फेसन आवश्यक – आनी छोइङ
Posted by
purwanews
Published on
Saturday, August 20, 2011
फूलको आँखामा फूलै संसार गीतबाट बढी चिनिएकी आनी छोइङ डोल्मासित फेसन वार्ता।
तपाइँलाई सबैभन्दा मनपर्ने पहिरन?
साडी। साडीले महिलाको भित्री सौन्दर्य झल्काउनुका साथै नारीत्वबोध गराउँछ। अरू पोशाकले यसो गर्न सक्दैनन्।
तपाइँलाई सबैभन्दा मनपर्ने पहिरन?साडी। साडीले महिलाको भित्री सौन्दर्य झल्काउनुका साथै नारीत्वबोध गराउँछ। अरू पोशाकले यसो गर्न सक्दैनन्।
कुर्तासुरुवाल तपाईँलाई कस्तो लाग्छ?
कुर्तासुरुवाल नेपाली महिलाका सदाबहार पहिरन हो। टाइट होस् या लुज, भिन्न डिजाइनका कुर्तासुरुवाल मिलाएर लगाउने हो भने महिलाहरू एकदमै सुन्दर देखिन्छन्।
कुर्तासुरुवाल नेपाली महिलाका सदाबहार पहिरन हो। टाइट होस् या लुज, भिन्न डिजाइनका कुर्तासुरुवाल मिलाएर लगाउने हो भने महिलाहरू एकदमै सुन्दर देखिन्छन्।
पुरुष गायकमा तपाईँलाई सबैभन्दा फेसनेबल को लाग्छन् ?
निमा रुम्बा । निमाको ड्रेसअप मलाई मनपर्छ । उनी आफूलाई सुहाउने स्टाइलमा फेसन गर्छन्।
निमा रुम्बा । निमाको ड्रेसअप मलाई मनपर्छ । उनी आफूलाई सुहाउने स्टाइलमा फेसन गर्छन्।
अहिलेको फेसन कस्तो लाग्छ ?
केटीहरू टाइट र छोटो लुगा लगाउनु अथवा जस्तो पायो त्यस्तै लगाउनुलाई फेसन ठान्छन्। फेसन भन्नेबित्तिकै छोटो लुगा लगाउन र नाइटो देखाउनैपर्छ भन्ने छैन। म यस्ता कुरालाई फेसन मान्दिनँ। सरल, सौम्य र शालीन रूपमा प्रस् तुत भएर पनि फेसन गर्न सकिन्छ।

मानिसको जीवनमा फेसन कति अपरिहार्य छ?समाज हामी आफैँले बनाएका हौँ। अफिस जाँदा सुट, मन्दिर जाँदा साडी वा कुर्तासुरुवाल, पार्टीमा जाँदा झिलिमिली लुगा लगाउँदा राम्रो देखिन्छ भन्ने सोच मानिसहरूले नै बनाएका हुन्। सुन्दर र आकर्षक देखिने चाहना सबैमा हुन्छ। फेसनले मान्छेको व्यक्तित्वलाई निखार्ने काम गर्छ। त्यसैले फेसन समाजका लागि आवश्यक छ। shukrabaar
प्रतिक्रिया दिनुहोस् >>