कलाकार = डिभोर्स


पाश्चात्य चलचित्र संसारमा स्टारको विवाह र पुनर्विवाह सामान्य भएजस्तै भारतमै समेत पनि चलचित्र कलाकारको विवाह र विवाह विच्छेद सामान्य भइसकेको छ । नेपालको चलचित्र संसारमा पनि विवाहबारेको पुरातन सोचमा परिवर्तन आइरहेको छ । त्यसैले विवाह विच्छेद र पुनर्विवाहलाई आश्चर्यजनक मानिँदैन । ४०/४५ वर्ष कि अभिनेत्री तृप्ती नाडकरले राहुल सिन्हा नामक मैथली चलचित्रका नायकसित विवाह गरेको खबर कसैले पनि आश्चर्य मानेनन् । तृप्तीको यो दोस्रो विवाह हो । उनको पहिलो विवाह २५ वर्ष अगाडि
भारतीय व्यापारी हरिश टोटलानीसित भएको थियो । हरिशको तर्फबाट तृप्तीका दुई पुत्र छन् । तृप्ती २५ वर्ष जति अगाडि नेपाली चलचित्रमा अत्यन्त लोकपि्रयता कमाएकी नायिका हुन् । त्यत्तिबेला उनी व्यस्त पनि थिइन् । चलचित्रको व्यस्तताले पारिवारिक जीवनमा अप्ठेरो स्थिति आउन थालेपछि चलचित्रको रङ्गीन संसार त्यागेर गृहस्थ जीवनमा लागेकी तृप्ती २० वर्षपछि फेरि चलचित्रमा फर्केकी थिइन् । लामो समयको अन्तरालपछि तृप्तीले आˆनो यात्राको दोस्रो चरण "आमाको काख"मा चरित्र अभिनयको माध्यमबाट थालनी गरिन् ।
तृप्तीले अभिनय यात्रा फेरि बढाउन आˆनो श्रीमान्लाई परित्याग गरेर आएकी हुन् भन्ने कुरा कसैले चाल पाउन सकेको थिएन । किनभने उनी स्वच्छ छवि भएकी अभिनेत्री मानिन्थिन् । यसैबीच एउटा मैथली चलचित्र "सजनाके आँगन मे सोलह शृङ्गार"को सुटिङ भई रहँदा त्यस चलचित्रका नायक राहुल सिन्हासँग उनको समीप्यता बढ्न पुग्यो । त्यही निकटता विवाहको रूपमा परिणत भयो । नेपालको चलचित्रमा पहिलो श्रीमान् त्यागी अर्को विवाह गर्ने अभिनेत्री तृप्ती नै पहिलो हैनन् । तीमध्ये एक सुष्मा शाही पनि हुन् ।
परिवर्तन, मनको बाँध, कान्छीलगायतका चलचित्रमा काम गरेकी सुष्मा शाहीको पहिलो विवाह टीकाराम शाहीसँग भएको थियो । दाम्पत्य जीवन सुखद नै मानिएको थियो तर पछि अचानक सुष्मा शाहीले पाकिस्तानका चलचित्रकर्मी ईकबाल कश्मीरीसित दोस्रो विवाह गरेको खबर आउँदा धेरैजना आश्चर्यमा परेका थिए । त्यतिबेला नेपाल र पाकिस्तानको संयुक्त लगानीमा चलचित्र बनाउने चलन चलेको थियो । त्यति नै बेलासँगै काम गर्न पुगेका सुष्मा र ईकबालबीच । विवाह भयो, विवाहपछि सुष्मा पाकिस्तानमै बस्न गइन् ।
यसरी बहुविवाह गर्ने अर्की नायिका सिर्जना बस्नेतको पहिलो विवाह चलचित्र निर्माता बिजु रञ्जितसँग भएको थियो तर दुर्भाग्यवश रञ्जितको युवावस्था मै दुःखद निधन हुन पुग्यो । त्यसपछि एक्लिएकी सिर्जनाको अर्को एक चलचित्रकर्मी सुरेन्द्र शाहसित पि्रती बस्यो । औपचारिक रूपमा उनीहरूबीच विवाह भएको नसुनिए पनि वषर्म्मसँगै बसे । अहिले उनीहरू अलगिसकेका छन् । मौसमी मल्लको हविगत पनि
लगभग यस्तै रहृयो । धनविक्रम मल्लसँग पहिलो विवाह गरेकी मौसमी मल्लको वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । केही वर्षको खटपटपछि यो दम्पतीको पनि विवाह विच्छेद भयो । त्यसपछि मौसमी मल्लले रवि डङ्गोल -अभिनेता होइन) भन्ने व्यवसायीसँग अर्को विवाह गरिन् । दोस्रो विवाहपछि मौसमीले चलचित्र क्षेत्र पनि त्यागिन् ता कि गृहस्थ जीवन सरल होस् तर मौसमीको दोस्रो विवाह पनि बिच्छेद भयो । अहिले उनी एक्लो जीवन बाँचिरहेकी छिन् र चलचित्र जगत्मै फर्केकी छिन् । गौरी मल्ल पनि आˆनो श्रीमान् राजन भण्डारीसँग विवाह विच्छेद गरे पछि हाल अमेरिकामा एक्लै जीवनयापन गरिरहेकी छिन् ।
हत्या र जीवन सङ्घर्ष गरी दुईवटा मात्र चलचित्रमा अभिनय गरेकी आराधना क्षेत्रीले राजु गुरुङसित प्रेम विवाह गरेकी थिइन् । राजु गुरुङसँग सम्बन्ध विच्छेदपछि अहिले आराधना एकल जीवन निर्वाह गरिरहेकी छिन् । नायिकाले मात्र होइन कतिपय नायकले पनि बहुविवाह गरेका छन् । भुवन के.सी. कै चर्चा गर्ने हो भने उनले विजया के.सी.सँग पहिलो विवाह गरेका थिए । त्यसपछि सुष्मितासँग औपचारिक रूपमा दोस्रो विवाह गरे । भन्नेले त भुवनले अनौपचारिक रूपमा अरुसित पनि धेरै पटक विवाह गरेको हल्ला बजारमा समेत आयो तर अहिले उनले सुष्मितासँग विवाह विच्छेद गरिसकेका छन् । केही समय यतामात्र उनको नाम शर्मिला डङ्गोल नाम गरेकी एउटी विवाहितासित पनि जोडिएर चर्चामा आएको थियो । सञ्चारकर्मी सुरज चन्दसँग विवाह विच्छेद गरी अमेरिका बस्दै आएकी पूजा चन्दले पनि हालै मात्र गायक राजु लामासँग अर्को विवाह गर्न लागेको खुलासा गरेकी छिन् ।
पहिलो श्रीमती गङ्गाले परित्याग गरेर गएपछि अभिनेता शिव श्रेष्ठले आफूभन्दा धेरै कान्छी मात्र नभई आˆना छोरीभन्दा कम उमेरकी सिर्जना श्रेष्ठसँग दोस्रो विवाह गरे । अभिनेता कृष्ण मल्लले पहिलो विवाह शिखा कार्कीसँग गरेका थिए । शर्मिला मल्ल उनको कान्छी श्रीमती हुन् । उसो त शर्मिलाको पनि पहिलो विवाह अभिनेता सन्तोष पोखरेलसँग भएको बताइन्छ । निर्देशक रमेश बुढाथोकीकी पत्नी अभिनेत्री बिना बुढाथोकीको पनि यो दोस्रो विवाह हो । त्यसरी हेर्दा चलचित्रको संसारमा बहुविवाह गर्ने मात्र छन् कि जस्तो देखिन्छ । वा नायकनायिका एउटैको अँगालोमा बाँधिएर बस्न सक्दैनन् भन्ने भान हुन्छ । त्यस्तो पनि होइन । कतिपय कलाकारले एउटैसँग वैवाहिक सम्बन्ध निर्वाह गरी रहेका पनि छन् । कृस्टी मैनाली र उज्ज्वल मैनाली, करिश्मा मानन्धर र विनोद मानन्धरबीचको दाम्पत्य जीवन भने अहिलेसम्म सुमधुर नै छ ।
एउटा दुइटा चलचित्रमा अभिनय गरी सकेपछि वैवाहिक जीवनमा बाँधिएका नायिका सुमन खड्का, मेघा पोखरेल र अंशुमाला शाही पनि एउटैसँग आˆनो दाम्पत्य जीवन निर्वाह गर्दै आइरहेका छन् । चलचित्र क्षेत्रमा विवाह विच्छेद वा पुनर्विवाह अहिले सामान्य हुँदै गइरहेको छ । कसैको सौता हुनु पनि सामान्य मानिन् थालिसकेको छ । त्यसैले रेखा थापाजस्ता लहलहाउँदो वैँशकी नायिका पनि निर्माता छविराज ओझाकी कान्छी श्रीमती बन्नु आश्चर्यजनक मानिएन । नायक निखिल उप्रेतीले घरमा जेठी श्रीमती कोपिला हुँदाहुँदै नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेर चलनचल्तीलाई नै पछ्याएका छन् भन्दा फरक पर्दैन । yuwamanch

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :