पर्छ । यस्तै ज्याकुजी १ लाख रुपैयाँमाथिका पाइन्छन् ।
उल्लेखित सामग्रीको मूल्य बजारमा उपलब्ध भएकाको मात्र हो । विश्व बजारमा लाखौं पर्ने सामग्री समेत उपलब्ध छन् । तिनलाई ठूला होटलहरू, फिटनेस क्लबहरूले प्रयोग गर्छन् । त्यस्ता सामग्री उनीहरूले उत्पादकबाट सीधैं वा विक्रेतालाई अगाडि नै अर्डर गरेर झिकाउने गर्छन् । धेरै मूल्य पर्ने सामग्री किनेर सोरुममा राख्न नसकिने व्यापारीको भनाइ छ ।
नेपालमा विभिन्न विदेशी फिटनेस उत्पादक कम्पनीका आधिकारिक विक्रेता छन् । नेपालमा खासगरी चीन, भारत, ताइवान, बेलायत, कोरियालगायत मुलुकबाट फिटनेसका सामग्री झिकाइन्छ । फिटनेस च्वाइसले मुलुकभर १९ वटा डिलरमार्फत सामग्री बेच्दै आएको छ । यसले डब्ल्युएनजी, डेली यýुथ, एपेक्स, पल्सलगायत ब्रान्डका सामग्री नेपाली बजारमा उपलब्ध गराउँछ । 'हाम्रा उत्पादन नेपालभर पुगेका छन्,' प्रबन्ध निर्देशक सिलवालले भने, 'ग्राहकलाई भरपर्दो सेवा दिएकाले सबैले रुचाएका छन् ।' उनले राजनीतिज्ञ, व्यापारी, सरकारी सेवाका उच्च पदस्थ कर्मचारी, व्यवसायीलगायत आपmना नियमित ग्राहक भएको बताए । फिटनेस च्वाइसले राजधानीका विभिन्न स्थानसहित चितवन, पोखरा, बुटवल, जनकपुर, हेटौंडा, धरान, विराटनगर, इटहरी, भैरहवा, नेपालगन्जलगायत स्थानमा आपmना सामग्री पुर्‍याएको छ । आपmनो कम्पनीले घरमै पुर्‍याइदिने र बिक्रीपछि समेत घरमै गएर सेवा दिने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
स्पेक्ट्रम मर्चेन्डाइजले ताइवानमा निर्मित हेल्थ ट्र्याक ब्रान्डका फिटनेस सामग्री बेच्दै आएको छ । यसका सिटी सेन्टर, वल्र्ड ट्रेड सेन्टर, भाटभटेनी सुपर मार्केट, बानेश्वर र ललितपुरको धोबीघाटमा सोरुम राखेर सामग्री बेच्दै आएको श्रेष्ठले जानकारी दिए ।
यसबाहेक प्यारामाउन्ट फिटनेस इक्विपमेन्ट, एसएल इन्टरनेसनल, स्काइ सप, मुन्चा हाउस, स्पिरिट फिटनेस, स्पेक्ट्रम इन्टरनेनलगायतले फिटनेसका सामग्री नेपाली बजारमा बेच्दै आएका छन् । बजारमा फिटनेसका सामग्री भित्रन थालेको धेरै भएको छैन । नेपालमा डेढ देशकदेखि यस्ता सामग्रीको कारोबार हुन थालेको फिटनेस च्वाइसका सिलवाल बताउँछन् । भाद्र २६ , ekantipur
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :