गाउँ घुम्ने हो ? कम्प्युटर खोल्नुहोस् ।


के तपाइ एउटै कोठामा बसेर गाउँ टोलमा के भइरहेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ? अहँ, अलि गाह्रो पर्ला । कोठाको झ्यालबाट चियाएर हेर्दा तपाइको छिमेकीको घर र आँगन त देखिएला, तर हामी यहाँ पुरै गाउँ, टोलको कुरा गर्दैछौं ।
हो, एउटा यस्तो प्रविधि नेपाल सरकारले प्रयोग गर्न लागिरहेको छ, जसको प्रयोग गरेर तपाइ आफ्नै कोठा या एउटै कुर्सीमा बसेर आफ्नो समाजमा कसले के गरिरहेको छ भनेर नियाल्न सक्नुहुनेछ । यसलाई भौगोलिक सूचना प्रणाली प्रविधि नाम दिइएको छ ।
यो प्रणालीअन्तर्गत तपाईँ आफ्नै कोठामा बसेर कम्प्युटरको सहायताले आफ्नो नगर, टोलमा के कस्ता गतिविधि भइरहेका छन्, भवन र अन्य संरचनाहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने बारेमा थाहा पाउन सक्नुहुनेछ ।
भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको नगरपालिकाको संस्थागत सुदृढीकरण आयोजनाले देशभरका नगरपालिकामा भौगोलिक सूचना प्रणाली सुरु गर्न लागेको हो । पहिलो चरणमा काठमाडौँ महानगरपालिका, विराटनगर उपमहानगरपालिका, वीरगन्ज उपमहानगरपालिका र बुटवल नगरपालिकामा यो प्रणाली सुरु गरिनेछ । जसमध्ये अहिले विराटनगर, वीरगञ्ज र बुटवल  नगरपालिकामा नक्साङ्कन कार्य भइसकेको छ भने काठमाडौँमा चाँडै सुरु गरिनेछ । काठमाडौँबाहेक तीनवटा नगरपालिकामा सन् २०११ को नोभेम्बरसम्ममा यो प्रणाली पूर्णरूपमा लागू गर्ने योजना छ । त्यसपछि क्रमशः धरान, जनकपुर, सिद्धार्थनगरलगायतका नगरपालिकामा उक्त प्रणाली सुरु गरिनेछ ।
एसियाली विकास बैंकको सहयोगमा सन् २०१० को मे महिनाबाट सुरु भएको उक्त आयोजना डेढ वर्षका लागि कार्यान्वयनमा ल्याउन लागिएको हो । जीआईएस प्रणालीमा भूउपग्रहले खिचेको स्याटलाइट तस्विरको सहायताबाट नक्साहरू बनाइन्छ । उक्त प्रणालीबाट २५ सय इञ्चको कागजी र डिजिटल नक्सा तयार भइसकेको छ । जसबाट नगरवासीले आपूmले चाहेको टोलसम्बन्धी जुनसुकै जानकारी दिने कागजी र डिजिटल दुबै नक्सा पाउन सक्नेछन् ।
यसमा डिजिटल तथ्याङ्कहरू पनि तयार गरिएको छ । नगरपालिकाको जग्गाधनीको नाम, विवरण, किसिम र
उनीहरूले नगरपालिकालाई कति राजस्व बुझाइरहेका छन् जस्ता विभिन्न तथ्याङ्क पनि समावेश गरिएको छ ।
यस्तै प्रत्येक भवनको प्रयोग कुन प्रयोजनको लागि भएको छ, आवासीय, अस्पताल, व्यापार, क्लबलगायतको उल्लेख गरिनुको साथै मेटिूक ठेगाना पनि जीआईएस् प्रणालीमा उल्लेख गरिएको छ । यसबाट नगरपालिकाका प्राविधिकहरूलाई फिल्डमा जानुपर्ने झन्झट हुँदैन, अफिसमै बसेर काम गर्न सक्ने भएकाले कम खर्चिलो, सुलभ र प्रभावकारी सेवा दिन सकिने छ ।
यो प्रणालीले खासगरी नगरपालिकाहरूको राजस्व र व्यवस्थापकीय पद्दत्तिलाई सुदृढ गरी नगरपालिकालाई सक्षम बनाउनुको साथै नगरवासीलाई सेवा सुविधा प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने आशा गरिएको छ ।
भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको नगरपालिकाहरूको संस्थागत सुदृढीकरण आयोजना तथा नेपाल भौगोलिक सूचना प्रणाली समाजको समन्वयमा धरान, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौँ, बुटवल सिद्धार्थनगर लगायतका नगरपालिकाका प्राविधिकहरुलाई यस सम्बन्धि तालिमहरु समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :