पोल खुलेपछि जिशिअकी बुहारी फिर्ता

सामाजिक रीतिअनुसार बिहेपछि भोजभतेर हुन्छ, अनि बेहुला-बेहुली बिदा गरिन्छ । तर सुनसरी सदरमुकाम इनरुवाको एउटा विवाहमा चेली बिदा गरी पठाएको चार घन्टापछि नै माइती पक्षले फर्काएर ल्याएका छन् । सुनसरीका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीका छोरा मनोहर र इनरुवा, बलाहा बस्ने मित्रलाल पोखरलेकी छोरी उमाको शुक्रबार इनरुवास्थित सत्यनारायण मन्दिरमा बिहे भएको चार घन्टामै माइतीले उमालाई फर्काएका हुन् ।
दिउँसो बिहे गरी छोरीको बिदाइ गरेकाहरूले साँझ विराटनगर ५ स्थित वस्तीको घरमा गएर छोरी फर्काई लगेको बेहुलाका बुवा जिशिअ वस्तीले बताए । साँझ ५ बजे बिहे सम्पन्न भई बिदाइ भइसकेपछि राति १० बजे बलाहाबाट गएका माइतीले छोरी लगेको वस्तीले बताए ।
बेहुला मनोहर लागूऔषधको दुव्र्यसनी रहेको भन्दै छोरी फर्काएको माइती पक्षले बताएका छन् । उनीहरूका अनुसार मनोहर लागूऔषध दुव्र्यसनी रहेको र छोरीले दुःख पाउने अवस्था देखेर फर्काइएको हो ।
बेहुली पक्षले दुव्र्यसनीलाई छोरी दिएर भविष्य बिगार्नुभन्दा अर्कोसित बिहे गर्ने सोचका साथ छोरी फर्काएको जनाएका छन् । जिशिअ वस्तीले भने आफ्नो छोरा दुव्र्यसनी नरहेको दाबी गरेका छन् । उनले भने, 'ऊ दुव्र्यसनी होइन, कसैले भन्छ भने प्रमाणित गरेर देखाउनुपर्छ ।' उनले बुहारी फर्काएर नलग्न पटकपटक आग्रह गर्दा पनि उनका अभिभावकले लगेकोमा आफूलाई पनि दुःख लागेको उनले बताए ।
यसैबीच जिशिअ वस्तीका छोरा मनोहरले शनिबार अर्को बिहे गरेका छन् । 'छोरालाई अनावश्यक आरोप लगाएर बुहारी फर्काएर लगेपछि शनिबार हामीले अर्की बुहारी भित्र्याएका छौं,' वस्तीले भने । तर छोरा मनोहरले अर्को बिहे कहाँ र कोसित गरेको भन्नेचाहिँ वस्तीले बताएनन् । इनरुवा, श्रावण १


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :