राष्ट्र बैंकको लापरवाही : सयको सादा नोट

दशैंको मुखमा नयाँ नोट देखेर दंग पर्नुभएको छ ? छ भने नोट राम्रोसँग जाँच गर्नुहोस् । तपाइले बोकेको नयाँ नोट एकापट्टी सादा पनि हुनसक्छ ।
दशैमा दक्षिणा दिन नयाँ नोटको माग अत्याधिक हुन्छ । त्यही आवश्यकता पुरा गर्न राष्ट्र बैंकले नयाँ नोटहरु बजारमा पठाउने गर्छ । राष्ट्र बैंकले यसपटक पनि नयाँ नोटहरु बजारमा पठाएको छ । तर यसरी पठाइएको एक सय रुपैयाको एउटा नयाँ नोटमा त्रुटी भेटिएको छ ।
उ ६९, ८४०४२५ नम्बर रहेको उक्त नोटमा गैडाको तस्वीर अंकित हुनुपर्ने भाग पूर्ण रुपमा खाली छ । एक सय रुपैया नोटको एकापट्टी खाली भेटिएपछि त्यसरी पैसा पाउने व्यक्तिको हालत के भयो होला तपाइ आफै विचार गर्नुहोस् ।
पैसा बोकेको विश्वस्त हुँदै बस वा ट्याक्सी चढेको मानिसले पछि आफूसँग भएको नोट चल्दै नचल्ने पायो भने के होला ? अझ एक हजार रुपैयामा यस्तो त्रुटी भेटियो भने साट्ने झन्झट समेत व्यहोर्नुपर्ने हुन्छ । यो नोट सुनसरीको कुनै एक सहकारी संस्थाले राष्ट्र बैंकबाट झिकेका नयाँ नोटको बिचमा थियो । कारोबारमा असर पर्ने भन्दै सो सहकारी संस्थाले आफ्नो परिचय खुलाउन चाहेन ।
मुद्राको नियमन गर्ने देशकै एकमात्र निकायकै लापरवाहीमा यसरी त्रुटीपूर्ण नोट बजारमा आएपछि सबै सतर्क हुनुपर्ने बेला भएको छ ।  purwanews /पवन अधिकारी, असोज १२
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :